दोहा : रोल्पालीको एकता, आजको आवश्यक्ता " भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै सन : २००८ मा कतारमा स्थापना गरिएको रोल्पा जलजला सेवा समाज कतारले "आन्तरिक भेटघाट तथा बृहत बनभोज " कार्यक्रम सम्पन्न गरेको छ ।
दोहा शहर देखी लगभग ६० किलोमिटर उत्तरमा पर्ने अत्यन्तै शुन्दर,कतारको पर्यटन नगरी अलथाकिरा बिचमा आयोजना गरिएको कार्यक्रमा कतारमा रहेका रोल्पाली सहित गैर रोल्पालीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।
संस्थाको निमन्त्रणा लाई सहर्ष स्विकार्दै उपस्थिति जनाउने हरुमा प्रमुख अतिथि सस्थाक चेतमान रोका मगर, विशिष्ट अतिथि हरुमा सस्थापक सुर्य बि क, संरक्षक बसन्त थापा , प्रमुख सल्लाहकार देबराज पुन , लुम्बिनी प्रदेश समन्वय परिसद कतारका अध्यक्ष सजन लौडारी,लगायत
संस्थाका सल्लाहकारहरु,लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाबाट आथित्यता रहेको थियो ।
शुभकामना मन्तव्यमा विभिन्न बक्ताहरुले रोल्पा जलजला सेवा समाज कतारले यहाँ रहेका श्रमजिवि नेपाली हरुको सेवाको प्रशंसा गरेका थिए । सामाजिक संस्था संग समन्वय गरि प्रवासमा गर्न सकिने सामाजिक कार्यहरूमा हातेमालो गरी एक जुट भएर अगाडि बढिरहेकोमा धन्यवाद व्यक्त गरे ।
उपस्थिति कलाकारद्वारा विभिन्न साङ्गितिक प्रस्तुति सहित,कार्यक्रममा खेलकुद प्रतियोगिता पनि राखिएको थियो ।
जस्मा खेलकुद तर्फ कुर्सी डौड बीजेता र उप बीजेता क्रमश भावना मगर र सान्ता सुनारले जित हात पारेका छन घैटोफोर तर्फ बीजेता र उपबीजेता क्रमश कल्याण थापा र दल बहादुर डांगी रहेका छन
समाजका महासचिव गंगा बुढा मगरले सहजीकरण गरेको कार्यक्रमलाई उपस्थिति तथा विभिन्न माध्यमबाट बनभोज कार्यक्रम सफल तुल्याउ सहयोग गर्ने सम्पुर्णलाई समाजका अध्यक्ष अध्यक्ष बलराम जैसीले स-धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरे ।