तामाङ समुदायको महान चांड तथा राष्ट्रिय सांस्कृतिक पर्व मञ्जुश्री संम्बत २८६१ ब्रुल-ल्होको अबसरमा डिम्दुङ समाज नेपालद्वारा आयोजित शुभकामना आदान-प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम-२०८१ हुने भएको छ ।
कार्यक्रम फाल्गुन ३ गते शनिबार श्री मानंसिङ धर्म माध्यमिक बिद्यालय प्रङगन,मनमैजु,काठमाडौंमा तामाङ जातिको महान चाड तथा नयाँ वर्षको रुपमा मानाईने सोनाम ल्होछारलाई भब्य रुपमा मनाउनको लागि डिम्दुङ समाज नेपालले कार्यक्रमको तयारी गरिएको छ।
हाम्रो सस्कृतिक हाम्रो सान,सांस्कृतिक प्रबर्द्धनको लगि लोछार अभियान, भन्ने मुल नाराका साथ आफ्नो मौलिक पहिरनमा सजिएर “शुभकामना आदान-प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम-२०८१ काठमाडौ मनमैजुमा भब्य रुपमा मनाइने भएको छ ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनका लागि राष्ट्रिय ख्याति प्राप्त चर्चित कलाकारहरु सगर एस वाइबा, रोशन फ्युबा,आरम्भ तामाङ,राजकिङ वाइबा,सुमन घले,छिमी मम्बा,सन्दिप स्याम्चेन तामाङ,माया थोकार लगाएत कलाकारहरुको बेजोड प्रस्तुति हुन गाइरहेको हुनले ल्होछार प्रेमी सम्पुर्णलाई चुलेनिम्तो रहेको आयोजकले जनाएको छ ।