मुग्लानी खबर भदौ ६
इस्लामिक हरुको महान पर्ब बक्रे इदको पुनित अवसरमा ट्राक्श युथ ग्रुप अलखोर कतारले अलखोर स्थित बारुवा श्रमिक फुटबल स्टूडियममा हिजो मंगलबार आयोजना गरेको चौथो मैत्रीपुर्ण बृहत फुटबल खेल प्रतियोगिता भब्यताका साथ उत्घाटन भएको छ ।
ट्राक्श ग्रुपका अध्यक्ष प्रविन घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सन्ध्याग्रुपका अध्यक्ष बिरेन्द्र कु.याक्थुम्बा रहेका थिए त्यस्तै बिशेष अतिथिहरुमा नेपाली महिला समाज कतारकि सस्थापक अध्यक्ष तथा समाज सेवी रेखा राई, सस्थाका प्रमुख सल्लाहकार सुर्य गुरुङ, ओखल ढुंगा सेवा समाजका अध्यक्ष अशोक शयाङतान,अनेसास कतार च्याप्टरका प्रथम उपाध्यक्ष तथा साहित्यकार प्रेम प्रसाद भट्टराई,बरिस्ठ पत्रकार तिल बिक्रम थेबे, नेपाल तामाङ कलाकार संघ अध्यक्ष सबिना तामाङ लगायतका बिभिन्न संघ सस्था सामाजिक ब्याक्तित्व,बुद्दिजिबि र फुटबल प्रेमी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
रास्ट्रिय गीत पश्चात उक्त खेलको ब्यानर रिबन काटेर प्रमुख अतिथि सभापती र बिशेष अथितीहरु बाट उद्घाटन गरिएको थियो भने औपचारिक कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य सस्थाका पुर्व सचिव मिनकुमार मगरले राखेका थिए ।
उक्त फुटबल खेलको उत्घाटन कार्यक्रम एकदमै ब्याबस्थित देखिन्थ्यो,स्टेजमा सिल,मेडल, ट्रफि र ब्यानरले सु-सजित थियो भने अगाडीको ठिक दुवै साइडमा नेपालको झण्डा र कतारको झण्डा फरफराएको थियो भने अथीति हरुलाई स्वागतगर्ने तरिकापनि गज्वजको थियो ।
कतारमा बिबिध कामको बाबजुटपनि नेपाली समुदाय लाई एकाबद्दता साथै इदको छुट्टीपनि सदुपयोगह हुनेहुदा नेपाली दर्सकहरु हर्सित देखिन्थे नकआउटको आधारमा खेलाइएको खेल साँझ ६:३० बाट शुरु भएको थियो भने रातको १ बजेसम्म संचालन रहने आयोजकले जनाएको छ ।
सहभागी १९ टिम मध्ये पहिलो उत्घाटन खेलमा आयोजक सस्थाको टिम ट्राक्श युथ ग्रुप र Aluasti cabinsfc टिमको बिच खेल भएको थियो भने जस्मा 0 को बिरुद्द ७ गोल गर्दै ट्राक्श युथ ग्रुपले जित्न सफल रह्यो ।अधिकाम्स समय ट्राक्श युथ ग्रुप आक्रमण तरिकाले खेलेको खेलमा बिपक्षि टिम कमजोर देखियो ।
आयोजक टोलीका प्रतीनिधिहरुले बताए अनुसार हरेक इदको छुट्टीको अवसर पारेर ट्राक्श युथ ग्रुप अलखोर कतारले अलखोर स्थित बारुवा श्रमिक फुटबल स्टूडियममा नेपाली समुदाय बीच मैत्रीपुर्ण फुटबल खेल खेलाउने गर्दछ र यो पालि चौथो पटक आयोजना गरेको बताए । इदको छुट्टी सदुपयोग पनि हुने र नेपाली समुदाय बीच भाइचार ( मित्रता ) प्रकट हुनेछ । साथै नेपाली खेलकुदको बारेमा बिदेसमा समेत राम्रो सन्देस जानेछ ।
अहिले सम्म भएका हरेक खेल हरुमा खेलाडीहरुले अनुसाशीत रुपमा खेल प्रदर्शन गरेको र यहाँ खेलेका खेलाडीहरु नेपालको जिल्ला स्तरदेखी क्षेत्रिय र राष्ट्रिय स्तरसम्म खेलीसकेका खेलाडीहरु खेलमा सहाभागी भएकाले खेल निक्कै प्रतिस्पर्दा हुने र त्यसरी नै दर्शकहरुले उत्साहपूर्ण ध्यान दिएर खेलको माहोलमा रौनकता र मनोरञ्जन थप्ने आयोजकले बताए ।
कार्यक्रममा मन्तब्यको क्रममा सबिना तामाङ, तिल बिक्रम थेबे, साहित्यकार प्रेम प्रसाद भट्टराई, अशोक शयाङतान, रेखा राई प्रमख अथिति बिरेन्द्र कु.याक्थुम्बा लगायतले बिशेसगरि प्रवासमा आउनु हाम्रो एउटै लक्ष्य हुन्छ त्यो हो राम्रो पैसा कमाएर घर परिवार लाई सम्पन्नता गराउनु सुखी खुसि गराउनु । तर ट्राक्श युथ ग्रुप अलखोर कतारले त्यो भन्दा माथि उठेर नेपाली समुदायलाई एकाबद्दता बनाउन र नेपाली खेलकुदलाई प्रवासीएका नेपाली माझ लोकप्रिय बनाउन जुन भूमिका खेलेको छ यो अत्यन्त सु:खद कुरा बताए ।
नेपाली युवाहरुमा फुटबल खेल आफैमा लोकप्रिय भएकोले खेल भइरहदा उत्साहसाथ् दर्शकले नियाल्ने हुदा कहिले कहिँ सानोतीनो खेलमा गल्ती कमजोरी हुदा ठुलो बिबाद हुने हुदा त्यस्तो भैपरी आए सबैले खेललाई संयमित भएर खेलको माहोल बनाउन खेलाडी दर्शकहरुको साथ चाहिने भन्दै खेल सफलताको सुभाकामना दिए ।
उक्त कार्यक्रमको संचालक राजु खड्काले गरेका थिए ।