मुग्लानी खबर २८ साउन
को हुन सागर एस वाईवा तामाङ?
म्हेन्दोमाया गीत सङ्गीतका चर्चित गायक सागर एस. वाईवा नुवाकोट जिल्लाको किस्पाङ गाउपालिका वडा न. ३ मा पिता सुमन सिंङ तामाङ र माता सेलजोम ग्याचोको कोखबाट काईलो सुपुत्रको रुपमा जन्मिएका हुन। उनका पाचँ दाजु भाइ र दुई बहिनीहरु छन।परिवछनका काँइलो छोराको रुपमा जन्मिएका सागर एस. बाईबा चन्चले स्वभावका भएपनि पढाई लेखाईमा भने उत्कृष्ट नै थिए र उनले औपचारिक रुपमा बिए. सम्मको अध्यन गरेका छन।
सागर एस. वाईवाको साङ्गीतिक यात्रा कसरी थालनी भयो?
इन्जिनियर बन्ने उनको तिब्र इच्छा भएपनि कमजोर आर्थिक स्थितिको कारण उनका सपना अधुरो रहे। एस.एल सी सकेपछि नेपाली सिनेमाको हिरो बन्ने सपना बोकेर काठमाडौं छिरेका गायक वाईवा अनायसै ललितकला क्याम्पसमा संगीतको गायन विधामा भर्ना हुन पुगे र त्यही बाट नै उनको औपचारिक साङीतिक यात्रा शुरु भयो। मध्यम वर्गीय परिवारको मान्छे हुनाले घरबाट खर्च पुर्याउन गाह्रो थियो। थियो।२०५७/५८ साल तिरको त्यो कहालीलाग्दो समय देशमा संकटकालीन परिवेश राजनीतक परिबर्तन माओवादीको चरम द्धन्द्ध आन्दोलन संक्रमण कालीन अवस्थामा काम पाउन सजिलो थिएन ।ब्यापार ब्यवसाय गरे ओरालो लाग्दो अवस्थामा थियो र ठिक त्यहीबेलामा काठमान्डौको शहरमा रोजगारी बिना सागर एस. वाईवालाई सघर्ष गर्न अति कठिन थियो र यो ठाउँ सम्म आईपुग्न भने त्यति सजिलो भने छदैथिएन।
तरपनी २०५८/५९ सालतिर कुरा हो उनिले लोक तथा दोहोरी लोक पप गीति संग्रह बजारमा ल्याउने बिचार गरे तर विभिन्न समस्याका बाबजुद उनी असफल भए।उनिले हिम्मत हारेनन साएद सैभाग्यको कुरा भनौ २०६० सालतिर म्हेन्दो माया समाज नेपालको दोस्रो गीति संग्रह कप्चङमा ल्होकोर ” नामक तामाङ गीत गाउने अवसर प्राप्त भयो।त्यहि तामाङ गीतबाट नै उनको वास्तविक जीवन परिबर्तनको शुरूवात भयो र आज सागर एस. वाईवा हुन पाए म्हेन्दोमाया गीत सङ्गीतको एउटा "किङ्ग" भएर सारा नेपाली सङ्गीतप्रेमीका मन मुटुमा बस्न सफल गायक भए।
उनिले भन्छन त्यसपछी साथी भाइको सर —सल्लाह अनुसार मैले आफनो समुदायको अस्तित्व परिचय र पहिचान सँग सम्बन्धित गीत संगीत म्हन्दोमाया ” लाई अंगाल्ने नै निणर्य बिस. २०६२ सालमा एकल म्हेन्दोमाया गीति सग्रंह "साइकल कोरोरो" बजारमा ल्याएँ । जुन गीति संग्रहले उनिलाई एउटा स्थापित गायक नै बनाईदियो जुन बेला उनी एक्लो थिए न त उनको कोही अग्रज कलाकार थिए न समकालीन न पछाडी म्हेन्दोमाया गीत सङ्गीतको संरक्षकण सम्बर्द्धनका लागि संघर्ष गर्दै गरेका कलाकार।उनिलाई एउटा अग्नि परिक्षा थियो तर उनिले हिम्मत नहारिकन एउटा बलियो दृढ संकल्प बोकेर आफ्नै साङ्गीतिक यात्रामा।
सागर एस. वाईवाका चर्चित गीति संग्रहहरु:
साइकल कोरोरो ,नम्चवती,सेमा ओस ओस,सप्तङ स्योङ,सेम्छे मायालु,डाको थारा,पाटा म्हेन्दो,पेर्लु वाङ्स्या,ङ्याङ्ला छार सम्बिधान,सेम्की डोम्बो,तोक्यङ पिस्कले,चच्चाराङी,तामाङ नाम्सा,रातो रिवन, बेक्कार न्हेन,मख्मलकी चोली,क्रालिङ खाबा, तामाङ भाषा म्हेन्दोमाया गीत गायका छन भने Sweet Heart नेपाली लोक पप गीति एल्बममा मीठो स्वर दिएका छन।
म्हेन्दोमाया गीत सङ्गीतमा उनको बिचार:-
म्हेन्दोमाया गीत संगीत स्वतन्त्र गीत संगीत होइन किनकि म्हेन्दोमाया गित संगीत म्हेन्दोमाया वा तामाङ समुदायको अस्तित्व कला सस्कृती र आफ्नो मौलिकतासँग जोडिएको गीत संगीत हो । त्यसैले मेरो एक जनाको गलत कदमले भोलि सम्पुर्ण तामाङ समुदायको नै इज्जत र प्रतिष्ठामा आँच आउन सक्छ । एक सही कदमले भोलि सारा समुदायकै शिर ठाडो हुन्छ। समुदायकै छाति चौडा होस, म्हेन्दोमाया गीत गाएर बाँच्न सकिदैन किनकी नुवाकोट, रसुवा, धादिङ जिल्लाको मान्छेले मात्र सुनेर मात्र के गर्नुे भन्थे दुनियाहरु,मलाई लाग्थ्यो यो मेरो समुदायको इज्यतको सबाल छ भन्ने सोच लिएर कसैको कुरामा न अल्मलिई अघि बढिरहे म म्हेन्दोमाया गित संगीतलाई ब्यवसायिक बनाउने अठोटका साथ अघि बढिरहे आज त्यो सपना पुरा भएको छ। मेरो किनकि म्हेन्दोमाया गीत संगीत ब्यवसायिक हुन सक्दैन भनि कुतर्क गर्नेहरुलाई गतिलो जवाफ मिलेको छ । आज सम्म म्हेन्दोमाया गीत गाएरै बाँची रहेको छु, बच्चा बच्ची पढाए बढाए यहाँभन्दा अरु के चाहियो र? साएद मसँग बैक ब्यालेन्स ,घरजग्गा ,गाडी र अन्य भौतिक बिलासिताका साधन श्रोतहरु तर यी सबै चिज हुनेहरु सँग त्यो चिज छैन जुन मैले पाएको छु । त्यो हो म्हेन्दोमाया बासीको अटुट र अबिरल माया साथ सहयोग सुझाब र सल्लाह । मलाई लाग्छ मैले साथी होईन मलामी कमाएको छु।
साथीभाईहरुको अनेक अभिव्यक्तिलाई चिर्दै:-
एउटा दुईटा साथीले म्हेन्दोमाया मात्र गाएर हुन्न नेपाली गीतहरुपनी गाउनु भन्ने सल्लाह पाँए यति सम्म नि बचनको नि बचनको वाण आयो कि म्हेन्दोमाया गीत गाएर मात्र हुदैन विदेशको कार्यक्रम त झन आशै नगरे हुन्छ भनेपछी उनले च्यालेन्ज दिए म्हेन्दोमाया लाई म ब्यवसायिक नि बनाउछु । म्हेन्दोमाया गाएर विश्व भ्रमण नि गर्छु हेर्दै जानु भनेको थिए तर त्यो च्यालेन्ज त्यति सजिलो भने थिएन फलामको चिउरा चापाउनु भन्दा बेसी थियो । सन.२०१३ मा मैले नेपाल प्रवासी तामाङ समाज कतारको निमन्त्रणामा पहिलो विदेश सांगितिक कार्यक्रमको इतिहास शुरु गरे त्यसपछि त्रिशुली समाजको साथ यु.ए.इ दावा छिरिङ एण्ड मिलन एस मिलन एस. बाइबाको साथमा
मलेशिया दुई पटक, नेपाल तामाङ संघ कोरियाको साथ दक्षिण कोरियामा एक पटक, नेपाल तामाङ घेदुङ कुबेतका साथमा कुबेतमा एक पटक, तामाङ समाज बेल्जियममा एक पटक,तामाङ समाज पोर्चुगलको साथमा एक पटक, म्हेन्दोमाया समाज दोहा कतारको साथमा एक पटक र अन्त्यमा मैले म्हेन्दो माया गीत गाएर नै दुनियाको सपनाको देश अमेरिका, तामाङ सोसाइटी अफ अमेरिकाको साथमा अमेरिकाको सांगितिक यात्रा पुुरा गरिसकेको छु । म्हेन्दोमाया गित संगितलाई ब्यवसायीक बनाउन आफनो खल्तीबाट नै लगानी गरेर केहि गर्नु पर्छ भन्ने संकल्प मेरो थियो मात्र शुरुवात मैले गरेको थिए तर आज हजारौं छन् । आफनै गोजिबाट लगानी गरेर म्हेन्दो माया लाई केहि गर्नु पर्छ भन्ने सोच परिवर्तन गराउन सक्नु ठुलो हो ।मेरो बिचारमा हिड्नु भन्दा हिड्नलाई बाटो बनाउनु ठूलो कुरा हो ।
म्हेन्दोमाया गीत सङ्गीतको यात्रामा वाईवा के भन्छन?
मैले डेढ दशकको लामो संघर्ष पछी म्हेन्दोमाया गीत सङ्गीतको एउटा छुट्टै पहिचान बनाउन सफल भए वा लोकप्रियता हासिल गर्न सके भनौं । चर्चित बहु चर्चित जे भएनि सबै दर्शक श्रोताहरुको माया हो मलाई यहि नै काफी छ। उमेरको हिसाबले ३५ वर्षको संघारमा छु म्हेन्दोमाया गीत संगीतको संघर्ष १५/१६ वर्ष को इतिहासमा गीति संग्रहहरु १८/१८ वटा एकल एल्बम छन ।साङ्गीतिक यात्रा तथा स्टेज कार्यक्रमहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय देशहरु कतार, दुबाई, मलेशिया, कोरिया,कुवेत, बेल्जियम, पोर्चुगल, फ्रान्स, होल्याण्ड, यु.एस.ए सम्मको यात्रापार गरिसकेको छु ।अव यही आउदो असोज ९ गते " सागर एस बाइबा तामाङ एकल म्हेन्दोमाया साँझ” हुदैछ जसको उदेश्य दर्शक श्रोताहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै म्हेन्दोमाया गीत सङ्गीतलाई अब लाई हुर्काउनु बढाउनु संरक्षण गर्नु सम्बर्द्धन मात्र नभई नेपालको केही निश्चित जिल्लाहरु नुवाकोट ,धादिङ र रसुवाको मौलिक सस्कृती सङ जोडिएको महत्व भुमिका भएको यो गीत सङ्गीतलाई राष्ट्रीय देखी अन्तराष्ट्रिय स्तरमा चिनाउनु मेरो पहिलो दायित्व थियो छ र हुनेछ।अहिले सम्म जुन दायित्व मैले पुरा गरेको छु कति न्याय दिन सके त्यो दर्शक श्रोताहरुले मुल्यांकन गर्नुभएको छ। संस्कार र संस्कृति विना कुनै परिचय र पहिचान खुल्दैन विना परिचय र पहिचान बिना कुनै मुल्य हुदैन ।त्यसैले यो हाम्रो पहिचान हो परिचय हो।
म्हेन्दोमाया गीत संगीतमा मेरो संघर्षले संस्कार र सस्ंकृति हाम्रो भाषा भेष भुषा रिमठीम पेठीमको संरक्षरण सम्बर्द्धनमा केहि टेवा पुगेको छ भन्ने मलाई लागेको छ।म्हेन्दोमाया नेपालीमा गाउनु दुनियाले बुझनु लोकप्रिय हुनु ठुलो लाग्दैन।मलाई लाग्छ म्हेन्दोमाया यसै त कमजोर छ हाम्रो भाषा त्यहि माथि संरक्षण गरी बलियो बनाई आउदा भाबी पिढीलाई हस्तान्तरण गर्नु उचित हुन्छ।
अन्त्यमा जादाजादै सागर एस . वाइवाको भनाई:
म सागर एस. वाईबा तमाङ भनेर जुन स्थान बनाएको छु । मैले यसमा मैले घमण्ड गर्ने कुनै ठाउँ छैन म अफै सागर एस. वाइबा तामाङ भएको होइन र मैले चाहेर मात्र भएको नि होइन ।दर्शक श्रोता वा तपाईहरुको अपार माया साथ र सहयोगले मात्र सागर एस. वाइबा तामाङ आज यो स्थानमा आइपुगेको हो र यो सफलता मेरो नभई हजुरहरुको हो।मेरो बुझाईमा सफल हुन आफु मात्र राम्रो भएर हुन्न आफनोे अगाडी पछाडी दाँयाबाया सबै राम्रो हुनु पनि जरुरी हुन्छ।आज सम्म मलाई सहयोग गर्दे आइरहुनु भएका सम्पुर्ण साथीभाइ इष्टमित्र आफन्तजन सबैमा फेरि गैरवमय ऐतिहासिक सागर एस. वाइबा तामाङ एकल म्हेन्दोमाया साँझ सफल पार्न दुई हात दश औंला जोडी विनम्र अनुरोध गर्दछु ।