विरेन्द्र कु याक्थुङ्बा
ताप्लेजुङ: साविक थेचम्बु हाल (याङ्वारक पाथिभरा)निवासी सामाजिक व्यक्तित्व स्वर्गीय तिङ्लाल लिम्बु (मेन्याङ्बो)को जेठी सुपुत्री ६१ बर्षिय लक्ष्मी मेन्याङ्बो (महेन्द्री) हाल बेलायत लाई कर्मथलो बनाउदै आएकी उनी काठमाडौ महानगरपालिका वडा न.२ कि स्थायीवासी हुन ।
जसले आफ्नो पुर्खौली गाउँ पाथिभरा याङ्वरक गाउंपालिका वार्ड न २ स्थित आहाल डाँडा, पिङ्गेदिनमा आफ्नो पुर्खौली गाउँ छुट्टी मनाउन आउँदा सो विधालयमा भ्रमण गरेकी थिईन ।
उनले UK फर्केको केही महिनामा विद्यालयको आधिकारिक सामाजिक सञ्जाल पेज बाट श्री महाकाली बिधालय को गतिबिधि देखेपछि उनले सो बिद्यालयमा १ देखि ८ कक्षासम्मका उत्कृष्ट छात्रा-छात्रहरूका लागि अक्षय कोष निर्माण गर्ने निश्चय गरेकी थिइन।
मुलत: उक्त विद्यालयका विद्यार्थीहरु लाई उत्साह मिलोस् भन्ने उदेश्य लिएर पठाईएको १लाख एक हजार १ सय एक रुपैया झापा केर्खा निवासी दाता लक्ष्मीका कान्छा भाई विजेन्द्र मेन्याङ्बो र सामाजिक व्यक्तित्व विरेन्द्र याक्थुम्वा(सुवास)अक्षयकोष सम्झौता अनुरुप हस्तान्तरण गर्न पुग्दा श्री महाकाली आधारभुत बिद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले गत चैत २२ गते श्री महाकाली आधारभुत विद्यालयको सभाहलमा वि. व स अध्यक्ष टिकाराम पौडेलको सभा अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरि भव्य स्वागत तथा सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथी विजेन्द्र मेन्याङ्वोले श्री महाकाली आधारभूत विद्यालय लाई आफ्नो ज्येष्ठ दिदी लक्ष्मी मेन्याङ्बोले स्थापना गरेको अक्षयकोषले विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई हौसला र थप उत्प्रेरणा मिल्न सकोस भन्ने हेतुका साथ अक्षयकोष स्थापना गर्नुको उदेश्य बारे स्पष्ट पारेकी थिईन। त्यसको जिम्मेवारी बहन गर्न र सम्झौता स्वरुप उक्त रकम, सम्झौता पत्र, फ्रेमिङ-तस्वीर र प्रमाणपत्र हस्तान्तरण गर्दै उपस्थित बिद्यालयमा शिक्षक शिक्षिका र आयोजक ब्यबस्थापक समितिले गरेको सम्मान र स्वागत सत्कारप्रति धन्यवाद दिदै विद्यालय र विद्यार्थीहरुको सफलताको कामना गरेका थिए।
विशेष अतिथी विरेन्द्र कु. याक्थुङबाले आफ्नो भनाई राख्ने क्रममा थेचम्बु श्री महाकाली आधारभुत विद्यालय एवम आ.वि.व.स.ले आफुहरुलाई गरिएको उच्च स्वागत सहितको सम्मानप्रति हार्दिक कृतज्ञ सहित आभार व्यक्त गर्दै गाउँका सामुदायिक बिधालयको विशेषता बारे उल्लेख पार्दै अक्षयकोष दाता लक्ष्मी मेन्याङ्बो(मेहेन्द्री) का स्व.पिता थेचम्बुवासी स्वर्गीय सुवेदार तिङलाल लिम्बु (मेन्याङबो) आफैमा समाजका लागि एउटा असल समाजसेवी व्यक्तित्व रहेकाले उनका परिवारहरूमा त्यही बिरासत रहेको कारण अन्य बिधालय र अन्य सामाजिक गतिविधिहरुमा पनि एवम प्रकारले सेवा/योगदान भएको बताउदै श्री महाकाली आधारभुत विद्यालयमा घनिभूत प्रगति र विद्यार्थीको थप उन्नति बनोस भन्दै आयोजक लाई धन्यवाद दिएका थिए।
त्यस्तै बिशिष्ट अतिथी पाथिभरा यङ्वाराक वडा न.२ का वडाध्यक्ष बलुराम मेन्याङ्बोले श्री महाकाली आधारभुत विद्यालयप्रति आफ्नो महत्वपूर्ण कुरा रहेको र अक्षयकोष दाता स्वर्गीय तिङ्लाल मेन्याङ्बो आफ्नै नातेदार भएको र आफैले बिगतमा दुई पटक व्यवस्थापन समितिमा अध्यक्ष भएर काम गरेको, हाल पनी श्री महाकाली आधारभुत विधालयमा पदेना सदस्य रहेको बताए। बिधालयको बिकास तथा नव पुर्वाधार लगायतमा आफुले सकेको काम गरिरहेको उल्लेख गर्दै आफ्नो पुर्खौली ठाउँका विद्यार्थीहरुका लगी प्रेरणा स्वरुप अक्षयकोष निर्माण गर्न अक्षयकोष दाता लक्ष्मी मेन्याङ्बो(महेन्द्री) लाई धन्यवाद दिदै बिधालय व्यवस्थापन समिति, शिक्षक उपस्थित सबैमा सकारात्मक कदमका लागि धन्यवाद दिएका थिए।
स्वास्थ्य इकाई इन्चार्ज लक्ष्मण चौशुले आफ्नो भनाई राख्दै गर्दा उक्त विद्यालयमा आफ्नो स्वर्गीय बुवाले विद्यालयमा अक्षयकोष निर्माण गर्दाको क्षणलाई स्मरण गर्दै भावुक भएका थिए, भने लक्ष्मण चौशु त्यहाँ आफुलाई सम्हाल्न असहज हुँदा हल स्तब्ध बनेको थियो।
त्यस्तै अतिथिहरूमा क्रमश: पिटिए अध्यक्ष, वि.व.स पूर्वअध्यक्ष,अविशेक मेन्याङ्बो लगायतले आ-आफ्नो भनाई राख्ने क्रममा तिङ्लाल मेन्यङ्बोका जेष्ठ पुत्री लक्ष्मी लिम्बू/महेन्द्री र उनका परिवारप्रति श्री महाकाली आधारभुत विद्यालयका विद्यार्थीहरु लाई थप प्रेरणाका लागि अक्षयकोष स्थापना गर्नुहुने दाता लक्ष्मी लिम्बू(महेन्द्री) का परिवार, कान्छा भाइ विजेन्द्र मेन्याङ्बो र विरेन्द्र कु याक्थुम्वालाई धन्यवाद दिएका थिए।
शिक्षिका कल्पना गुरुङद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक शान्ता गुरुङले राखेकी थिइनँ ।
अन्त्यमा: सभाअध्यक्ष टिकाराम पौड्यालले श्री महाकाली विद्यालयको गतिविधिलाई बुजी-सम्झेर विद्यार्थीहरु लाई प्रोत्साहान र विद्यालयको गरिमा उच्च राख्न अक्षय कोष निर्माण गर्न अक्षरूपी १ लाख एक हजार एक सय १ रुपैयाँको सम्झौता रकम प्राप्त गराइएको बारे प्रस्ट्याउँदै त्यो-रकम कुनै तल-माथी नगरी सम्झौता अनुरुप अक्षरश पालना गर्दै कक्षा १ देखि ८ सम्मका बार्षिक उत्कृष्ट विद्यार्थी एवम छात्रा- छात्रहरूका लागी निस्पक्ष ढंगमा कार्यन्वयन हुने प्रतिबद्धता जाहेर गर्दै दाता लक्ष्मी मेन्याङ्बो(महेन्द्री) र उनका परिवारप्रति हार्दिक धन्यवाद दिदै कार्यक्रम सम्पन्न भव्को थियो।उनले सबैलाई धन्यवाद दिदै आउँदा दिनहरुमा पनि सबैको सहकार्य र सहयोग साथ विद्यालयलाई अगाडि बढाउदै लाने भन्दै कार्यक्रम समापन गरेका थिए।
भने औपचारिक कार्यक्रमपछि प्रमुख अतिथी विजेन्द्र मेन्याङ्वो र विरेन्द्र याक्थुम्वालाई आयोजक टोलिले
स्वास्थ्य चौकी, बुद्ध धार्मिक गुम्वाको दर्शन संगै स्थानिय पालिका स्तर स्वरोजगारका लागि ५० दिने निर्माण तालिम कार्यक्रममा भ्रमण गराएका थिए।