मुग्लानी खबर साउन ८
दोहा, किराया सचिब बिमल राई २१र७र०१८ किरात राई यायोक्खा शाखा कतारले एक आन्तरिक प्रशिक्षण कार्यक्रम सु–सम्पन्न गरेको छ ।
हिजो मिति २०१८ जुलाई २० तारिख शुक्रबार यस संस्थाले दोहा स्थित द गोर्खा रेष्टुरेण्टमा अध्यक्ष एकराज राईको अध्यक्षतामा आन्तरिक प्रशिक्षणको आयोजना गरि भव्य रुममा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाको विषेश व्यक्तित्वहरुले विभिध चार सेसनमा अत्यन्तै रोमाञ्चक र प्रभावकारी ढंगबाट प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
यसै क्रममा विशेष सल्लाहकार श्री धिरज चाम्लिङ्ग राई ज्यूले ‘किरात राईहरुको उत्पती कथा, एैतिहासिक राजनैतिक पृष्ठभूमि तथा आजको आवस्था’ भन्ने विषयमा, संस्थाका अध्यक्ष तथा प्रशिक्षक श्री एकराज राई ज्यूले ‘मुन्दुम, किरात राईहरुको चाड, संस्कार तथा साकेला सिली’ भन्ने विषयमा, रेगिस्तानी कवि तथा संस्थाका सल्लाहकार श्री तिर्थ संगम राई ज्यूले ‘किरात राईहरुको भाष, धर्म, कला, साहित्य, पहिचान र अधिकार’ भन्ने विषयमा र संस्थाका सचिवालय सदस्य तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष श्री देवराज राई ज्यूले ‘संस्था, संरचना, विस्तार र आचारसंहिता’ भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नु भएको हो ।
वैदेशिक रोजगारको सिलसिलामा विदेशिएर यहा पाल्नु हुने किरात राई समुदायका विभिन्न क्षेत्रमा आफ्नो कार्य कौशलताका साथ कम्पनीको जिम्मेवारी पूरा गरिरहनु भएका हाम्रा किरात राई दाजुभाई तथा दिदिवहिनीहरु लगाएत अन्य समुदायको समेत बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा सहभागीहरु सबैले प्रशिक्षण कार्यक्रम अत्यन्तै उपलब्धीमूलक र प्रवासमा रहेर पनि आफ्नो ईतिहास, संस्कार, संस्कृती, कला साहित्य, पहिचान तथा अधिकार जस्तो महत्वपूर्ण बिषयहरुको बारेमा धेरै कुरा बुझ्न पाउदा अत्यन्तै खुसि ब्यक्त गर्दै यस्तो प्रकारको कार्यक्रम हुनु नै ठूलो कुरा रहेको भन्दै आयोजक टिमलाई धेरै धेरै धन्यवाद र आगामी दिनहरुमा पनि यो प्रकारको कार्यक्रम आयोजना गर्न सुझाब समेत दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष श्री एकराज राई ज्यू लगायत सम्पूर्ण प्रशिक्षक ज्यूहरुले सम्पूर्ण प्रशिक्षार्थीको रुपमा उपस्थित रहनु भएका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो र अध्यक्ष राईले आभार प्रकट गर्दै सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका स्पोन्सरहरु क्रमशः किरात राई यायोक्खा सल्लाहकार समितिका संयोजक तथा संस्थाका प्रमुख सल्लाहकार श्री अमृत कुमार राई लगायत सम्पूर्ण सल्लाहकारहरुलाई कार्यक्रमको हल स्पोन्सरको लागि, सचिवालय सदस्य श्री देवराज राई ज्यूलाई पिउने पानी र नास्ता स्पोन्सरको लागि महिला विभाग प्रमुख श्रीमती सिता राई लाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।