काठमाडौं, चर्चित गायिका बसन्ती लामा तामाङको शब्द संगीत तथा बालगायीका अनिशा बस्नेतको स्वरमा रहेको 'आमा बाबाको आँखाको नानी म' बोलको गीत एक औपचारिक कार्यक्रमको आयोजना गरि सार्बजनिक भएको छ।
जोरपाटी स्थित नारायणटारमा रहेको इष्ट -पोल स्कुल, कलेजको सभाहलमा भएको गीत सार्बजनिक कार्यक्रमको प्रमुख अतिथि स्कुलकी निर्देशक मिलन केसी रहेकी थिइन भने, अन्य उपस्थितिहरूमा ,स्कुलका शिक्षक शिक्षिका,गीतका निर्माता तुलसा बिस्ट बस्नेत,विभिन्न महिला समुहका प्रतिनिधिहरु, बिद्यार्थी भाइबहिनी,म्युजिक भिडियो निर्माण टिम लगायतको उपस्थितिमा गीत सार्बजनिक भएको थियो।गायिका बसन्ती लामाको सहजीकरण रहेको कार्यक्रममा प्रमुख अतिथी स्कुल निर्देशक मिलन केसीले ल्यापटपमा गीत अन गरि कार्यक्रम उद्घाटन गरिएको थियो।
यस बाल गीतको स्वर अनिशा बस्नेतको रहेको छ भने शब्द संगीत चर्चित गायिका बसन्ती लामाको रहेको छ।बाल गायिका बस्नेतका बुवा आमा भिम बहादुर बस्नेत र तुलसा बिस्ट बस्नेत निर्माता रहेका छन।त्यसैगरी सुन्दर लामाको एरेन्जर, अतीत ब्लोन तामाङको निर्देशन तथा सम्पादन,सन्देश ब्लोन तामाङको क्यामराग्राफि रहेको उक्त गीत त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो।विशेष गरि बुवाआमा र छोराछोरी बिचको स्नेह र प्रेम लाई देखाउन खोजिएको यो म्युजिक भिडियो पारिवारिक माहोलमा दृश्य कैद गरिएको छ र आफ्नै घरका तीन पुस्ता उक्त भिडियोमा देख्न सकिन्छ । जसनुसार कलाकारहरु: अनिशा बस्नेत,संयोग बस्नेत,भिम बहादुर बस्नेत,तुलसा बिस्ट बस्नेत र बिष्णु माया बस्नेतको प्रस्तुती रहेको छ भने भिडियो सम्पादन अतीत ब्लोनले गरेका छन।
बि स्क्वायर मिडिया प्रालिले निर्माण गरेको यो म्युजिक भिडियो बसन्ती लामा अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ।