हंशराज ढकाल क्षेत्री : कास्की जिल्ला पोखरा महानगर पालिका वडा नम्बर १८ साराङ्गकोटमा यहीँ मिति : १४ फाल्गुन देखि २१ सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम धार्मिक पर्यटन महोत्सव हुने भएको छ ।
"धार्मिक पर्यटन क्षेत्रको रूपमा परिचित साराङ्गकोटलाई धार्मिक धामका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको छ ।
एसियाकै ठुलो पञ्चमुखी गणेशको मुर्ति "साराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समिति" को अगुवाइमा विशाल शिव मन्दिर,भ्युटावर, १०८ शिव लिङ्ग, र १०८ धारा तथा भूमे कालिका, गणेश मन्दिर, लगायत बहुउद्देश्यीय भवन समेतको शिवरात्रिका दिन उद्घाटन गरिने भएकोछ ।
साराङ्गकोट धार्मिक एवम् पर्यट्न क्षेत्र बिकास मुल आयोजक समितिका सह-संम्योजक हंशराज ढकाल क्षेत्री द्वारा साराङ्गकोट घुम्न जाउ - पुन्य कमाउ भन्दै सम्पुर्ण नेपाली जनतालाई हार्दिक आपिल गरिएको जनाएका छ ।
हेर्नुस् क्षेत्रीले गरेको (अपिल )
हार्दिक आपिल ।
आदरणीय सम्पुर्णमा सादर नमस्कार
एवम् हार्दिक अपील आफू सक्य दान गरि धर्म कमाउन विनम्रताका साथमा सादर अनुरोध गर्द्छु।
उपयुक्त सम्बन्धमा कास्की जिल्ला पोखरा महानगर पालिका वडा नम्बर १८ साराङ्गकोटमा यहीँ मिति : १४ फाल्गुन देखि २१ सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम धार्मिक पर्यटन महोत्सव हुने भएको हुदा सम्पुर्णमा सादर निमन्त्रणाको साथमा हार्दिक अपिल।
आदरणीय देश बिदेशमा विभिन्न पेशा व्यवसाय, अध्यन, अध्यापन रोजगारि गरि बस्नु हुने तमाम विशेषत् कास्की जिल्लाभर बाट प्रवासमा रहनु हुने धर्म संस्कृती र रितिरिवाज लाई बिश्ववास गर्नु हुने तथा आफ्नो गृह जिल्ला तथा जन्म स्थानमा प्रर्यटन प्रबर्द्धनका खातिर एवम् (साराङ्ग ) खेलको सम्बर्द्धन र संरक्षण गर्न चाहनु हुने तमाम इतिहास प्रेमीमा सादर नमन।
करिब ७ सय बर्ष पुरानो इतिहास बोकेको पोखराको प्रमुख पर्यटकीय गन्तव्य साराङ्गकोटमा यहीँ आगामी मिति: २०८१ फाल्गुन १४-२१ गते एक हप्ता सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम धार्मिक पर्यटन महोत्सव हुने भएकोछ। धार्मिक पर्यटन क्षेत्रको रूपमा परिचित साराङ्गकोटलाई धार्मिक धामका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष श्री प्रेम बहादुर जि:सी ज्युले बताउनु भयको छ।
एसियाकै ठुलो पञ्चमुखी गणेशको मुर्ति "साराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समिति" को अगुवाइमा विशाल शिव मन्दिर,भ्युटावर, १०८ शिव लिङ्ग, र १०८ धारा तथा भूमे कालिका, गणेश मन्दिर, लगायत बहुउद्देश्यीय भवन समेतको शिवरात्रिका दिन उद्घाटन गरिने भएकोछ ।
धार्मिक आस्था सँगै पर्यटकलाई सराङ्गकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने मुल उदेश्यले यस क्षेत्रलाई एक पवित्र धामका रूपमा विकास गर्न लागिएको छ भने पर्यटनको राजधानी पोखरा सबै हिसाबले पर्यटन मैत्री बन्दै सोही अनुरूपका पूर्वाधारहरू समेत निर्माणमा जोड दिदै महाशिवरात्रि जस्तो पवित्र दिनदेखि सुभारम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्ति भाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्ने छ ।
यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा रहेको महायज्ञका प्रमुख वाचक पण्डित श्री कमलनयन गौतमले बताउनुभयको छ।
स-धन्यवाद प्रार्थी ।
हंशराज ढकाल क्षेत्री
सह-संम्योजक ( वैदेशिक नेट्वोर्क )