कास्की जिल्ला, पोखरा महानगरपालिका, १८ , हरेडाँडाकास्व. सुमन नेपालीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
करिब दुई महिना अघि भारतको देहरादूनमा प्याराग्लाइडिङ उडानको क्रममा दुर्घटनामा परी २६ वर्षको कलिलो उमेरमै उहाँको असामयिक निधन भएको थियो। यो दु:खद घटनाले सम्पूर्ण समुदाय स्तब्ध एवम् मर्माहित बनाएको थियो।
स्व. सुमन नेपाली प्याराग्लाइडिङ पाइलट भए तापनि आवश्यक लाइसेन्स नभएका कारण भारत गएर प्याराग्लाइडिङको काम गर्दै आउनुभएको थियो। उहाँको असामयिक निधनपछि उहाँको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकोले सहयोग संकलन गर्ने निर्णय गरिएको थियो।
यसैक्रममा, "कास्की आदर्श समाज नेपाल" का अध्यक्ष श्री विश्वबन्धु थापा र महासचिव श्री हरिबा ढकालको हातबाट नगद ने:रू. १०,०००/- (दश हजार) उहाँको परिवारलाई निवासमै पुगेर हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रमलाई सहज बनाउन "कास्की आदर्श समाज नेपाल" का अध्यक्ष श्री बिश्व बन्धु थापा एवम् महासचिव हरि बा ढकाल लगायत परिवार लाई महत्त्वपूर्ण भूमिका खेल्नु भएकोमा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद चौथो भौतिक महाधिवेशन आयोजक समिति यस अभियानमा आर्थिक सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरू तथा संस्थाहरूप्रति "कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद" चौथो भौतिक महाधिवेशन आयोजक समिति परिवारले हार्दिक आभार व्यक्त गरेको छ।
स्व. सुमन नेपालीको आत्माको चिरशान्तिको कामना गर्दै, उहाँको परिवारलाई आवश्यक सहयोग निरन्तर प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरिन्छ।