दोहा : नवलपरासी सेवा समाज कतारले, व्यक्तित्व तथा नेतृत्व बिकास गर्ने उदेश्य अनुसार (प्रशिक्षण कार्यक्रम) यहि आउँदो शुक्रबार दोहामा गर्ने भएको छ ।
"आपसी सहयोग सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता" भन्ने मूल नाराको साथ सन् २०१८ मा स्थापना भएको समाजले आगामी मिति १४ मार्च २०२५, शुक्रबारको दिन "मुन्तजा स्थित गोर्खाली रेष्टुरेन्टको सभाहलमा" (व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण) कार्यक्रम गर्ने भएको हो
दोहा कतारमा रहेका नवलपरासीबासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई मासको अगाडी उभिएर माइक समाएर बोल्न सक्ने ज्ञान, सीप र कलाको वृद्धि विकास गराउदै उनीहरुको व्यक्तित्वको साथै नेतृत्व विकासमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष दुर्गा हमालले बताउनु भयो ।
संस्थाले नेपालको नवलपरासी जिल्लाका विभिन्न विद्यालयहरु र अस्पतालमा समेत अक्षयकोष स्थापना गरी गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्रीहरु एबम गरीब परिवारका बिरामीहरुलाई उपचारमा सहुलियत प्रदान गर्दै आएको छ ।
त्यसैगरी जिल्लाका विभिन्न क्यान्सर तथा मृगौला पीडित बिरामीहरुलाई एबम खेलकुद क्षेत्रमा समेत आर्थिक सहयोगहरु गर्दै आएको नवलपरासी सेवा समाज कतारले कतार देखि नेपाल सम्म धेरै सेवा र सहयोगका कामहरु गर्दै आएको छ ।
आउने शुक्रबार १४ मार्चमा हुन गई रहेकोे प्रशिक्षण कार्यक्रममा दोहा कतारमा रहनु हुने नवलपरासीबासी सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागी भई लाभ लिनु हुन साथै कसैले पनि उक्त प्रशिक्षण कार्यक्रम नछुटाउनु हुन सबैजनालाई संस्थाको अध्यक्ष दुर्गा हमालले अनुरोध गर्नु भएको छ ।