मुग्लानी खबर १९ साउन
सन्ध्या ग्रुप कतारको साहित्यिक बिभाग मुग्लानी सौगातले नवोदित साहित्यिक वाचनालय कतारका नव निर्बाचित पदाधिकारीहरुलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएको छ।
मुग्लानी सौगातले मासिक रुपमा गर्दै आएको ६२ औ बाचन डबलीको आयोजना गर्दै उक्त अवसरमा सो कार्य गरेको हो।सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुङ्बा को सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी अ.ने.सा.स कतार च्याप्टर का प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराई थिए भने विशेष अतिथिहरुमा मुग्लानी सौगातका संरक्षक थर्च लामा ,सन्ध्या ग्रुप कतारका सस्थापक अध्यक्ष तथा फिल्म निर्देशक सुरज तामाङ,अ.ने.सा.स कतार च्यापटरका प्रमुख सल्लाहकार रेगिस्तानी कवि तिर्थ सङ्गम राई,गीतकार तथा रचनाकार घनश्याम तिवारी रहेका थिए साथै अतिथिहरुमा नेपाल प्रबासी तामाङ समाज कतारका केन्द्रिय सदस्य प्रेम घिसिङ तामाङ ,म्हेन्दोमाया समाज कतारका प्रतिनिधि सोनाम लामा लगाएत अर्जुन कुमार,राम थापा,राजु रुजाल,इन्द्र खड्का,बिष्णु मरासिनी र बिभिन्न संघ सस्थाका पदाधिकारी तथा साहित्य अनुरागीहरुको उपस्थिती रहेको थियो। दीप प्रज्वलन तथा ब्यानर उद्घाटन सङै अगाडि बढेको उक्त कार्यक्रममा उपस्थितहरुलाई भेष धिमालले स्वागत मन्तब्यले स्वागत गरेका थिए।
नबोदित साहियिक वाचनालय कतारको दसौ महाधिवेशन बाट दिप मिलनको अध्यक्षतामा नवनिर्वाचित २१ सदस्यीय कार्यसमितिलाई सन्ध्या ग्रुप मुग्लानी सौगात परिवार बिरेन्द्र कुमार याक्थुङ्बा,सुरज तामाङ ,थर्च लामा,प्रेम प्रसाद भट्टराई लगाएत सम्पुर्ण उपस्थित साहित्य अनुरागी मित्रहरुले खादा तथा टिका अर्पन गरी नबोदित साहित्य वाचनालय कतारको कार्यसमितिमा चयन हुन सफल भएकोमा र उहाहरुको सफल कार्यकालको लागी बधाई तथा शुभकामना दिएका थिए।
दोहाको विभिन्न क्षेत्रबाट पाल्नु भएका र नबोदित साहित्यिक वाचनालय कतारका सदस्यहरु दिलिप पराजुली,चक्र कार्की ,तिलु शर्मा पौडेल ,इस्वर राई,सन्तोश अधिकारी,शेखर बस्नेत,दिप प्रदिप कुमार,लिलानाथ घिमेरे,अनिल परिबर्तन ,निलम निश्चल,सुमन सहयात्री,शरद पान्डे लगाएतका स्रष्टा तथा सर्जक हरुले आफ्ना मिठा रचनाहरुबाट मन्त्रमुग्ध बनाएका थिए।
नबोदित साहित्य वाचनालयका नव निर्बाचित अध्यक्ष दिप मिलन ले बोल्दै सन्ध्याग्रुप कतार मुग्लानी सौगात परिवारले दिएको यो माया र स्नेह प्रती अत्यन्तै आभारी रहेको र यो माया प्रतिको जिम्मेदारी पूरा गर्न कटिबद्ध रहेको भन्दै आफ्नो मिठो रचना समेत सुनाएका थिए।त्यस्तै गरि बिशेष अतिथी थर्च लामाले बोल्दै सुरुवात देखि आज सम्म आईपुग्दा कतार तीन साहित्यिक सस्थाहरुको सम्बन्धका बारेमा अवगत गराउदै भोलिका दिनमा पनि यो निरन्तरता रहनेमा बिस्वस्त पार्दै नब निर्बाचित कार्यसमितिलाई बधाई तथा सुभकामना दिएका थिए।न्यून समयका बाब्जुद कार्यक्रम ढिलै भए पनि उपस्थित हुन सफल बिशेष अतिथी तथा रेगिस्तानी कवि तिर्थ सङम राईले कतारमा साहित्यको माहोल सुरुवाती दिन संघर्ष र अहिलेको नतिजालाई स्पष्ट पार्दै अन्तरास्ट्रिय गजल प्रतियोगिता ९० वटा गजलमा तीन उत्कृष्ट गजल कतारबाट नै भएकोले अत्यन्तै खुसी ब्यक्त गर्दै उक्त गजलका रचनाकार दिप मिलन,दिप प्रदिप कुमार र टीका खड्का राष्ट्रप्रेमी लाई धेरै धेरै धन्यबाद दिदै स्टेजबाट गएर अङालोमा समेत बेर्न भ्याय।आगामी दिनमा पनि अझै बिस्वलाई नै कतारबाट नेपाली साहित्यलाई योगदान दिएर इतिहासको पानामा नाम कोर्नु पर्छ भन्दै नव निर्वाचित कार्यसमितिलाई धन्यबाद दिएका थिए।
कार्यक्रम प्रमुख अतिथी प्रेम प्रसाद भट्टराईले बोल्दै कतारका तीन सस्थाहरु एक ढिक्का भैइ अगाडी बढ्नु पर्ने र बिचमा गुट उपगुट नभई स्वच्छ साहित्यमा कलम चलाउदै सबैजना नेपाली साहित्यका लागि कटिबद्ध हुन आग्रह गर्दै साहित्यकारलाई दुबैको एक साहित्यिक कार्यक्रममा रचना बाचना गर्न समय नदिनु एक साहित्यकार प्रती गरिएको अन्याय भएको भन्दै साहित्यकार "बिहानी" गजल सुनाउदै नव निर्बाचित कार्य समितिलाई बधाई तथा सुभकामना ब्यक्त गरेका थिए।
अन्त्यमा कार्यक्रमका सभापती बिरेन्द्र कुमार याक्थुन्बाले बोल्दै आजको कार्यक्रम मुग्लानी सौगातको ६२ बाचन डबली तथा नबोदित साहित्य वाचनालयका नव निर्बाचित पदाधिकारी लाई बधाई तथा सुभकामना कार्यक्रम मा पाल्नु हुने सम्पुर्ण मा धन्यबाद दिनु भयो।नेपाली साहित्य प्रती कतारमा रहेका तीन सस्थाहरु हिजो पनि एक थिए आज पनि र भोलि पनि हुनुपर्छ भन्दै कतारबाट अन्तर्राष्ट्रिय गजल प्रतियोगितामा आएको यो परिणामले अत्यन्तै हर्षित रहेको यो जित सारा कतारमा रहेका तीन सस्था र चार लाख नेपालीको जित रहेको भन्दै नब निर्बाचित सदस्यहरुलाई धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रम को संचालक सन्ध्या ग्रुप कतारका सचिब गणेश क्षेत्री थिए।