पोखरा : श्री ज्ञान ज्योति मा. बि.छहरेपानी कास्कीले ६८ औं वार्षिकोत्सवः,अभिभावक दिवस तथा पुरस्कार बितरण समारोह सहित "अक्षयकोष स्थापना " कार्यक्रम सम्पन्न गरेको छ ।
मिति २०८१/१०/१६ गते पोखरा- १६ श्री बि.ब्य.स. का अध्यक्ष बलराम आचार्यको सभापतित्वमा , प्रमुख आथित्यमा माननिय बिन्दुकुमार थापा, सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री, पो.म.न.पा. का शिक्षा अधिकृत जिवनप्रसाद रेग्मी, वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना लगायत ,समाजसेवी बुद्धिजीवी, शिक्षाप्रेमी, विभिन्न गाउँ बाट अभिभावक बुबा आमाको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
"देशको लागि ज्यान बलिदान दिने ४ सहिद हरुको स्मरण गर्दै विद्यालयले हरेक बर्षको माघ १६ मा वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाउदै आइरहेको छ।
यसै सुखद अबसरमा भुपु विद्यार्थीको सकृय समुहले बिद्यालयको शैक्षीक सुधार र गुणस्तरको लागि उन्नति प्रगतिको कामना गर्दै नेरु ६१,३२७ (एक सठ्ठी हजार तीन सय सत्ताइस) रुपैयाको अक्षयकोष स्थापना गरेको हो ।
"अभियानका लागि भुपु बिद्यार्थी दिपा आचार्यले केही सानो रकम भएपनि सक्दो सहयोग गरौ भन्ने उदेश्यका साथ र भगवती आचार्यले सामाजिक संजाल मार्फत सर सल्लाह मागी यो अभियान सफल भएको बताउनुहुन्छ।
कार्यक्रममा समुहको तर्फबाट मन्तव्य राख्दै नन्दराज आचार्यले यश अभियानमा साथ सहयोग दिनुहुने स्वदेस बिदेसमा रहनुहुने सम्पुर्ण साथीहरूलाई धन्यवाद दिदै छुट्नु हुने साथीहरू लाई पनि जोडीन आग्रह गर्नु भयो। रकम हस्तान्तरण क्रममा नन्दराज आचार्य, सरला कडेल , अस्मिता आचार्य र मिना आचार्यको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई थप रौनक बनाउन विद्यार्थी बाट साँस्कृतिक कार्यक्रम प्रस्तुति दिदै थप मनोरञ्जन प्रदान गरिएको थियो
बिद्यालयलाई यो स्थानमा सम्म ल्याउनु हुने स्थापना कालका संस्थापक स्व. माधब प्रसाद आचार्य , पुर्ब अध्यक्ष, शिक्षक, शिक्षा प्रेमी , अभिभाबक लगायत सम्पुर्ण प्रती विभिन्न सहयोग मिलेकोमा बि.ब्य.स अध्यक्षले खुशी व्यक्त गर्दै बिद्यालयको उन्नति प्रगतिको कामना सहित धन्यवाद व्यक्त गर्नु भएको थियो।
२०१३ सालमा स्थापना भएको यश बिद्यालय प्राबी, निमाबी, हुँदै हाल मा:बी स्तरमा सन्चालन हुदैछ ।
यश बिद्यालयका प्र.अ यम कार्कीले भुपु विद्यार्थी हरुको तर्फबाट बिद्यालयलाई आर्थिक सहयोग गर्नु भएको अबसरमा खुसी व्यक्त गर्दै सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।