दोहा : कोशी प्रदेश समन्वय परिषद कतार र आवद्ध जिल्ला संस्थाहरुको संयुक्त, आयोजनामा नेपाली नयाँ बर्ष २०८२ तथा उभौलि चाड भब्यरुपमा मनाइएको छ ।
"समृद्धि हाम्रो सरोकार उद्देमसिलता यसको आधार " भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापित परिषद कतारले मितिः २५ अप्रिल २०२५ शुक्रबारको दिन वेलफेयर रेस्टुरेन्टको सभाहलमा, किराती रास्ट्रिय चाड उभौलि,नेपाली नयाँ बर्ष २०८२ को सुभकामना आदानप्रदान सहित साहित्यक माहोलमा उक्त कार्यक्रम सप्पन्न गरेको हो ।
परिषद कतारका कार्यवाहक अध्यक्ष रुद्र शर्मा आचार्यको सभापतित्व,नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आथित्यता रहेको कार्यक्रममा एन.आर.एन.ए. एन.सी.सी. कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, परिषद कतारका संस्थापक अध्यक्ष चुडामणि कार्की लगायत सस्थापकहरु, सल्लाहकार, कतारमा स्थापित विभिन्न सामाजिक संघ संस्थाका प्रमुख हरुको उपस्थिति रहेको थियो ।
स्वागत नृत्य बाल कलाकार रेबिका काफ्लेको रहेको थियो, उपाध्यक्ष भिम बराइलिको स्वागत मन्तव्य रहेको कार्यक्रममा उपस्थिति विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।
मन्तव्यको क्रममा प्रमुख अतिथि क्षेत्रीले यस्ता रचनात्मक,नेपाली मौलिक संस्कार जोगाउने साँस्कृतिक कार्यक्रम गर्दै ,नेपाली समुदाय बिच, एक आपसी भाइचारा सम्बन्ध कायम गरेकोमा खुशी व्यक्त गर्दै, अझै साहित्यक तथा सांस्कृतिक कार्यक्रम गर्दै, आगामी कार्यक्रममा नेपाली समाज परिवर्तनका निमित्त जनचेतना मुलक कार्यक्रम पनि राख्न सुझाव दिएका थिए ।
कार्यक्रमको मुख्य आकर्षक संखुवासभाको "नौमती पन्चे बाजा समुह" रहेको थियो । जस्मा उपस्थितिहरुले नौमती बाजाको तालमा भरपुर्ण मनोरञ्जन लिए । त्यस्तै अन्य कलाकारहरु लक्ष्मी कार्की, खड्ग बस्नेत, एलिसा राई किरण राजबंशि सौरभ आचार्य लगायत एक दर्जन कलाकारको प्रस्तुति रहेको थियो ।
साहित्यकार नारायण भणडारि ,खेम पुन,योगेन्द्र बराल , राज कुमार सुवेदी लगायतको साहित्यक प्रस्तुति पनि रहेको थियो ।
परिषदका महासचिव पदम प्रसाद सिम्खडाले सहजीकरण गरेको कार्यक्रमका सभापति आचार्यले भिन्न समुदाय,संस्कार सकृती,भाषा भाषी रहेको कोशि प्रदेशको धेरै जनसंख्याले मनाउदै आएको किराती रास्ट्रिय चाड उभौली, आफ्नो संस्थालेपनि बृहत तरिकाले मनाउन पाउदा खुशी भएको बताउदै कार्यक्रममा उपस्थिति सहित विभिन्न माध्यम बाट सहयोग गर्ने सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।