दोहा : प्रवासी नेपाली मञ्च कतारले स्व. झवीन्द्र आचार्यको १३ औं पुण्य तिथिमा श्रद्धान्जली सभा गरि शोक मनाएको छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको उद्योग तथा वाणिज्य विभागका सदस्य,गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सह-कोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष एवम कतारका विभिन्न संघ संस्थामा आबद्ध रहनुभई सामाजिक कृयाकलापमा कृयासिल, व्यवसायी एवम सहयोगी व्यक्तित्व झबिन्द्र आचार्यको १३ दिन अगि सडक दुर्घटनामा परि मृत्यु भएको थियो ।
सभामा उपस्थित करिव ५० भन्दा बढिले स्व. आचार्यको सम्झना गर्दै मौनधारण गरिएको थियो ।
श्रद्धान्जली सभामा मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल, मञ्च कतारका संस्थापक अध्यक्ष मध्यपूर्व कमिटी इन्चार्ज कमलमणि गुरागाईं,एन आर एनए तथा संघ सस्था विभाग सदस्य मध्यपुर्व केवि हमाल, मध्यपूर्व कमिटी सदस्य चानीलाल राजबंशी, मञ्च अन्तर्राष्ट्रियका आर्थिक बिभाग सदस्य भेषराज पराजुली,सल्लाहाकार परिषद सचिव मध्यपुर्व तेज कटुवाल, निबर्तमान अध्यक्ष प्रभात त्रिपाठी,सल्लाहकार कमिटी सचिव गोबिन्द सुबेदी, जिफन्ट सपोर्ट समुह दोहा कतारका अध्यक्ष समुन्द्र खड्का,पाँच नम्बर नगर कमिटी अध्यक्ष गुमान सिंह खत्री लगायतको मन्तव्य रहेको थियो ।
मन्तव्यको क्रममा, कर्तव्य निष्ठ, मेहनती, शाालिन भद्र, सामाजिक अभियान्ता स्वर्गीय नेता आचार्यको निधनले मञ्च स्तव्ध भएको बताउँदै उनले अगालेका राम्रा कार्यको सदैब मूल्यांकन गर्ने बताए ।
स्व. झवीन्द्र आचार्यको ३९ बर्षको कलिलै उमेरमा भएको दु:खद मृत्युले दोहाको नेपाली समाज अत्यन्तै दु:खद रहेको र आचार्यले दिएको योगदानको उच्च कदर गर्दै स्व. झवीन्द्र आचार्यको चिर शान्तिको कामना सहित वैकुण्ठबासको लागि भगवानसंग प्रार्थना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको बताए ।
साथै उहांका सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्क्षुक तथा इस्टमित्रहरुमा ईश्वरले शोकलाई शक्तिमा बदल्दै धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्ने कामनाका गरिएको थियो ।
स्व. आचार्यको जिवनि सहित कर्मथलो कतारमा सामाजिक, तथा संस्थागत रुपमा दिएको योगदानको बारेमा मन्चका उपाध्यक्ष भिम बहादुर तरामु मगरले प्रष्ट पार्दै "आचार्यको निधनले दोहाको नेपाली समाज तथा मञ्च स्तव्ध भएको बताए" ।
आज सोमबार,सनैया प्लाजामा अवस्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको शोक सभामा मञ्चका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षता सचिव शेषराज तिमिल्सिनाले कार्यक्रमको सहजिकरण गरेका थिए ।