मुग्लानी खबर-१० भदौ
डोल्मा मनाङ्थेन
म्हेन्दोमाया गीत सङ्गीतका संरक्षक तथा म्हेन्दोमाया गीत सङ्गीतको "किङ्ग" को पहिचान बनाई सकेका सागर एस वाईवाको हेन्दोमाया फाउन्डेसनको आयोजनामा गत भदौ ९ गते शनिवारका दिन एकल साझा रास्ट्रीय नाच घर जमलमा सम्पन्न भएको छ।
हाम्रो भाषा हाम्रो भेषभुषा, हाम्रो संस्कार हाम्रो,संस्कृति हाम्रो जातित्व तथा हाम्रो धर्म,हाम्रो परिचय र पहिचान, हाम्रो समुदायको हित सामाजिक सुदृढीकरण तथा हाम्रो गीत संगीत आदित्यादी संरक्षण तथा सम्बर्द्धनको अभियान शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ,संस्कृति हराए मानव अस्तित्व हराउँछ भन्ने मुल नारा लिएर म्हेन्दोमाया मोडेल नायिका एन्जिला वाइबाको सभापतित्वमा र सागर एस वाइबाको पिता समन सिंंह वाइबाको प्रमुख आतिथ्यमा भएको सो सांगितिक कार्यक्रममा विशेष अतिथिहरुमा, उपसभामुख मा राधिका तामाङ, पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ, पुर्व राज्यमन्त्री परशुराम तामाङ लगायत विभिन्न क्षेत्रमा वरिष्ठ तामाङ जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
म्हेन्दोमाया सामाजको दोश्रो एल्बम `कप्चङ´को म्हाने दोरा गीत बाट पहिलो संगित यात्रा सुरु गरेका सगर एस वाइबा एक दशक भन्दा लामो म्हेन्दोमाया सांगीतिक यात्रा तय गरिसकेका गायक सागर एस वाइबाले १६ वटा एल्बम मध्य भित्रका गीत १६ वाट गीत गाएका थिए।कार्यक्रम सुरु गर्नु भन्दा पहिला म्युजिक मा साथ दिने सम्पुर्ण लाई फेट्टा लगाएर गीत गाउन सुरु गरेका थिए
१६ वटा म्हेन्दोमाया गीत भाग एक र भाग दुई गरि प्रस्तुत गरेका थिए । भाग एकमा पाँच वटा म्हेन्दोमाया तामाङ गाउँ घरमा मेला पातमा आफ्नो दुख पिडा पोख्ने गीत अनि म्हाने दोरा साइकोले गीत प्रस्तुत गरेको थिए भने भाग दुइमा एघार वटा म्हेन्दोमाया डान्सिङ रकिङ तामाङ गीत रहेका थिए। म्हेन्दोमाया एकल साँझमा सागर एस वाइबालाई कोरसमा साथ दिनुहुने उहाँकै श्रीमती सृजना एस लोप्चन तथा छोरा सौगात वाइबा र छोरी सोनु एस वाइबा रहेका थिए।
यसै क्रममा आफ्नो भाषा संस्कार संस्कृतिको जगेर्ना गर्ने उदेश्य स्वरुप भएको म्हेन्दोमाया एकल साँझ मेरो ब्यक्तिगत सम्पत्ति नभइ सम्पुर्ण तामाङ समाजको सम्पत्ति हो यसलाई जगेर्ना गर्न म बाँचुन्जेल मात्र होइन मरेर गएपनि मेरो सन्ततिलाई हस्तान्तरण गरेर जाने सम्पुर्णमा अवगत गराएका थिए।
राष्ट्रिय नाचघरको हल पुरै भरेको र अधिकांस उपस्थित तामाङ भेषभुसामा सजिएर सागर एस वाइबाको म्हेन्दोमाया गीतमा म्हेन्दोमाया नाचेर साथ दिएका थिए।दर्शकलाई मनोरञ्जन दिनलाई जम्बुलिङ फिल्मसका कलाकार हरुले आफ्नो प्रस्तुति म्हेन्दोमाया नाच र अहिले बन्न लागेका प्रङ्ना फिल्मको प्रमो रुपा र राज किङ् गरेका थिए भने दर्शकलाई मर्ने वाइबा, जोङ्बा कान्छा तामाङ,सोनु वाइबाले अहिलेका हुँदै गरेको र समाजको बिकृतिलाई हास्य व्यंग्य मा उतारी मनोरञ्जन दिएका थिए भने सेलोका गाएक गायिका संचारकर्मी समेत म्हेन्दोमाया नाचेर भरपुर मनोरञ्जन लिएका थिए।उक्त कार्यक्रम बनु लोप्चन र नेपाली तारा २ का बिजेता सन्तोष लामाले संचालन गरेका थिए ।
प्रोग्रामको पुरा भिडियो हेर्नुहोला
https://www.youtube.com/watch?time_continue=460&v=EIJFVd7ixmo