दोहा : नेपाली लोक सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर आफ्नो साङ्गीतिक प्रस्तुतिको लागि आगामी शुक्रबार कतार आउने भएकी छिन ।
"फुल फुलेर पहेलौ भयो, कि तिम्रै हौ भन ,बनैमा फुल बसायो,डल्ली जस्ता थुप्रै हित गीतमा आफ्नो जादुमय स्वर भरेकि उनि मगरहरुको राष्ट्रिय प्रमुख साँस्कृतिक चार्ड “माघ्या सकराटी (मगर मिनाम ल्हेस-५०१८)- २०२५ को अवसर पारेर नेपाल मगर संघ, शाखा कतारले आयोजना गरेको वनभोज तथा विविध साँस्कृतिक कार्यक्रम -२०८१ मा अतिथि कलाकारको रुपमा आफ्नो साँङ्गीतिक प्रस्तुति दिन कतार आउन लागेकी संघका महासचिव समिर थापा मगरले जानकारी गराए ।
आगामी शुक्रबार अर्थात १७ जनवरीको दिन अबुहमुर स्थित आइडियल इन्डियन स्कुलको प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रममा लामिछाने सहित नेपाल मगर संघ, शाखा कतारका साँस्कृतिक परिवार र कतारमा रहेर कलाकारिता गरिरहेका अन्य थुप्रै कलाकारहरुको सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या नृत्य तथा मगर, लोकदोहोरी,फिल्मी एवं आधुनिक गायन प्रस्तुतिहरु सङ्गै रम्न रमाउन सकिनेछ ।
संघका साँस्कृतिक संयोजक कुमार राहादी मगर कार्यक्रम संयोजक र गंगा बुढा मगर सह-संयोजक रहेका कार्यक्रमको लागि अल वक्रा, दोहा, सनैया, अलखोर र सहानिया बाट निशुल्क यातायातको व्यवस्था रहेको र बस सबै ठाउँबाट बिहान ठिक ८ बजे छुट्ने पनि आयोजक समितिले जानकारी गराएका छन ।
यातायातको लागि यातायात संयोजक मोतीलाल बुढा मगर -३०१३९०८७ र नेत्र थापा मगरलाई -३३८५८५६५ मा सम्पर्क गरि विस्तृत जानकारी लिन सकिने छ ।
“सम्पुर्ण मगरहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नारा बोकेर नेपाल मगर संघको शाखाको रुपमा सन् -२०००/ २०५७ मा कतारमा स्थापना भएको संस्थाले स्थापना कालदेखि नै नेपाली चाडपर्वहरु मनाउदैआएको छ ।