दोहा - कतार नेपाली एकता समाज अन्तर्गत बुद्धिजिवी विभाागद्धारा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
विभागका संयोजक मिलन गौतमको अध्यक्षतमा केन्द्रिय अध्यक्ष राम प्रसाद पराजुलीको प्रमुख आतिथ्यतमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य खिम बुढा समाजका केन्द्रिय उपाध्यक्ष कमल आचार्य,महिला उपाध्यक्ष अमिना खान,का.वा महासचिव बलदेव राना, कोषाध्यक्ष लक्ष्मण कोइराला, महिला विभागकी संयोजक जानुक बस्नेत खड्का, लगाएको उपस्थित रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विभागका सदस्य बाबुराम पौडेलले राखेका,थिए भने रक्तिम कलाकारद्धारा क्षितिज पारी उठने छौं हामी, बोलको गितले उपस्थितहरुलाई स्वागत गरेका थिए । बाल कलाकार बार्बी खड्काले "कपिला हामी, आज सानौ छौ" भन्ने गितको बोलमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन ।
समाजका सदस्य खिम बुढा,केन्द्रिय उपाध्यक्ष, कमल आचार्य, महिला उपाध्यक्ष अमिना खान, का.महासचिव बलदेव राना महिला संयोजक, जानुका बस्नेत खड्का, केन्द्रिय सदस्य खगेस्वर भुसाल,लगाएत बक्ताहरुले शुभकामना मनतव्य क्रममा कतार नेपाली एकता समाज प्रवासमा इन्डिया पछिको दोस्रो पुरानो कतारमा संस्थापित संस्था रहेको बताउदै मजदुरहरुको संगठन रहेको बताए ।
स्थापना कालदेखी नै समस्यमा परेका मजदुरहरुको न्यायको लागि लड्दै आएको बताए । अन्यसंगठनहरुको तुलनामा एकता समाजका कार्यकर्ता अत्यतै इमन्दार रहेको भष्टाचार गर्नेहरुको निम्ति खबरदारी गर्ने संस्था रहेको बताए ।
कार्यक्रममा रक्तिमका कलाकारद्धारा गित संगीतहरु प्रस्तुत गरिएको थियो। बोलको गित म हिँडेको गाँउँको बाटो मुस्कुरायो, मदेशी पहाडी, सिमालु छायाँमा बसी, तलमा पर्यौ बेसीको फाट, सुक्दैन सालैको बोट, आए मत सिमाना काँटी लगाएत गितको बोलमा आफ्नो गित प्रस्तुत गरेका थिए, कार्यक्रम अत्यतै संगीतिमय बनेको थियो ।
कार्यक्रममा संगठनका शुभचिन्तकहरुको उल्लेखनीय उपस्थित रहेको थियो । केन्द्रिय अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद पराजुलीले हामी प्रवासमा छौ, हाम्रो संगठनलाई मजबुद बनाएर लैजानको लागि हामी एकजुट भएर अगाडी बढ्नु पर्नेमा बताए प्रवासमा स्थापना कालदेखि मजदुरुको निम्ति सधै सहयोगी संस्थाको रुपमा आफ्नो काम कार्य गर्दै आएको स्मरण गराए ।
अन्तमा कार्यक्रम संयोजक मिलन गौतमले कार्यक्रमको दौरानमा सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद प्रकट गरेका थिए । भने कार्यक्रमको सहजिकरण विभागका सदस्य दोर्ण प्रसादले गरेका थिए ।