दोहा : “प्रवासमा अर्घाखाँची बासी एक हौ,नेपाली समाजका लागि सहयोग गरौं” भन्ने मूल नारा लिएर सन : २००६ मा स्थापना भएको अर्घाखाँची सेवा समाज कतारको छैठौं अधिबेशन हुने भएको छ ।
अर्घाखाँची बाट बैदेसिक रोजगारी तथा व्यवसाय गरि कतारमा बसेका जिल्ला वासीहरुको साझा संस्थाको रुपमा चिरपरिचित समाजको छैठौं अधिबेशन, यहि आउदै गरेको अप्रिल ११ तारिक शुक्रबारका दिन, सनैयामामा अवस्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गर्न लागेको छ ।
स्थापना काल देखिनै सामाजिक कार्यमा अग्रसर संस्थाले जिल्लामा मात्र सिमित नभएर नेपालका विभिन्न ठाउँका दुखी पिडित र असायहरुलाई उद्धार तथा आर्थिक नैतिक रुपमा सहयोग गर्दै आएको छ ।
त्येस्तै जिल्लामा बिमारी अथवा दुर्घटनामा परि यातायातबाट बञ्चित भई अकालमा कसैको ज्यान नजावस भन्ने उदेस्यका साथ "एम्बुलेन्स सहयोग " जस्ता सामाजिक कार्य गर्दै आएको समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बालाराम पान्डेले जानकारी गराए ।
अर्घाखाँची बाट कतारमा रहदै आएका नेपाली दाजुभाई दिदिबहिनीहरु अधिबेशन कार्यक्रममा उपस्थित जनाएर सफल पार्न आग्रह गर्दै संस्थामा आवद्ध हुनका सम्पूर्णमा अपिल गरिएको समाजका अध्यक्ष बिष्णु कुवरले बताए ।
कतारमा रहनुहुने सम्पूर्ण सामाजसेबी बौद्धिक व्यक्तित्व, विभिन्न बैचारिक संगठन प्रमुखहरु एंव संघ संस्थाका प्रमुखहरु, पत्रकार ,कलाकार साहित्यकार मा,पत्रचार गरिएको जानकारी गराउदै समस्त नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा गरिमामय उपस्थिति जनाई अधिबेशन भव्य सभ्य रुपमा सफल पारिदिनु हुन महासचिव अनिल परियारले आव्हान गरेका छन