दोहा : इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व "इद को शुभ अवसर पारेर "मानव सेवा आश्रम नेपालको" सहयोगार्थ बृहत साङ्गितिक कार्यक्रम "नेपाली इद धमाका-२०२५" हुने भएको छ ।
दि गोरखा ईन्टरटेन्मेन्ट हाउस कतार” को आयोजना तथा नेपाली फिटनेस टिमसँगको सहकार्यमा आउँदो ३१ मार्च २०२५ का दिनमा "अल लुक्ता स्थित ट्युनिसियन स्कुलको सभाहलमा´ नेपाली इद धमाका कार्यक्रम हुने “मिट एण्ड ग्रिट” MEET & GREET कार्यक्रमको आयोजना गरि आयोजक संस्थाले जानकारी गराएको हो ।
“कार्यक्रममा आफ्ना प्रस्तुति दिन सुपरस्टार नायक तथा मोडल पल शाह, भर्षटायल गायक/सङ्गीतकार टङ्क तिमिल्सिना र चर्चित नृत्याङ्गना तथा मोडल स्मारिका ढकाल अतिथि कलाकार कतार आउन लागेको हुन ।
कार्यक्रम गर्नुको उदेश्य, खर्चको विवरण, कतार आउने अतिथि कलाकार सहितको बारेमा “मिट एण्ड ग्रिट" कार्यक्रमका संचालक,तथा इद धमाका कार्यक्रमका संयोजक तिलु शर्मा पौडेले सबैलाई जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि एनसीसी कतारका अध्यक्ष रमेश भट्टले नेपाली समुदायले गर्ने हरेक कार्यक्रम (mofa) बाट अप्रुवल लिएर आयोजना गर्न सुझाव दिए । भट्टले " मानव सेवा आश्रम नेपालको" सहयोगार्थ गरिएको कार्यक्रमलाई सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रमका म्यानेजर,मिट एण्ड ग्रिट"कार्यक्रमका सभापति राकेश श्रेष्ठले अन्तरक्रिया कार्यक्रम गर्नुको उदेश्य,हलमा उठेका जिज्ञासा् लाई सम्बोधन गर्दै मानव सेवा आश्रम नेपालको" सहयोगार्थ आयोजना गरिएको "नेपाली इद धमाका" बिसुद्द साङ्गितिक कार्यक्रम रहेको बताए ।
आफ्नो संस्थाले सबै जाती समुदाय,भूगोललाई समेद्दै कार्यक्रम आयोजना गरिएको जानकारी गराए । सभापति श्रेष्ठले खासगरी उपस्थिति बाट सल्लाह सुझाव लिदै आ- आफ्नो ठाउँबाट राय सुझाव सहित आवश्यक सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा राखिएको जानकारी गराए ।
श्रेष्ठले इद धमाका साँस्कृतिक कार्यक्रमको "मुनाफा " बाट कम्तीमा "एक लाख नेपाली रुपैयाँ "मानव सेवा आश्रम" लाई सहयोग गर्ने प्रतीबद्द्ता जाहेर गरे ।
"खासगरि २५ वटा टिकट बिक्री गर्नेलाई विशेष पास सहितको व्यबस्था, ५० भन्दा माथी टिकट बिक्रि गर्नेलाई सिल्भर प्रायोजक, १०० भन्दा माथी टिकट बिक्रि गर्नेलाई गोल्डेन, १५० भन्दा माथीलाई प्लाटिनम र २०० भन्दा माथी टिकट बिक्रि गर्नेलाई डाइमन्ड प्रायोजक को रुपमा राखिने जानकारी गराए ।
पत्रकार सम्मेलनमा सामाजिक व्यक्तित्व सागर नेपाल,चानख पोख्रेल लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका व्यक्तित्वहरुले ठुलो धनरासी खर्च गरेर कार्यक्रम गर्नुको उदेश्य,नेपाली समुदाय र श्रमिकले पाउने फाइदा, मानव सेवा आश्रमलाई गर्ने सहयोग लगायतका प्रश्नहरु सहित सुझाव सल्लाह आयोजक सामु राखेका थिए ।
सबै प्रश्न हरुको उत्तर कार्यक्रमका सहजकर्ता शर्मा र सभापती श्रेष्ठले प्रष्ट पारेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेपाली फिटनेस टिम बाट कृष्ण ढकालले राखेका थिए ।
"धमाका कार्यक्रमको मेकअप पार्टनर रहेको "हर्मोसा ब्यूटी सेन्टरले " कार्यक्रम सक्किएको ४५ दिन सम्म टिकटको अर्धकटि लगेको खण्डमा "मेकअप" को लागि २५ % छुट हुने व्यबस्था गरिएको जानकारि गराइएको छ ।
कार्यक्रम बारे थप जानकारीको लागि ब्यानरमा उल्लेखित नम्बरमा सम्पर्क गरि बुझ्न सकिने आयोजक संस्था दि गोरखा ईन्टरटेन्मेन्ट हाउस कतारले जनाएको छ ।