दोहा : " दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजना र नेपाली फिट्नेश टिम कतारको सह-आयोजनामा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसर पारेर अल लुक्ता स्थित ट्युनिसियन स्कुलको हलमा आयोजना गरिएको “मानव सेवा आश्रम नेपालको सहयोगार्थ” नेपाली इद धमाका- २०२५ बिशेष साङ्गीतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमका ईभेन्ट म्यानेजर राकेश श्रेष्ठको सभापतित्व, नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा, एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट लगायतको उपस्थितिमा , सुपर स्टार नायक पल शाह सङ्गै गायक टंक तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकालको विशेष साङ्गितिक प्रस्तुतिमा “नेपाली ईद धमाका - २०२५ भब्य रुपमा सम्पन्न भएको हो ।
बिधिगत रुपमा उट्घाटन गरि अगाडी बढेको कार्यक्रममा कोरियोग्राफर तथा नृत्यङ्गना सृष्टि श्रेष्ठले (नेवारी) भेषभुषामा सजिएर मौलिक कुमारी स्वागत नृत्य पेश गरिन । नेपाली फिटनेस टिमका सल्लाहकार कृष्ण ढकालले स्वागत मन्तव्य राखे ।
कार्यक्रमका विशेष आकर्षक कलाकार, केही वर्षअघिसम्म नेपाली म्युजिक भिडियोमा सफलताको एकलौटी झन्डा गाडेका थुप्रै नेपालीले रुचाएका सुपरस्टार तथा नायक पल शाह जब जब शाह स्टेज चढेर सामुहिक नृत्यमा प्रस्तुति दिए , वाह, वाह र तालीले तहल्का पिट्यो, शाहले पछिल्लो समय सर्वाधिक चर्चामा रहेका विभिन्न गितहरुमा सामुहिक नृत्यमा आफ्नो प्रस्तुति दिए, दर्शकले भरपुर्ण मनोरञ्जन लिए ।
शाह सङ्गै आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित तथा भर्षटायल गायक टंक तिमिल्सिनाले आफ्नो प्रस्तुति अन्तर्गत स्वर्गकी अप्सरा, मनमाया, कुवाको पानी घैलामा, पैसा पैसा चिरिम्म, यो मुटु खाईरहने, परे माया जालैमा, दुई दुना चार, चल्यो बतास, जस्ता झन्डै एक दर्जन गितहरुमा आफ्नो जादुमय स्वर पस्किए ।
पहिलो पटक सांगीतिक यात्रामा कतार आएकी नृत्यङ्गना तथा मोडल स्मारिका ढकालको आकर्षक नृत्यले सबैको मन जितीन । ३ चोटि स्टेज चढेकी ढकालले विभिन्न चर्चित गीतहरुमा अभिनय सहितका नृत्य पस्किन ।
कार्यक्रममा कतारमा रहेका केही कलाकारहरुले गायन तथा सामुहिक नृत्य बिधामा आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सुवेदी र विशेष अतिथि भट्टले मन्तव्य राख्दै पछिल्लो समय कतारमा हुने हरेक कार्यक्रममा आसन र भाषणले धेरै समय खर्चिने आफुले पाएको बताउदै यस कार्यक्रमबाट नेपाली समाजले शिक्न पर्ने बताउदै,कार्यक्रम एकदमै सभ्य भब्य सहित आसन र भाषण भन्दा कार्यक्रमको उदेश्य अनुसार अगाडि बढेको बताए ।
ईद धमका कार्यक्रमलाई सफल बनाउन विभिन्न माध्यमबाट सहयोग गरेका स्पोन्सर, सहयोगी संस्थाहरुलाई विभिन्न अन्लाईन मिडियाहरुले सुचना प्रचार-प्रचार तथा समाचार संकलन गरेर सहयोग गरेका सञ्चारकर्मीहरुलाई पारिश्रमिक सहित सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति श्रेष्ठले मानव सेवा आश्रम नेपालको सहयोगार्थ गरिएको कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न साथ सहयोग गर्ने सबैलाई एकमुष्ठमा धन्यवाद ब्यक्त गरे । कार्यक्रमको सहजीकरण, कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले गरेका थिए ।