मुग्लानी खबर-भाद्र २ शनिबार
काठमाडौं- भाद्र १ देखि मुलुकी अपराध (संहिता) ऐन लागू हुँदै छ। ऐनले स्वास्थ्य क्षेत्रका विविध विषयहरु समेटेको छ। तर, ऐनमा राखिएको व्यवस्थाप्रति नेपाल चिकित्सक संघले विरोध गरिरहेको छ भने स्वास्थ्यका अन्य निकायले पनि विरोध गरिरहेका छन्।
ऐनमा डाक्टरको उपचार, ल्याब परीक्षण, औषधि बिक्रि वितरण लगायतका विषयमा कडा सजायको व्यवस्था राखिएको छ।
ऐनका विषयमा विरोध आएपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले चिकित्सकको दण्ड सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ।
डाक्टरको लापरबाहीले ज्यान गए पाँच वर्ष र लाइसेन्स नलिइ उपचार गरे तीन वर्ष कैद
चिकित्सा सम्बन्धि विषयमा निर्धारित शैक्षिक योग्यता हासिल गरेपनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा मात्रै तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।
लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अंगभंग भएमा १५ वर्ष कैद र ज्यान गएमा जन्मकैद हुने प्रावधान छ।
एेनमा भनिएको छ, ‘इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरिरको कुनै अंगको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन।’
तर, लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानवअंगलाई कुनै प्रतिकूल असर पर्ने गरी सामान्य प्रकारको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा नपुग्ने बताइएको छ।
यसैगरी कसैले बदनियत राखेर उपचार गर्दा ज्यान गए ज्यान मारेर सरह र अंगभंग भए अंगभंग गराए सरहको कसुर ठानेर सजाय गरिने प्रावधान छ।
लापरबाहीबाट ज्यान गए पाँच वर्ष कैद
कसैको उपचार गर्दा पर्याप्त होसियाारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा छ । यदि लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
यसैगरी मञ्जुरीबिना मानव शरीरमा परीक्षण गर्न कानूनले बन्देज लगाएको छ । मानव शरीरमा कुनै उपचार सम्बन्धि विधी, चिरफार वा औषधि परीक्षण गर्नु पर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होस ठेगानमा नभएको व्यक्ति भए निजको बाबुआमा वा संरक्षकको मञ्जुरी नलिई त्यस्तो काम गर्न नहुने बताइएको छ । परीक्षण गर्ने अनुमति पाएमा पनि मानव शरीरमा हुन सक्ने असर समेतलाई विचार पुर्याउनु पर्नेछ।
कसैले आर्थिक लाभ लिने, महिलाको गोपनियता भंग गर्ने, कुनै नियतले कसैको शाररिक परीक्षण गर्ने वा अंग परिवर्तन गर्ने काम गर्न बन्देज गरिएको छ । यस विपरित परीक्षण गर्ने र गराउनेलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । यस क्रममा ज्यान गए ज्यान मारे सरह र अंगभंग भए अंगभंग गरे सरह सजाय हुने व्यवस्था गरिएको छ।
यस्तो छ व्यवस्था
इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने : (१) चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको विरामीको मानव अङ्गलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(४) उपदफा (१) विपरीत हुने गरी चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद हुनेछ ।
बद्नियत चिताई इलाज गर्न नहुनेः
(१) कसैले कसैको ज्यान मार्ने वा अङ्गभङ्ग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अङ्गको चिरफार गर्नु पर्नेमा अर्को अङ्ग चिरफार गर्न वा त्यस्तो अङ्ग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ :
(क) कसैको ज्यान गएकोमा ज्यान मारे सरह,
(ख) कसैको अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गराए सरह ।
२३२. लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न नहुने :
(१) कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कामबाट कसैको ज्यान मर्न गएमा वा अङ्गभङ्ग भएमा लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र हेलचत्र्mयाई गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
म्याद नाघेको औषधि बेच्नेलाई एक वर्ष र प्रेस्क्रिप्सनबिना जोखिमयुक्त औषधि बेच्नेलाई दुई वर्ष कैद
मुलुकी ऐन २०७४ले म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गन निषेध गरेको छ । त्यसो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान छ।
भनिएको छ, ‘कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्न हुँदैन।’
यसैगरी एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न गर्दा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुनसक्ने देखिएको छ । कानून बमोजिम औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्विक रुपमा भिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउनुपर्ने मनासिब कारण भई बिक्री वितरण गर्न नहुने बतायएको छ।
कानून बमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस विना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागू औषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न निषेध गरिएको छ। प्रेस्किृप्सनबिना विक्री वितरण गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने बताइएको छ।
कसैले जानीजानी औषधिको असर शुन्य वा घटी वा बदलिने वा हानिकारक हुने गरी कुनै औषधिमा मिसावट गर्न वा त्यसरी मिसावट भएको औषधि वा अन्य उपचारको निमित्त कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न वा गराउन लगाउन नहुने कानूनी प्रावधान छ।
त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मरिसकेकोमा ज्यान मारेको सरह, त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मर्न सक्ने गरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यान मार्ने उद्योग गरे सरह, (ग) त्यस्तो औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग हुने वा सोको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवान हुनेछ । यस बाहेकको को अवस्थामा बाहेक अन्य अवस्थामा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवना हुनेछ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा इलाज सम्बन्धि कसुरमा औषधि सम्बन्धमा भएको कानुनी व्यवस्था
दफा २३४– जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुने :
(१) कानुन बमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिश बिना कसैलाई मान शरीरमा गम्भीर असर हुने कुनै लागू औषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
दफा २३५ – औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुने :
(१) कसैले जानीजानी औषधिको असर शून्य वा घटी वा बदलिने वा हानिकारक हुने गरी कुनै औषधिमा मिसावट गर्न वा त्यसरी मिसावट भएको औषधि वा अन्य कुनै वस्तुलाई औषधि भनी बिक्री गर्न वा उपचारको निमित्त कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन र्गा वा गराउन लगाउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गनेए व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ :–
(क) त्यस्तो औषधि सेवन गरेको कारण ज्यान मरिसकेकोमा ज्यान मारेको सरह,
(ख) त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मर्न सक्ने गरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यान मार्ने उद्योग गरे सरह,
(ग) त्यस्तो औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग हुने वा सोको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना,
(घ) खण्ड (क), (ख) वा (ग) को अवस्थामा बाहेक अन्य अवस्थामा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना ।
दफा २३६ – म्याद नाघेका वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुने :
(१) कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गनुै हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
दफा २३७ – एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुने :
(१) कानुन बमोजिम औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्विक रुपमा भिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउनु पर्ने मनासिव कारण भई बिक्री वितरण गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
मुलुकी ऐनमा समेटियो ल्याबः गलत रिपोर्ट दिनेलाई तीन वर्षदेखि जन्मकैदसम्म सजाय
पहिलोपल्ट मुलुकी ऐनमा प्रयोगशाला परीक्षण (ल्याब रिपोर्ट)को विषयलाई समेटिएको छ । आजदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४मा गलत रिपोर्ट दिनेलाई तीन वर्षदेखि जन्मकैदसम्म सजाय हुने भएको छ। यसअघि मुलुकी ऐन २०२० र यसका संशोधनमा समेत प्रयोगशाला र यसको रिपोर्टका विषयमा केही उल्लेख गरिएको थिएन ।
‘झुठ्ठा प्रतिवेदन दिन नहुने’ शिर्षकमा गरिएको व्यवस्थामा ) कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण
गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन नहुने भनिएको छ।
गलत रिपोर्ट दिने वा दिलाउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
यही गलत रिपोर्टको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा त्यस्तो रिपोर्ट दिने व्यक्ति कसूरदार मानिने भएको छ।
ज्यान मरिसकेको भए गलत रिपोर्ट दिने र दिलाउने व्यक्तिलाई ज्यान मारे सरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरे सरह सजाय हुने व्यवस्था गरिएको छ ।
गलत रिपोर्ट दिनेलाई सजाय मात्रै होइन, उक्त रिपोर्टका कारण पिडितलाई पुगेको क्षतिको पूर्ति भराउनुपर्ने समेत व्यवस्था गरिएको छ । भनिएको छ, ‘यस परिच्छेद बमोजिम (गलत रिपोर्टका कारण)को कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।’
गलत रिपोर्टका कारण ज्यान गएकोेमा जहिलेसुकै पनि उजुर लाग्ने व्यवस्था गरिएको छ। स्वास्थ्यखबरबाट