दोहा : नेपाल प्रबासी तामाङ समाज कतारले (ग्यास्ट्रोइंटेस्टाइनल स्ट्रोमल ट्युमर ) जस्तो प्राणघातक रोगबाट पीडित बनी उपचार गराइरहेका हरि बहादुर तामाङ लाई आर्थिक सहयोग गरेको छ ।
समाजले धादिङ जिल्ला खानियाबास गाउँपालिका वडा न.५ स्थायी निबासी हरि बहादुर तामाङलाइ रोम राना मगर बाट १,१०१ सहित रु १,०२,१०१/- (अक्षरुपि एक लाख दुइ हजार एकसय एक मात्र) सोहि क्यान्सर पिडितको छोरालाई एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको समाजका महासचिव श्री पाखृङ तामाङले जानकारी गराए ।
ललितपुरको हरिसिद्धि अस्पतालमा उपचार गर्दै गरेका उन्को आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको हुनाले "अहिंसाबादी युबा क्लब धादिङको" अनुरोधमा नेपाल प्रवासी तामाङ समाज कतार, धादिङ्ग सेवा समाज कतार र शेर्पा संघ कतारको पहलमा उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको हो ।
संकलित रकम लाई तामाङ समाज नेपालका अध्यक्ष कमल योञ्जन तामाङ, उपाध्यक्ष अशोक सिङ्तान तामाङ,छिमेकी मार्टका अध्यक्ष नर घिसिङ्ग तामाङ, धादिङ्ग सेवा समाज कतारका संस्थापक रोम राना मगर, शेर्पा संघ कतारका सल्लाहकार धिण्डु शेर्पाका साथै अहिंसाबादी युबा क्लब धादिङ्गका सचिब रंजित तामाङ लगायतका व्यक्तित्व हरुको उपस्थितिमा २०८१ साल चैत्र ०२ गते शनिबारका दिन छिमेकी मार्टको कार्यालय बौद्ध-०६, रामहिटी, काठमाण्डौमा हस्तान्तरण गरिएको हो ।
यस विपदको घडिमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण कतारबासी दाजुभाई तथा दिदि बहिनीहरुमा नेपाल प्रबासी तामाङ समाज हृदयदेखि नै नमन तथा हार्दिक आभार ब्यक्त गर्दै बिमारीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको जानकारी गराइएको छ ।
ग्यास्ट्रोइंटेस्टाइनल स्ट्रोमल ट्युमर रोग ? एक प्रकारको ट्युमर हो जुन ग्यास्ट्रोइंटेस्टाइनल ट्र्याक्ट भित्र काजल (ICCs) को इन्टरस्टिशियल कोषहरूमा उत्पन्न हुन्छ। यी कोषहरू स्वायत्त स्नायु प्रणालीको भाग हुन् र पाचन प्रणालीको गतिविधिहरूको समन्वयको लागि जिम्मेवार छन्। GISTs पाचन प्रणालीको कुनै पनि भागमा हुन सक्छ, तर तिनीहरू प्रायः पेट र सानो आन्द्रामा पाइन्छ।