मुग्लानी खबर ३० अषार
पत्रकार तिलविक्रम थेवे – दोहा कतार
गत जुुलाई १३, २०१८ मा किरात याक्थुङ चुम्लुङ कतार (कियाचु) ले लिम्बु समुदायको एक महत्वपुर्ण चाड यसवर्षको सिसेक्पा तङनाम हर्सोल्लासका मनायो ।
सस्थाका अध्यक्ष राजेन्द्र सामयाखामको अध्यक्षतामा सम्पन्न भएको सिसेक्पा तङनाम कार्यक्रममा सस्थाको प्रमुख सल्लाहकार मनकुमार आङबो, तुम्याहाङ नरेन्द्र एभेङ, सल्लाहकारहरु डम्बर लिबाङ, तिलविक्रम थेवे, रेखा राई लगायतले लिम्बुसमुदायले मान्दै आएको सिसेक्पा तङनामको शुभकामना दिदै लिम्बु समदायहरु प्रकृतिपुजक र पितृपुजक भएकोले सिसेक्पा तङनामको पनि विशेष महत्व रहेको बताए । सोही समयमा लिम्बुजातिको सांस्कृतिक धाननाच, केलाङ प्रस्तुत गरिएको थियो ।
महासचिव सागर तुम्बाहाम्फेले संचालन गरेको सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष हर्क खजुमले स्वागत मन्तव्य राखेका थिए । गुरुङ समुदायको सामाजिक संस्था प्लेल्हुसंघको सचिव रन्जित गुरुङ लगायत किसन राई हन्टर, सो्मबहादुर मावोहाङ, रेखा राई, प्रमिला बस्नेत, ज्ञानेन्द्र एक्तेन, गोपाल पत्रे लगायत आमन्त्रित अतिथीहरले पनि आआफनो तर्फबाट सिसेक्पा तङनामको शुभकामना दिए ।
लिम्बु समुदायको आफनो पुर्खाहरु (सावा येदाङ) वनजङगल, खोलानाला, पहाडपर्वततिर पाइने, फलफुल, हरियो सागसब्जी, वन्यजन्तुशिकारमा भर पर्ने गरेको र पछि यी सवै कम हुदैजादा फेरी व्यापक अनिकाल परेकोले सावा येदाङले युमा माङसंग विन्ती गर्दा युमा माङको आशिर्वादले सावा येदाङको चेली सिगेरा यक्थुक्नामा सिगेरा येबुङकेम्माले काठको औजार (ओकमाला पाकमाला अर्थात खन्ती र अङकुसे) बनाएर भटमासको विउ रोपेर अनिकाललाई अन्त्य गरेको र त्यसपछि मकै, काक्रा, फर्सी, कोदा्े, तुम्री, सङघामा, लिङघामा, लोङवामा थुम्सेभरी बोकेर सिसेक्पा लालाङगे (साउने सक्रान्ति) को बेलुकी घरघरमा बाँडिदिएकोले अव सहकाल आएको भन्दै हर्सोल्लासका साथ यो चाड लिम्बु समुदायले मनाउने गर्दछन् ।
सोही दिन पृथ्वीमा परमेश्वर (तागेरा निङवाफुमाङ) को स्वरुप धारण गरेर बसेकी युमासाम र सिगेरा यक्थुक्नामा सिगेरा येबुङकेम्मा घरघरमा यी खानेकुराहरु बाडन आउने विश्वास गरिन्छ ।
डोरीमा मकै, काक्रा, फर्सी, कोदो, तुम्री, सङघामा, लिङघामा, लोङवामा लगायतका फलहरु मुलढोकामा झुण्डयाएर नाङलो ठटाउदै अव अनिकाल गयो अव अन्नबाली फल्ने र सहकाल आयो भन्दै कराउदै अनिकाललाई भगाउने गर्दछन् भने अनिकालको राजा पनि लुसुक्क यहिवेला घरघर छिर्ने भएकोले उसलाइ भगाउन पनि यस्तो गरिएको भनाई छ । यो चाड किरात क्यालेण्डर येले तङवेको करीव सातौ महिनातिर पर्दछ जुनवेला भटमास सिमी रोप्ने वेला भएको हुन्छ ।