मुग्लानी खबर १९ साउन
नेपाल प्रबासी आदिवासि जनजाती महासघ कतारको आयोजनामा कतारको दोहा स्थित गल्फ होराइजन होटलको सभाहलमा गत शुक्रबारका दिन २४ औं विश्व आदिवासी जनजाति दिवस भब्य रुपमा मनाईएको छ।
पहिचान,प्रतिनिधित्व र स्वायत्तताको लागि आदिवासी जनजातिको अडान,पहिचान सहितको संघीयताको लागि संविधान सम्बोधन हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले आज २४ औं बिस्व आदिवासी दिवस मनाएको हो ।
सस्थाका अध्यक्ष एकराज राइको सभापत्विमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कतार स्थित नेपाली दूतावासका प्रमुख सचिव नितेस सापकोटा रहेका थिए । त्येस्तै विशेष अतिथि हरुमा एनआर एनए कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल, सस्थाका प्रमुख सल्लाहकार सियाराम चौधरी,समाज सेवि कमल मणि गुरागाइ,बिल गुरुङ लगायत कतारमा रहेका विभिन्न सामाजिक संघसस्था बुद्धिजिवि ब्याक्तित्वहरु,जिल्लागत सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको थियो।
कार्यक्रमका सभापती, प्रमुख अतिथी ,बिशेष अतिथिहरुको हातबाट कार्यक्रमको ब्यानर उत्घाटन सहित दिप प्रज्वनन गर्दै सुरु गरिएको कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष लिलाम चिदी मगरले सवैलाइ स्वागत मन्तब्य बाट स्वागत गरे । त्येस्तै "हामी आदिबासी" बोल्को गीतमा सामुहिक कलाकार हरुले स्वागत नृत्य प्रस्तुति दिए ।
दिर्तिय उपाध्यक्ष पुरुस्वोतम सुनुबारले २४ औं बिस्व आदिवासी दिवस मनाउनुको बारेमा प्रष्ट पार्दै आफ्नो अधिकार बाट बन्चित भएको कारण सन्सार भरिका आदिवासीले अहिले पनि आन्दोलन गर्दै आएका छ्न र आफ्नो अधिकार पाउनको निम्ति जनजातीले बिस्वका विभिन्न देशमा भएको आन्दोलन बारेमा पनि खुलासा गरे ।
कार्यक्रममा सुभकामना मन्तब्यको क्रममा सम्पुर्ण जिल्लाको तर्फ बाट लमजुङ सेवा समाजका अध्यक्ष बिश्व लाल श्रेष्ठ,मातृ सस्थाका तर्फबाट राम कुमार मन्डल,एनआर एनए कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल,सस्थाका प्रमुख सल्लाहकार सियाराम चौधरी,समाज सेविहरु कमल मणि गुरागाइ,बिल गुरुङ,एनआर एनए कतारका प्रमुख सल्लाहकार बिनेष तामाङ, कतार स्थित विभिन्न राजनीतिक पार्टीका भात्री संघठनहरु, सामाजिक संघसस्थाका प्रतिनिधीले ले २४ औं बिस्व आदिवासी जनजाती दिवसको सुभकामना दिदै आउने दिनमा आफ्नो पहिचान,रितिरिवाज,सस्कार सस्कृती जोगाउन प्रवासमा आएर यस्ता मौलिकता कार्यक्रम गर्नु एकदमै स्रहानिय भएको बताए । आगामी दिनमा पनि आदिवासी जनजाती एकजुट हुदै आफ्नो पहिचान जोगाउन एकताबद्ध हुनुपर्ने भन्दै नेपालमा ३७ % जनता आदिवासी रहेको बताउदै जनजातीले उठाएका केही मुद्दाहरु सरकारले छिट्टै सम्बोधन गर्नुपर्ने बताए ।
प्रमुख अतिथि सापकोटाले नेपाल सरकारको तर्फबाट शुभकामना दिँदै कुनै बेला आदिवासी जनजाती अन्यायमा परेको भएपनि यो संबिधान ले धेरैकुरा समेटिएको कुरा बताउँदै प्रवास कतारमा आएर पनि यसरि कार्यक्रम गरि आफ्नो संस्कृती जोगाउन लागिपरेको देख्दा एकदमै खुसि लागेको भन्दै सम्पुर्णमा धन्यवाद दिँदै आफुले सकेको सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा महासंघ कतारमा आबद्ध मातृ संस्था नेपाल मगर संघ कतार,किंरात राई यायोख्खा शाखा कतार,किरात याक्थुम चुम्लुङ कतार,तमु-गुरुङ समाज कतार,नेपाल प्रवासी तामाङ समाज कतार,गुरुङ सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार,प्रवासी भुजेल सेवा समाज कतार,सुनुवार सेवा समाज कतार,ने.वा पूःच कतार, धानुक सेवा समाज कतारका कलाकारहरुबाट आ-आफ्ना जातिय पहिचान सहितको ग्रुपिङ सांस्कृतिक झाँकी सहित मौलिक नृत्य प्रस्तुतिले कार्यक्रम सुनमा सुगन्ध थपिएको महशुस गरिएको थियो ।
अन्त्यमा सभापति देवराज राइले सन :१९९४ देखि बिश्व आदिबासि दिवस मनाउन थालिए पनि नेपालमा भने १३ औं दिवस देखि सुरु गरिएको बताउदै प्रवासमा आएर आफ्नो पहिचान जोगाउन लागि परेका छौ, आगामी दिनमा पनि सबैको साथ र सहयोग चाहिने बताउदै कार्यक्रममा उपस्थित र सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए भने उक्त कार्यक्रमको संचालन महासचिव शिव कुमार भुजेलले गरेका थिए ।