दोहा : नेपाल आदिवासी जनजाती महासंघ कतारको दसौं अधिबेशन बाट २०२५- २०२७ कार्यकालको लागि अध्यक्षमा राकेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छ्न ।
सन २००६ मा स्थापना भएको महासंघ कतारको दसौं अधिबेशन सनैयामा अवस्थीत फुलवारि रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो । महासंघ भित्रका मातृ संस्थाका आन्तरिक किचलोका कारण नयाँ कार्यसमितीको नामावली आइतबार राती मात्रै सार्बजनिक गरिएको थियो ।
"पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशिकरणको लागि आदिवासी जनजाती अभियान, मुकुम्लुङ लगायत समस्त पहिचान आन्दोलनमा पुर्ण एक्यबद्दताको भन्ने भन्ने मुल नाराको साथ सम्पन्न दसौं महाधिवेशनबाट अध्यक्ष श्रेष्ठ सहित निम्नानुसार कार्यसमिती निर्विरोध निर्वाचित भएका छन ।
बरिष्ठ उपाध्यक्ष भाईकाजि गुरुङ, प्रथम उपाध्यक्ष – एकराज राई, तृतिय उपाध्यक्ष – पेम्बा शेर्पा, महासचिव – हरि बहादुर महतो, उप–महासचिव – रमेश कनौजि थापा मगर, उप–महासचिव – निर बहादुर सुनुवार, कोषाध्यक्ष – दुर्गा भुजेल,सचिव – तेजिलाल मण्डल, सचिव – बिरेन मादेन लिम्बु,सह–कोषाध्यक्ष – सुजन माबो, विभागिय सचिवहरु विवेक पुलामी मगर, रामचन्द्र चौधरी,कमल बिक्रम सुनुवार रहदा द्वितिय उपाध्यक्षको पद खाली रहेको छ ।
संघीय परिषद् सदस्यहरुमा क्रमश ल्हेमी शेर्पा,रबिना मगर,कैलाश श्रेष्ठ,रबिन चेम्जोङ, सर्मिला चौधरी, सृष्टी श्रेष्ठ, ग्वाफुरी शेर्पा,ओमराज गुरुङ, सम्झना गुरुङ,सुधन राई,ज्योति सुनुवार, बिष्णु भुजेल,किशोरि मण्डल पतु मण्डल र प्रेमकला राई रहेका छ्न।
महासंघ कतारका अध्यक्ष डिएन मगरको सभापतित्वमा शुरु भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेफिन अन्तराष्ट्रियका अध्यक्ष मान बहादुर राना मगर,नेफिन बहराईनको उपमहासचीव अमृता साम्यखाम लिम्बु लगायत कतारमा स्थापित विभिन्न संघसङ्गठन, साथै मातृसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
ब्यानर उद्घाटन,दिप प्रज्वलन गर्दै औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष भाइकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने संघका कलाकारहरले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लगायतले बिश्वमा आदिवासी जनजातीको हरुको आफ्नै भाषा,धर्म सस्कृती, रितिरिवाज परम्परा अग्र स्थानमा रहेको साथै विभिन्न भाषा, धर्म, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेकोमा त्यसको सम्मान, संरक्षण र प्रबर्द्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य रहेको बताउदै कतार प्रवासमा जनजाती संघ संस्थाहरुले उत्कृष्ट कार्यक्रम गरिएकोमा आभार प्रकट गरेका थिए ।
महासंघमा आबद्ध विभिन्न मातृ संस्थाका कलाकारहरुले आफ्नै भेषभुसामा सजिएर आफ्ना मौलिक धर्म संस्कार अन्तर्गत रहेका गीत, नृत्यहरु प्रस्तुत गर्दा कार्यक्रमको रौनकता थपिएको थियो I कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
महासचिव धिरेन तामाङले सहजिकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष एवंम कार्यक्रम सभापति मगरले आफ्नो मन्तव्य राख्दै महासंघ कतारलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रममा विभिन्न माध्यमद्वारा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।