दोहा : नवलपरासी सेवा समाज कतारद्वारा व्यक्तित्व तथा नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मिति १४ मार्च २०२५ शुक्रबारको दिन, मुन्तजा स्थित गोर्खाली रेष्टुरेन्टको सभाहलमा भब्य उपस्थितिमा, व्यक्तित्व तथा नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीको सभापतित्व तथा कतारस्थित नेपाली समुदायको अभिभावक एबं लुम्बिनी प्रदेश समन्वय परिषद कतारका संस्थापक संरक्षक कमलमणि गुरागाईको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाली राष्ट्रियगानबाट शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथी द्वारा पानसमा दीप प्रज्वलन र ब्यानर उट्घाटन गरि कार्यक्रम सुचारु गरिएको हो ।
व्यक्तिको व्यक्तित्व र नेतृत्वको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा समाजका प्रमुख संरक्षक, संरक्षक सदस्यहरु, प्रमुख सल्लाहकार, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु एबं नवलपरासीबासी दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
"आपसी सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता" भन्ने मूलनारालाई आत्मसात गर्दै सन् २०१८ मा स्थापित समाजले बिगत देखि बर्तमान सम्म धेरै नै सामाजिक र मानवीय सेवाका कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा प्रशिक्षकहरु क्रमशः प्रमुख अतिथी कमलमणि गुरागाई, प्रमुख संरक्षक के.बि. हमाल र संरक्षक सदस्य सजन लौडारीले प्रशिक्षण दिनु भएको थियो । उहाँहरुले व्यक्तित्व र नेतृत्व विकास र अभिवृद्धिको लागि आबश्यक ज्ञान, सीप, कला र शिक्षाको बारेमा बुदाँगत रुपमा प्रोजेक्टरको माध्यमबाट प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको सहजीकरण महासचिब चन्द्र गुरुङ्गले गर्नु भएको थियो भने कार्यक्रम संयोजक तथा उपाध्यक्ष नर बहादुर थापाले कार्यक्रम बारे प्रष्ट पार्दै उपस्थित सबैलाई स्वागत मन्तब्यबाट स्वागत गर्नु भएको थियो ।
प्रमुख सल्लाहकार कृष्ण पन्थीले सम्बन्धित बिषयमा जानकारी र सन्देश मुलक भनाइ राख्नु भएको थियो भने नेपाली रक्तदाता संघ अध्यक्ष रामजी खत्रीले स्वास्थ्य र योगा सम्बन्धि जानकारी सहित योगाभ्यास गराउनु भएको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष तथा सभापति दुर्गा हमाल ठकुरीले कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक र नैतिक तबरले सहयोग गर्नु हुने तथा यसको व्यवस्थापनमा खटेर लाग्नु हुने सबैजनालाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।