नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेदवार रहेका मिश्र ५ हजार ५२ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटमप्रतिद्वन्द्वी व्यावसायिक कानुन व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।
वरिष्ठ अधिवक्ता प्रा.डा.मिश्र नेतृत्वको बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका सबै उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला निर्वाचित भएका छन् । कोइरालाले ४ हजार ८ सय ७४ मत पाएका छन् ।
त्यस्तै, प्रदेश उपाध्यक्षमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महला उपाध्यक्षमा सरस्वती श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी, कोषाध्यक्षमा जगतबहादुर कार्की, सदस्य दलितमा चिरञ्जिवी तिलक्यानी, सदस्य मधेशी मुस्लिम काठमाडौ. उपत्यका बाहिरबाट सूर्यकुमार यादव, सदस्य मधेशी मुस्लिम खुलामा रिंकुकुमारी यादव, सदस्य आदिवासी जनजाति काठमाडौं उपत्यका बाहिरबाट राजकुमार श्रेष्ठ, सदस्य आदिवासी जनजाति खुलामा मंगल सुन्दर शिल्पकार, महिला सदस्य काठमाडौं उपत्यका बाहिरबाट इन्दिरा आचार्य, महिला सदस्य पद खुला रञ्जिता कार्की, सदस्य काठमाडौं उपत्यका बाहिरबाट किरण पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्य खुला ६ पदमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा.मुकुन्द अधिकारी र माधव मैनाली निर्वाचित भएका छन् । निर्वाचित सबै मिश्र प्यानका उम्मेदवार हुन् । नेपाल बारको निर्वाचनमा नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन डीएलए र एमालेनिकट कानुन व्यवसायीहरुको संगठन पीपीएलए बीच गठबन्धन भएको थियो । व्यवसायिक कानुन व्यवसायी समूहले मिश्र प्यानललाई सरकारी उम्मेदवारको संज्ञा दिने गरेको थियो ।