मुग्लानी खबर-भाद्र २ शनिबार
नेपाल तामाङ कलाकार संघ दोहा कतारको दोस्रो साधारण सभा गत शुक्रबार सम्पन्न भएको छ,सनैया स्थित ग्रीन रेस्टुरेन्टको सभाहलमा भएको दोस्रो साधारण सभाबाट अध्यक्षमा सबिना तामाङ चयन भएकि हुन ।
“तामाङ कला र सस्कृतिको जगेर्ना गरौ बिस्वभरि छरिएर रहेका तामाङ कलाकार एक हौ “ भन्ने मूल नाराका साथ सन : २०१६ मा स्थापना भएको सस्थाले आफ्नो दोस्रो अधिबेसन भब्य सभ्य तरिकाले सफल पारेको हो ।
वर्तमान अध्यक्ष वाङजु लामा तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ रहेका थिए भने विशेष अतिथि हरुमा एनआर एन ए कतारका प्रमुख सल्लाहकार बिनेष तामाङ,तामाङ समाज कतारका सस्थापक अध्यक्ष तथा संरक्षक सुक बहादुर तामाङ लगायत कतारमा रहेका विभिन्न संघ सस्था समाज सेवी बुद्दीजीवि हरुको बाक्लो उपस्तिथी रहेको थियो।
सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर तथा दिप प्रज्वलन र राष्ट्रिय गीत पस्चाद उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य तृतीय उपाध्यक्ष हिरे तामाङले राखेका थिए ।
कार्यक्रममा सगु प्रडक्सन बाट गणेश अधिकारि,सन्ध्या ग्रुपका अध्यक्ष बिरेन्द्र याक्थुम्बा म्हेन्दोमाया समाज कतारका प्रथम उपाध्यक्ष गौतम तामाङ,सस्थाका सस्थापक अध्यक्ष कुमार लामा,तामाङ समाज कतारका सस्थापक अध्यक्ष सुक बहादुर तामाङ,तामाङ समाजकै प्रमुख सल्लाहकार थर्चा लामा,एनआर एन ए कतार प्रमुख सल्लाहकार बिनेष तामाङ लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
मन्तब्यको क्रममा ब्यानरमा उल्लेख गरे जस्तै तामाङ कला सस्कृती जोगाउन सस्थाले उल्लेखनीय कार्य गरोस भन्ने कामना गर्दै
केहि आफ्नो कला सस्कृति रिरिवाज परम्पराबाट बिमुख हुनु दुखद कुरा हो । कला सस्कृतीले रास्ट्रको पहिचान जोगाएको हुन्छ,अहिलेको अवस्थामा तामाङ कला सस्कृति जोगाउन ठुलो चुनौती परेको बताए ।
त्येस्तै समाजले सम्पुर्ण कलाकारलाई समेट्दै कला र गलाको सम्मान गरोस भन्ने कामना गर्दै आगामी दिनमा पुरानो समितिले गर्न बाकिरहेका अधुरा कामहरु नया कार्यसमितिले पुरा गरोस भन्ने कामना गर्दै नयाँ कार्यसमिती लाई बधाई सहित सुभकामना ब्याक्त गरे ।
कार्यक्रममा सस्थाले २०१७ देखि २०१८ को अवधिमा गरेका प्रगति प्रतिवेदन सस्थाका सहसचिव सुमन तामाङ र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सबिना तामाङले प्रस्तुत गर्दा सर्बसहमतिले पारित गरिएको थियो ।
पहिलो चरणको कार्यक्रमको अन्त्यमा सभापति वान्जु लामा तामाङले संस्था संचालनमा आफुलाई प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यबाद दिदै कतारमा रहेका सम्पूर्ण तामाङ कलाकार हरुलाइ संस्थाभित्र संघठित हुन आग्रहगर्दै यतिधेरै खटी कार्यक्रम सफल पार्नुहुने सम्पूर्ण कार्य समितिका सदस्यहरु, सल्लाहकारहरु प्रतिपनि आभार व्यक्त गरे ।
हिजोका दिनमा जसरि सस्थाले आफ्नु शिर झुक्न दिएको थिएन आउने दिनमा पनि यसले निरन्तरता पाउने कुरामा ढुक्क रहेको बताए अन्त्यमा सम्पर्ण आमन्त्रित अतिथि गणहरु तथा नेपाल तामाङ कलाकार संघका सम्पुर्ण कार्यसमिति लाई धन्यबाद दिदै आउने नया कार्य समितिलाई कार्यकाल सफलताको कामना सहित पहिलो चरणको बन्द सत्र कार्यक्रम समापन गरेका थिए ।
दोस्रो चरणको निर्वाचन कार्यक्रममा थर्चा लामा तामाङको सम्योजकमा भएको कार्यक्रममा निर्वाचित नयाँ कार्यसमिति यश प्रकार छ ।
क्रमस अध्यक्ष सबिना लामा तामाङ,उपाध्यक्षमा सोमन तामाङ, महासचिवमा रन्जित तामाङ,कोषाध्यक्षमा सुवास तामाङ, निर्वाचित भएका छन् भने सदस्य हरुमा, तारा थिङ तामाङ, पदम बहादुर तामाङ, अमीत तामाङ,लिल बहादुर तामाङ गरि हाल ८ जनाको कार्यसमिति रहेको छ ।
अन्त्यमा नबनिर्बाचित अध्यक्षले सबैको साथ र सहयोग लिएर संस्थालाई अझै चुस्त दुरुस्त ढंगबाट अगी बढाउने प्रतिबद्धता जनाउदै कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संचालक भने पुर्व महासचिव रन्जित तामाङले गरेका थिए ।