काठमाडौं, चुच्चेपाटी चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजको स्वागत तथा अभिनन्दन कार्यक्रममा विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु सम्मानित भएका छन।
नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीको सभाहलमा भएको कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा विशिष्ट व्यक्तित्वलाई सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ गरिएको हो।
मनास्लु वर्ल्ड कलेजको आयोजनामा भएको कार्यक्रममा कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्व तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सुगारिका केसीले गर्नु भएको थियो ।
कलेजले स्वागत तथा अभिनन्दन कार्यक्रममा विभिन्न क्षेत्रमा बृहत योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो । जस अनुसार महानायक राजेश हमाललाई मनास्लु कलाकारिता सम्मान २०८१, राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी सम्मान २०८१ , अनुराधा कोइरालालाई मनास्लु समाजसेवी सम्मान २०८१, किरण कुमार चेम्जोङ लिम्बुलाई मनास्लु खेलाडी सम्मान २०८१ र प्रा.डा बालचन्द्र लुइँटेललाई मनास्लु शिक्षासेवी सम्मान २०८१ द्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले युवाहरूको विदेश पलायन प्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै प्रविधिको सहायताले गुणस्तरीय शिक्षा र रोजगारीका अवसरहरू सृजना गर्न सकिने धारणा राख्नु भएको थियो।दक्ष जनशक्ति नेपालमै रोक्न सरकार कटिबद्ध रहेको बताउदै आर्थिक समृद्धि प्रति सरकार लागिपरेको जानकारी दिनुभएको थियो।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै महानायक राजेश हमालले युवा अवस्था जाँगरिलो र तागतिलो उमेर भएकाले मेहनत गर्न विद्यार्थीलाई सुझाव दिनु भयो । उहाँले आफ्नो बाल्यकाल सम्झँदै समयमा मेहनत गरे अवस्य फल प्राप्त हुने धारणा राख्नु भयो ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहेको थियो । पछिल्लो पुस्ताका लोकप्रिय गायक कुमा सागर , डान्सर तेरिया मगर , गायिका शान्तारानी परियार देखी कर्ण राज गिरिले कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए ।
मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो मन्तब्य राख्दै राज्यले सम्मान गर्नुपर्ने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो ।
कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष गेन्द्र लामाले 'होम फर फ्युचर लिडर्स' स्लोगनका साथ शुरुवात गरिएको यो कलेजले सर्टिफिकेट मात्र हैन कुनै न कुनै विषयमा वा विद्यार्थीले चाहेको विषयमा दक्ष बनाएर यो समाजलाई आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर कलेजले कार्यक्रम बनाई रहेको बताउनु भयो ।
मनास्लुका विद्यार्थीका प्रतिभाले भरपुर अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझै विशेष बनाएको थियो ।मनास्लु वर्ल्ड कलेजले गरेको तिन महत्त्वपूर्ण प्रतियोगिताहरू ‘मनास्लु आइडल २०८१ को ग्राण्ड फिनाले , ‘मनास्लु डान्सिङ स्टार २०८१ को ग्राण्ड फिनाले र ‘मिस्टर एन्ड मिस २०८१ को ग्राण्ड फिनाले समेत गरेको थियो ।
त्यस्तै कार्यक्रममा मनास्लु वल्र्ड कलेजमा अध्यापनरत शिक्षकहरू मध्य कार्यसम्पादनको आधारमा उत्कृष्ट ६ जना शिक्षक र शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने २०८१ सालमा लिइएको कक्षा ११ को बोर्ड परीक्षामा कलेज टपर , कलेज सेकेन्ड टपर , कलेज थर्ड टपर तथा विभिन्न उत्कृष्ट अङ्क हासिल गर्ने उत्कृष्ट १२ जना विद्यार्थीलाई मनास्लु एकेडेमिक अचिभमेन्ट अवार्ड द्वारा सम्मानित भएका छन् ।