दोहा : "नेपाली लोक सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर आफ्नो साङ्गीतिक प्रस्तुतिको लागि आज कतार आइपुगेकि छ्न ।
गायिका मगरलाई स्वागत गर्नको लागी, कतारको हमाद अन्तर्राष्ट्रिय बिमान स्थलमा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष रेशम आले मगर,प्रमुख सल्लाहकार विवेक पुलामी मगर,महासचिव समीर थापा मगर,एनसीसी कतारका महासचिव रबिन मगर लगायत संघका विभिन्न पदाधिकारी हरुको उपस्थिति रहेको थियो
"फुल फुलेर पहेलौ भयो, कि तिम्रै हौ भन ,बनैमा फुल बसायो,डल्ली जस्ता थुप्रै हित गीतमा आफ्नो जादुमय स्वर भरेकि उनि मगरहरुको राष्ट्रिय प्रमुख साँस्कृतिक चार्ड “माघ्या सकराटी (मगर मिनाम ल्हेस-५०१८)- २०२५ को अवसर पारेर नेपाल मगर संघ, शाखा कतारले आयोजना गरेको वनभोज तथा विविध साँस्कृतिक कार्यक्रम -२०८१ मा अतिथि कलाकारको रुपमा आफ्नो साँङ्गीतिक प्रस्तुति दिन कतार आएकी हुन ।
आगामी शुक्रबार अर्थात १७ जनवरीको दिन अबुहमुर स्थित आइडियल इन्डियन स्कुलको प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रममा जान आउनको लागी, कतारका विभिन्न स्थानबाट नि:शुल्क यातायातको ब्याबस्था गरिएको आयोजक संस्था मगर संघ कतारले जनाएको छ ।
“सम्पुर्ण मगरहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नारा बोकेर नेपाल मगर संघको शाखाको रुपमा सन् -२०००/ २०५७ मा कतारमा स्थापना भएको संस्थाले स्थापना कालदेखि नै नेपाली चाडपर्वहरु मनाउदै आएको छ ।