तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण भन्ने मूल नाराका साथ सन् २००५ मा कतारमा स्थापित तामाङ समाजको पूर्ण स्वरुप दिँदै वि.स. २०७६ सालमा काठमाडौंमा स्थापना भई विभिन्न सामाजिक कार्य गर्दै आईरहेको तामाङ समाज नेपालको ललितपुर जिल्ला शाखा विस्तार भएको छ। तामाङ समाज नेपालको ललितपुर जिल्लाको पहिलो भेलाबाट १३ सदसिय कार्यसमिति चयन गरिएको छ ।
कार्यक्रम तामाङ समाज नेपाल,जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला अधिवेशन शनिबार समाजका केन्द्रीय अध्यक्ष कमल योन्जान तामाङ,महिला विकास संघको अध्यक्ष रमिला योञ्जन,केन्द्रका उपाध्यक्ष अशोक सिङ्तान तामाङ, कोषाध्यक्ष सोनी लुङ्बा तामाङ,छिमेकी मार्टका अध्यक्ष नर बहादुर तामाङ लगायत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यमा सम्पन्न भएको छ ।
प्रथम अधिवेशनले तामाङ समाज नेपाल,जिल्ला कार्यसमिति ललितपुर अध्यक्ष : सन्जिव तामाङ, उपाध्यक्ष : रबिन्द्र योञ्जन लामा, सचिब : लोक बहादुर तामाङ, कोषाध्यक्ष : मान बहादुर तामाङ, सह-कोषाध्यक्ष : शान्ति तामाङ, सदस्य : सन्तोष तामाङ, सदस्य : मनमाया गोले, सदस्य : आशिष लामा तामाङ, सदस्य : बिजय तामाङ, सदस्य : कमल थिङ तामाङ, सदस्य : सबिता तामाङ, सदस्य : अच्युत लामा तामाङ, सदस्य : अनिल मार्पा तामाङ, संचार विभाग प्रमुख : प्रकाश थिङ तामाङ
अन्य जिल्ला सदस्यहरू : श्याम बहादुर योञ्जन तामाङ,अन्जना लामा तामाङ,प्रेम ढिम्डुङ तामाङ,राज लामा तामाङ,रोज लामा तामाङ,मिलन तामाङ,जयराम लामा तामाङ,युना लामा तामाङलाई निर्विरोध निर्वाचित गरेको छ ।