मुग्लानी खबर ५ साउन २०७५
राजेश प्रसाईं `बिद्रोही´
बिबेकसिल साझा पार्टी साउदी अरबका सक्रिय कार्यकर्ताहरूको जमघटले डा.केसीको माग जायज रहेको हुनाले उनी प्रति पार्टीको समर्थन सर्व साधारण जनताको हकहितको लागि रहेको भन्दै साउदी अरबको जुबैल क्षेत्रको गार्डेन परिसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ |
उक्त कार्यक्रम पर्टीका संयोजक रबिन गुरूङ्गले संचालन गरेका थिए भने उपस्थित पार्टीका अभियन्ताहरू द्धारा अा-अाफ्ना बिचार प्रदर्शन गरेका थिए बिचारमा झल्किएको थियो यश बिसयमा प्रधानमन्त्रीले वेवास्ता गरेको र भगवान मानेका सर्व साधारण जनताका अस्पतालको लापरवाही बारेमा कुनै पनि चासो नदेखाएको बारेमा दर्साएका छन् |
देशमा हुने समसामयिक घटनाक्रम संगै बैदेशीक भूमीमा रहेका नेपालीहरूको उत्तिकै चासो रहने गर्दछ। साऊदि अरबको जूबैल नजिकै रहेको अल नखिल गार्डेनमा नेपालीहरूले डा. केसीको सत्याग्रह चिकित्सा शिक्षा, माथी प्रतिबेदन बारे अंन्तरक्रिया कार्यक्रम गरेका छन।
विवेकशील साझा सद्भाव समूह साऊदि अरबका संयोजक रबिन गुरुङ्ग वर्तमान सरकार अधिनायकवादको बाटो हिडेको साथै नागरिक स्वतन्त्रता दबाई माफियामुखी एन पारित गर्न लागेको जिकिर गर्नुभयो। विवेकशीलका सदस्य सूर्य लामाले सरकारलाई डा.केसीका माग प्रति संवेदन सिल भई उहाँको जीवन रक्षा गर्नु पर्छ माफियाहरूको समर्थन गर्नु प्रधानमन्त्रीको राय उचित भएन भन्दै ध्यानआकर्षण गर्नुभयो।
डा. केसीका माग जायज छन, तर अहिले नै गाऊँगाऊँमा मेडिकल कलेज खोल्नका लागी पूर्वाधार नभएकाले सरकारले वातावरण बनाउनु पर्ने छ देवेन्द्र सूबेदीले बिचार खुलस्त रूपमा अाक्रोसका साथ राख्नुभयो देशमा मेडिकल माफिया हावी भएको छ जनताले पाउनु पर्ने सेवा सुविधा राष्ट्रको नियम मुताविक हुनु पर्छ जनताले भगवान मानेका डाक्टरहरूको सर्व साधारण गरिव निमुखा जनता प्रति गरिने व्यावहार प्रति अापति समेत जनाएका छन | अागामी दिनहरूमा गल्ति नदोरियोस भन्दै सचेत गराएका छन उनी भन्छन याद रहोस् माफियाहरूलाई छोड्ने वाला छैन |
डाक्टरहरूलाई औषधि कम्पनीको नाम तोकेर भन्दा औषधिको काम र गुणको आधारमा बिल बनाउनु पर्ने कस्तो सुविधा हो | अबिलम्व सत्याग्रही डा. गोविन्द केसीका माग पुरा गर्न सरकार लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सबै क्षेत्रमा वातावरण बनेको छैन, गाऊँगाऊमा जान नागरिकहरुमा पनि सचेतना ज्ञान हुनुपर्यो सरकारी अस्पतालका सेवा सुविधाका बारेमा सर्व साधारणलाई समेत सचेतना कार्यक्रम हुन जरूरी छ बिधान सिर्फ कागजी प्रमाण मात्र सिमित बनाउने र जनतालाई लुटझुटको खेती गर्ने माफिया डाक्टरलाई समेत कार्वाही हुन जरूरी छ मापदण्ड विपरीत मेडिकल कलेज खोलेर “बिहारीपाराले” MBBS शर्टिफिकेट बेच्ने काम नहोस अकल प्रधानले बिचार राखेका छन् |
उक्त सभामा नितेश निरौला,तेजु श्रेष्ठ,केसब बानिया,देबेन्द्र सुबेदी,सुर्य मोक्तान,करण लामा,लगायत दुई दर्जन भन्दा बढी समर्थकहरूको उपस्थित रहेको थियो भने पत्रकार,बुद्धिजीवि समेत कार्यक्रममा सहभागी जनाएका थिए कार्यक्रम संयोजन बिबेकसिल साउदी अरबका सदस्य अकल प्रधानले गर्नु भएको थियो भने समापन बिबेकसिल साउदी अरबका संयोजक रबिन गुरूङ्गले गरेका छन् |