दोहा : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा अनेसास केन्द्रको ३४ औं स्थापना दिवस तथा अनेसास नवोदित १५४ साहित्यिक रचना वाचन डबली दोहामा मनाइएको छ ।
११ जनावरी २०२५ सुक्रबारका दिन कतारको नज्मा स्थित ओल्ड दरबार नेपाली रेस्टुरेन्टको सभाहमा विभिन्न साहित्यिक रचना वाचनका साथमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा कतारमा लामो समयदेखी कार्यरत मोरङ निवासी नेपाली भाषा साहित्य कला संस्कृतिको विकासमा योगदान पुर्याउनु भएका व्यक्तित्व अच्युत भट्टराईलाई र भोजपुर निवासी २०१४ देखि २०६० साल सम्म नेपालको शैक्षिक क्षेत्रमा आवद्ध रहेर ठुलो योगदान पुर्याउनु भएका केदारनाथ श्रेष्ठलाई विशिष्ट श्रोता बनाइएको थियो ।
कार्यक्रम विशिष्ट श्रोताको आसन ग्रहण साथै राष्ट्रिय गान गायर सुरु गरिएको थियो ।
गजलकार पुर्णकान्छा गुरुङको गजल वाचनले साहित्यिक रचना वाचनको ढोका उघारेको थियो भने साथमा शोभाराम ओलीले कविता, सदिक्षा थपलियाले गजल, पुष्कर साउदले कविता अनवर अलिले मुक्तक सानू थपलियाले गजल सोम थापाले मुक्तक खिम पुनले गजल खेमराज सुवेदीले कविता लिलानाथ घिमिरेले कविता सिताराम थापाले कविता मणि पौडेलले मुक्तक प्रेम प्रसाद भट्टराईले कविता लीलादेवी श्रेष्ठले भजन गायर तथा वाचन गरेर उपस्थित सम्पुर्णलाई साहित्यिक मनोरञ्जन गराएका थिए ।
प्रोफेसर रमजान अलि मिया, भानुभक्त दाहाल, श्याम बाबू आचार्य, किसोर भट्टराई, मनोज भट्टराई, पर्शुराम श्रेष्ठ, सन्जीव परियार, लगायत २ दर्जन भन्दा माथिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनेसास कतार च्याप्टरको आजीवन सदस्य लिनुहुने प्रोफेसर रमजान अली मियाज्यूलाई अनेसास कतारको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
नवोदित साहित्यिक वाचनालय कतारका कार्यसमिति सदस्य अनवर अलिलाई विदाई कार्यक्रम पनि गरिएको थियो ।
अनेसास कतार तथा नवोदितका सल्लाहकार प्रेम प्रसाद भट्टराईले अनेसास केन्द्र र अनेसास स्थापनाका बारेमा सबैलाई प्रष्ट पार्दै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई जतिनै अविनन्दन गरे पनि कम हुने बताउनु भयो । साथमा नेपाली साहित्यको पुरानो या पहिलो छन्द झ्याउरे छन्दलाई प्रवर्द्धन गर्नका लागि सबैलाई अब एकचोटि झ्याउरे छन्दमा कलम चलाउन अनुरोध गनु भयो ।
कार्यक्रमको सहजीकरण गजलकार रफी मियाले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा विशिष्ट श्रोता केदारनाथ श्रेष्ठले आफ्नो जिवनका तिता मिठा कथा व्यथा बताउदै यो साहित्यिक कार्यक्रममा उपस्थित हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउदै आयोजक संस्थालाई धन्यवाद दिदै आफ्नी श्रीमतीलाई समर्पित गर्दै मीठो स्वरमा गीत गाए ।
साथै अर्का विशिष्ट श्रोता अच्युत भट्टराईले आफु यस्तो कार्यक्रममा विशिष्ट श्रोताको रुपमा उपस्थित हुन पाउँदा अत्यन्तै खुसी रहेको र कार्यक्रममा बस्दा बस्दै आफैले आफुलाइ म को हो ? भन्ने प्रस्न उठेको र त्यस्को जवाफ अब आफैले खोज्ने बताउदै कार्यक्रमको समापन गरेका थिए ।