झापा, कमल (विरेन्द्र याक्थुम्वा) : 'महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार' भन्ने मुल नाराका साथ ६ महिना अघि स्थापित संस्थाले मिति २०८१ माघ १६ गते फाल्गुनन्द टोल स्थित गोसलाईन मार्गमा बिष्णु बेघाको सभापतित्वमा प्रथम साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ।
राष्ट्रिय गान र ज्ञात-अज्ञात सहिदहरुको सम्झनामा मौनधारण संगै प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको हस्त-बाहुली बाट पानसमा दिव प्रज्वलन गरि शुरु गरिएको उक्त कार्यक्रममा सभापती बिष्णु बेघाले संस्थाको प्रतिवेदन पेस गरेकी थिइन।
त्यस्तै कोषाध्यक्ष कमला देवी दहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन।
प्रतिवेदनमा २०८१/०८२को आम्दानी आय ३५,५९० र खर्च व्ययमा २७,५६५ भएको र मौज्दात रु. ८०२५/ रहेको स्पष्ट पारेकी थिइन।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि हुकुम सिंह राईले आफ्नो भनाईमा संस्थामा संचालन देखि साधारणसभाहरू गर्दा विधि प्रक्रियागत गर्नुपर्ने सुझाव राख्दै स्थानिय सरकार पालिकाको आर्थिक सहयोगमा संस्थाहरुले सिपमुलक तालिम दिदा ब्यवहार र परिणाममुखी हुनुपर्छ नत्र स्थानीय सरकारको लगानी लक्षित बर्गमा ठिक ढङ्गले उपयोग नभए त्यसको अर्थ नरहने बताएका थिए।
त्यस्तै अतिथिहरू कमल वडा न.४ वडाध्यक्ष चन्द्र प्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाइटी उपशाखा कमल अध्यक्ष चन्द्र साह, सामाजिक व्यक्तित्व एवं पत्रकार विरेन्द्र याक्थुम्वा सुवास, जेसिस नव अध्यक्ष हेम अधिकारी, महिला समावेशी सशक्तीकरण केन्द्रकी अध्यक्ष पूर्णिमा देवन फागो, फाल्गुनन्द टोल बिकास संस्थाकी अध्यक्ष सेलिना राई/सशीहरुले आ-आफ्ना भनाई सहित शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा कमल वडा न.४ वडाध्यक्ष केदार कटुवाल, केर्खा प्रहरी चौकी भुपेन्द्र कार्की, ट्राफिक इन्चार्ज वीर ब. कार्की लगायत उपस्थिति रहेका थिए।
नव जागरण महिला समाजले आफ्नो संस्थालाई प्रत्यक्ष अप्रत्यक्ष सहयोगीहरु क्रमशः दमक निम्स हस्पिटल अध्यक्ष उमाकान्त आचार्य , सामाजिक ब्यक्तित्व ढुण्डिराज भण्डारी , टिकाराज सापकोटा , रबि केसी, हेम दहाल, भुपाल कटुवाल, प्रकाश कार्की, केदार कटुवाल, लक्ष्मण बोहोरा सम्मान-पत्र प्रमुख अतिथिको हातबाट प्रदान गरिएको थियो।
त्यसैगरि उपस्थित अतिथिहरूलाई सभापती बिष्णु बेगाको हातबाट मायाको चिनो पनि दिएको थियो।
अन्तमा: कार्यक्रमको बन्द सत्रलाई लोकतान्त्रिक पद्धतिमा संस्थाको विधानअनुसार ११ सदस्यीय समिति सर्ब सहमतिमा गठन भएको छ।
उक्त समितिमा क्रमश:अध्यक्ष : बिष्णु माया लिम्बु,उपाध्यक्ष : नैला कला सेडाइ,सचिव : रिता खतिवडा,सह-सचिब: सिता खडका,कोषाध्यक्ष : कमला दहाल), सदस्यहरु : बालकाल प्रसाई, समिता फागो , सदस्य : सुशिला पाण्डे, रेखा कुमारी न्यौपाने , शबन लिम्बु, विष्णुमाया जबेगु रहेका छन।
त्यसैगरि निर्वाचन मण्डलीमा लक्ष्मण बोहराको संयोजकत्वमा हेम दहाल र भिम अधिकारी रहेका थिए ।
माइनट लेखनमा संयोजक रिता खतिवडा सदस्यहरु:कमला दहाल, लक्ष्मी लुइँटेल खड्का रहेका थिए ।
कार्यक्रमको अन्तमा: बिष्णु बेघाले आफुलाई पुन:अध्यक्षमा सबैले सर्वसहमतिमा निर्वाचित गरेकोमा आभार प्रकट गर्दै सबैको साथ लिएर आउँदा दिनमा संस्थाको लक्षित उदेश्य कार्यक्रमहरु लिएर अघि बढ्ने प्रतिबद्धता प्रकट गर्दै र महिलाहरुप्रती मैत्रीपूर्ण भाव राख्दै सहजीकरण गर्ने युवा समाज सेवी लक्ष्मण बोहोरा लगायत प्रथम साधारण सभा सम्म सहयोगी सबैलाई धन्यवाद दिएकी थिइन।
कार्यक्रमको औपचारिक कार्यक्रममा संस्थाकी सचिव रिता खतिवडाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तिला खरेलले राखेकी थिइन।