विरेन्द्र याक्थुम्वा (सुवास)
झापा: 'देश बदल्न शिक्षा बदल्नु पर्दछ' भन्ने मुल नारालाई शिरोधर गर्दै पछिल्लो समय नेपालको विद्यमान शिक्षा प्रणाली समय सापेक्ष नरहेको विषम अवस्थालाई गहन रुपमा चिन्तन र अध्ययन गर्दै त्यसको बिकल्प खोज्न दमक निवासी युवानेता गगन पुरी त्यस अभियानलाई जिहाद छेर्न जमर्को गर्दै आउँदा त्यो अभियानलाई साक्षात गर्न शुरु भएको छ।
सोही क्रममा माघ २६ गते (शनिवार) झापाको सुरुङ्गा स्थित कन्काई बहुमुखी क्याम्पसको सभाहलमा उनकै अगुवाईमा ऐतिहासिक पहिलो चोटि शिक्षामा क्रान्ति अभियानद्वारा जिल्ला स्तरिय शिक्षागत शिक्षा बुद्धिजिविहरुको एक भेला गरी औपचारिक कार्यक्रम गरि जिल्ला तदर्थ समिति गठन गरेको छ।
उक्त समितिमा कमल गाउँपालिका वडा न.६ निवासी सन्तोष राईको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ भने बाकी ५१ जनाको समिति १५ ओटै पालिका लाई समिटिने गरी सर्वसम्मतनिर्णय भएको छ।
अध्यक्ष सन्तोष राई र सचिवमा सरस्वती चौलागाईं
क्रमश: सदस्यहरु राजकुमार ओली, रामकुमार उपाध्याय, डिल्ली पोख्रेल, देबु चापागाई,बिष्णु भट्टराई, सञ्जय राई, गणेश राई, विवेक आचार्य, नवीन सिटौला, युवराज नेपाल, लीलाराज झापाली, जिवनराज भुजेल, बिकास महत्तो, गंगा ब बस्नेत, अनिल सुवेदी, टिकाराम पौडेल, शान्ति राम चिमोरिया, खड्ग तिम्सिना, रबिन मैनाली, टिकाराम धमला, सुवास सुवेदी, लक्ष्मी खतिवडा, बिनोद थापा लगायत रहेका छन।
कार्यक्रमा गगन पुरि रेवतिलेले शिक्षामा क्रान्ति किन आवश्यक भन्ने विषय केन्द्रीत आफ्नो अवधारणा राख्दै उनले अबको २१ औ, शताब्दीमा पारम्परिक चलिरहेको नेपाली शिक्षा प्रणाली अबैज्ञानिक र अब्यवहारिक रहेको हुँदा शिक्षामा परिवर्तनको आवश्यक भएको र त्यसका लागि शिक्षा प्रेमी सबैजना एक ठाउँमा रहेर शिक्षामा क्रान्ति अभियानमा संस्थागत रुपमा नेपाली शिक्षाको समाजवादी ढंगमा नीति नियम र विषयगत पाठ्यक्रमहरू फेरिनुपर्ने भएको हुँदा ब्यवहारिक गत, उत्पादन र रोजगारी मुखी शिक्षा हुन जरुरी रहेको छ।
अहिलेको शिक्षामा पढेकै युवालाई पनि आत्मनिर्भर नबनाएर बिदेशीन मात्र प्रेरित गर्ने खालको रहेको छ।
र यो पुरानो ढाँचाको पाठ्यक्रम अबको प्रविधिमैत्री परिवेशमा समयको गतिसँगै नेपालको अर्थतन्त्रका श्रोत कृषी, जलस्रोत, पर्यटन, उद्योग र प्रबिधि जस्ता कुरालाई समिटिने नेपाली मौलिकतामा आधारित शिक्षा प्रणाली अबको आवस्यकता रहेको बताएका थिए । त्यसैका लागि शिक्षामा क्रान्ति अभियानमा झापा जिल्ला समिति गठन पनि राजनीति भन्दा माथी उठेर शिक्षाप्रति सरोकार राख्ने जो कोहि समेटिने बताएका थिए। अन्य जिल्ला, पालिका र प्रदेश स्तरिय सबै समितिहरुमा एवं प्रकारले नेपालको ७७ ओटै जिल्लामा पनि संगठित हुँदै जाने उल्लेख गर्दै सो-अभियानको लक्ष्य र उदेश्य बारे पनि स्पष्ट पार्दै नेपालको मौलिकताको आधारमा शिक्षा प्रणाली हुनुपर्ने बताएका थिए।
भेलामा प्रमुख अतिथी सोही क्याम्पसका प्रधानाध्यापक बिकास उप्रेतीले शिक्षामा आमूल परिवर्तन अबको आवश्यकता रहेको कुरामा मुलुकमा सबै राजनितिक दलहरु बाट पनि समाजवाद स्विकार भएकोले समाजवादी उन्मुख के के कुरामा परिवर्तन गर्ने भन्ने बारेमा आफ्नो बिचार राख्दै नवगठित तदर्थ समिति लाई शुभकामना दिएका थिए।
त्यस्तै कार्यक्रममा वक्ताहरु रविन मैनाली, विरेन्द्र याक्थुम्वा, हिमाल बिष्ट, सञ्जय राईले पनि शिक्षामा क्रान्ति बिषयमा आ-आफ्ना भनाइहरु राखेका थिए।
अन्य उपस्थितिहरू बाट पनी आफ्ना टीका टिप्पणी सहित जिज्ञासाहरू राखेका थिए ।
सरस्वती चौलागाईं द्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य कन्काई बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य बिष्णु प्र.बिमलीले राखेका थिए।