मुग्लानी खबर भदौ ८
ट्राक्श युथ ग्रुप अलखोर कतारले इस्लामिक हरुको महान पर्ब बक्रे इदको पुनित अवसरमा कतारको अलखोर स्थित बारुवा श्रमिक फुटबल स्टूडियममा गत मंगलबार देखि आयोजना गरेको चौथो मैत्रीपुर्ण बृहत फुटबल प्रतियोगिता हिजो सुक्रबारको दिन सम्पन्न गरेको छ ।
भब्य र सभ्य तरिकाले उत्घाटन समारोह कार्यक्रम गर्दै नेपाली समुदाय बीच भएको मैत्रीपुर्ण बृहत फुटबल प्रतियोगीतामा कतारमा रहेका १९ टिमको सहभागिता रहेको थियो ४ दिनको लगातार खेल पस्चाद २ टिम आयोजक सस्थाको टिम ट्राक्श युथग्रुप र केराबारी फुटबल टिम फाइनलमा पुगेका थिए ।
सयौ दर्सकको साथमा खेलहरु निकै उत्साहपूर्ण रहेको थिए अन्तिम फाइनल खेलपनि निकै रोमान्टिक तरिकाले सम्पन भएको थियो ।
फाईनल खेल कतारी समय राति ८ :३० बजेबाट सुरुभएको थियो भने उक्त खेलमा अन्तत: केराबारी फुटबल टिमले आयोजक टिम ट्राक्श युथ ग्रुपलाई ० का बिरुद्द १ गोलले पराजित गर्दै उपाधि उचाल्न सफल रह्यो
खेल पुरस्कार विवरण निम्नानुसार रहेको छ ।
- प्रथम बिजेता टिम : केराबारी फुटबल टिमलाई नगद, शिल, मेडल र प्रमाण-पत्र
(२) दोश्रो उप -बिजेता टिम : ट्राक्श युथ ग्रुपलाई नगद, शिल, मेडल र प्रमाण-पत्र
त्यस्तै: खेलको बिबिध पक्षहरुलाई पनी पुरस्कार ब्यबस्था गरिएको थियो ।
जस्मा :
( १ ) सर्बाधिक गोल कर्ता : मिलन लिम्बु (ट्राक्श युथ ग्रुप टिम ) ट्रर्फी, मेडल र प्रमाण-पत्र
( २ ) उत्कृष्ट गोल किपर : तिलक दास
( ३ ) सर्बोत्कृष्ट खेलाडी : मिसन लिम्बु ।)
( ४ ) सर्बोत्कृष्ट कोच : कुल बहादुर वानम
( ५ ) फाइनल गेममा : राम पूतुवार, मेन एम्पाए
( ६ ): ग्यानेस्वर बोट र सेखर मगरले साइड एम्पाएरको भूमिकामा निभाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सन्ध्या ग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बा, राष्ट्रिय जनमोर्चा युवक संघ परिसद सदस्य सुशिला पराजुली,अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका प्रथम उपाध्यक्ष साहित्यकार प्रेम प्रसाद भट्टराई, अर्घाखाँची सेवा समाज कतारका दिर्तिया उपाध्यक्ष राम प्रसाद पराजुली, सस्थाका प्रमुख सल्लहाकार सुर्य गुरुङ,अन्य अतिथि हरुमा प्रवासी नेपाली मंच क्षेत्रिय कमिटि अलखोरका अध्यक्ष खेमराज सुबेदी,सन्ध्या खेलकुदका अध्यक्ष राज रुजाल,केर्खा सृजना युवा क्लबका गोबिन्द दंगाल,बिमला सर्मा,फेसल तामाङ लगायतका बिभिन्न बिसिस्ट ब्याक्तिहरुको उपस्थित रहेको थियो ।
मन्तब्यको क्रममा विदेशमा दैनिक कामगर्दा गर्दैपनि बचेको फुर्सदको समयलाई सदुपयोग गरि नेपालीमाझ आपशी सद्भभाव कायम राख्दै खेल क्षेत्रमा शक्रिय हुनु खु:शीको कुरा भएको बताउदै खेलमा सहभागी सम्पूर्ण टिमदेखि खेल अवदीभर रहेर खेलको माहोल तताउने दर्सक खेल आयोजाना गरी शान्तिपूर्णढंग बाट सफल बनाउने ट्राक्श युथ ग्रुप कतारका जागरुक युवाहरु लगायत अन्य बाहिरी सहयोगी सम्पूर्णलाई बधाई स्वरूप धन्यबाद दिदै स्लामिकहरुको पबित्रचाड इद अल फितरको उपलक्ष्यमा इद मुबारक भन्दै शुभकामना दिएका थिए । खेलहरु मध्ये फुटबलखेल जति लोकप्रिय छ, तेतिनै आयोजना गर्न कठिन चुनौती पनीरहेको बताए ।
कार्यक्रमको अन्त्यमा सभापाति ट्राक्श युथ ग्रुपका अध्यक्ष प्रविन घिमिरेले इदको छुट्टिको अवसरमा बिगत केहि वर्षदेखि यहि फुटबल मैदानमा चौथो चोटी नेपाली समुदाय बीच खुल्ला मैत्रीपूर्ण फुटबल प्रतियोगिता संचालन गरेको र यस्ता प्रतियोगिता गर्दा बिभिन्न कठिनाइ आएपनि आफ्नो सस्थाले भब्य र सभ्य तरिकाले सम्पन्न गर्दा खुसि लाग्ने बताए ।
कार्यक्रम सम्पन्न गर्ने सम्पूर्ण प्रति हार्दिक आभार ब्याक्त गर्दै चौथो मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि भब्य सभ्य सान्तिपूर्ण रुपमा सफल भएको बताउदै कार्यक्रम समापन गरेका थिए ।
सो कार्यक्रमको संचालन पुर्व महासचिव मिन बहादुर मगर र बिशेस सल्लाकार रोसन तामाङले संचालन गरेका थिए ।