दोहा । ईस्लाम धर्मावलम्बीहरुको महानपर्व ईद उल फित्र र नेपाली नयाँ बर्ष २०८२ को पावन अवसर पारेर कतारमा नेपाली हरुको जिल्ला स्तरीय भलीबल प्रतीयोगिता हुने भएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको सहकार्यमा,पर्वत समाज कतारको आयोजनामा "भलीबल प्रतीयोगिता" हुने भएको हो ।
सनैयाको स्ट्रट न ५२ मा ईदको पहिलो दिनबाट शुरु हुने "भलिबल प्रतियोगीतामा" कतारमा कार्यरत नेपाली नागरिकहरुले भाग लिन पाउनेछन् ।
कतारमा रहेका नेपाली कामदारहरुलाई लक्षित गर्दै आयोजना गरिएको " जिल्ला स्तरीय भलीबल प्रतीयोगिता" मा ईदको बिदालाई सदुपयोग गर्दै खेलकुदबाट मनोरञ्जन लिन सक्नेछ्न ।
प्रतियोगितामा सहभागी हुन चाहने भलिबल टिमले ३०० कतारि रियाल दर्ता शुल्क बुझाई फारम भर्न सक्नेछ्न । टिमदर्ता गर्ने मिति इद सुरुहुन अगिल्लो दिन सम्म रहेको आयोजक संस्था पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षेत्रीले जानकारी गराए ।
विजेता टिमलाई आर्कषक पुरस्कार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको सहकार्यमा,पर्वत समाज कतारको आयोजनामा हुन लागेको भलिबल प्रतियोगिताको विजयी टिमलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। पहिलो स्थान हासिल गर्ने टोलीले कतारी रियल तिन हजार पाच सय तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई कतारी रियल दुई हजार तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई कतारी रीयल एक हजार तथा शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्तवना पुरस्ककार नगद करी पाच सय तथा शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
साथै, प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कारहरू समेत प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट सर्भर विधामा उत्कृष्ट ठहरिने खेलाडीहरूलाई विशेष सम्मान गरिनेछ।
टिम दर्ता लागी सम्पर्क नम्बर :-
खेल संयोजक कुमार – ६६५७ ००८२,प्रिन्स ७१५८ ६६०६, ओम ६६८६ ००५९,लिला - ७०६० २६३५. सन्दिप ३०८ ६५४८९.,ईश्वर - ७०८३ ८२४९, अनिल ३०५० ४४१८ रहेका छ्न ।