"अनाथ बालबालिकाहरुको आश्रय स्थल `माया घर´ को भवन बनाउन सद्भाव युवा समाज नेपाल कतारले आर्थिक सहयोग गरेको छ ।
किर्तिपुर नगरपालिका ४ गाम्चा स्थित महिला तथा बाल बिकास मञ्च नेपालद्वारा सञ्चालित अनाथ बालबालिकाहरुलाई आश्रय दिएर राखिएको ‘माया घर’ को नयाँ भवन निर्माण को लागी समाजले ९१ हजार रुपैयाँ सहयोग गरेको हो ।
आइतबार एक कार्यक्रमका बीच माया घरका सञ्चालीका दुर्गा आचार्यलाई सदभाब युवा समाज नेपालका अध्यक्ष प्रदीप रुपाखेती उक्त रकम हस्तान्तरण गरेका हुन् । `निर्माणाधीन भवनलाई इट्टा थप गर्न हामीले सानो सहयोग गरेका हौँ र नयाँ भवन समयमै सम्पन्न हुने आशा गर्दछु´अध्यक्ष रुपाखेतीले भने ।
१४ बर्षदेखि संचालित मायाघरमा हाल २८ जना बालबालिकाले आश्रय लिइरहेको र भवन निर्माणधिन भैरहेको जानकारी पाएसँगै सदभाब युवा समाज कतारका संरक्षक तथा सदभाब नेपालका सल्लाहकार सुरेश तामाङको समन्वयमा हामीले सहयोग गरेको अध्यक्ष रुपाखेतीले बताए ।
मायाघरका संचालीका दुर्गा आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रम किर्तिपुर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा उपाध्यक्ष बेग तामाङ, सचिब बाबुराम दाहाल, समाजका सल्लाहकार सुरेस तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
समाजले यसअघि महाबिर पुन आबिष्कार केन्द्रलाई 6 लाख,रास्कोट अस्पताल निर्माणका लागि १० लाख २५ हजार, २०७२ को भुकम्प पीडितलाई सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १७ लाख, भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई ४ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।
सद्भाव युवा समाज नेपाल कतार´ वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत नेपाली युवाहरुले सन्चालन गरेको सेवामुखी संस्था हो ।
कार्यक्रमको निमन्त्रणालाई सहर्ष स्विकारी कार्यक्रममा आफ्नो उपस्थिति जनाई कार्यक्रमको गरिमा बढाईदिनुहुने सम्पुर्ण अतिथिगण एवं उपस्थित सम्पुर्ण लाई सदभाव युवा समाज कतारको तर्फबाट र व्यक्तिगत तर्फबाट हार्दिक आभार ब्यक्त गरिएको अध्यक्ष बिजय गुरुङ बताउन्छ्न ।
अनाथ बालबालिकाहरुलाई बसोबास गर्न सहजता होस भन्ने हेतुले भवन निमार्णको लागी सदभाब युवा समाज कतार तर्फबाट ८०००० तथा सदभाब नेपालबाट ११००० गरी ९१००० हस्तान्तरण गरिएको थियो।
भवन निमार्णमा थोरै भएपनि राहत पुर्याउने उद्धेश्यका साथ कार्यक्रमको खाका तयार पारी त्यहाँ सम्म पुगेर रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गर्न खटिनुहुने सदभाव युवा समाज नेपालका पदाधिकारीहरु साथै सदभाव युवा समाजका सदस्य साथीहरु, त्यसैगरी सदभाव युवा समाजका शुभेच्छुक साथीहरु लगायत सिङ्गो टिम साथै स्थानीय समाजसेवी, बुद्धिजिवी एवं जनप्रतिनिधि ज्यूहरु सबै प्रति हार्दिक कृतज्ञता तथा आभार बिशेस गरी दोहादेखि काठमाडौं सम्म पुग्नुभैई कार्यक्रमको ब्यबस्थापन गर्दिनुभएकोमा सस्थाका संरक्षक श्री सुरेश लामा प्रति प्रकट ब्यक्त गर्दछौं समाज कतारका अध्यक्ष गुरुङ भन्छ्न ।
सामाजिक सदभाव र आपसी सहयोगको लागी स्थापित संस्था "सदभाव युवा समाज" आज प्रवासीको सानो कोशेली बोकेर काठमाडौं किर्तिपुर अनाथ बालबालिका "माया घर" भवन निमार्णको लागी केहि रकम लिएर पुगेको छ ! केहि समय अघि हामी सुनसरी बराह नगरपालिका बस्तीमा पुगेको थियो।
श्री सिद्व प्रा. बि. ईस्मा-५ गुल्मी रातापोखरा स्थिति पुग्यौ यसैगरी सिन्धुली बाढी पिडितको लागी पिउने पानी पाइप खरिदको स्वरुप केहि रकम लिएर पुगेको थियो।
सम्पुर्ण बालबालिकाहरुको उज्वल भबिष्यको हार्दिक शुभकामना ।
"सदभाब सदैब समता सहयोग सकारात्मक सोच सहित सबैसामु समर्पित"