दोहा : "नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा ३०३ औं पृथ्वी जयन्ती, दोहाका नेपालीले पनि मनाएका छ्न I
"प्रवासी नेपाली एकता समाज (पानस) कतारको आयोजनामा, शुभकामना आदानप्रदान सहित विभिन्न कार्यक्रमको आयोजना गरि १० जनवरी २०२५ का दिन "प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा "३०३ औं पृथ्वी जयन्ती" समारोह भब्यताका साथ मनाइएको हो ।
संस्थाका अध्यक्ष तिलक श्रेष्ठको अध्यक्षता, राप्रपा केन्द्रिय सदस्य दिपक उप्रेतीको प्रमुख आथित्यमा,राजनितिक बिस्लेसक तथा इतिहास बिद डा. गोबिन्द केशी को विशेष आथित्यता रहेको कार्यक्रममा दोहामा अवस्थित बैचारिक सङ्गठनका प्रतिनिधि, जिल्ला, प्रदेश लगायत विभिन्न सामाजिक संघ सस्थाहरु , समाजसेवी , पत्रकार ,कलाकार लगायत आस्थावान हरुको बाक्लो उपस्थिति रहेको थियो ।
पृथ्वीनरायण शाहको सालिकमा माला माल्यापर्ण गर्दै अगाडि बढेको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दोर्ण खड्काले स्वागत मन्तव्य पस्किदै "पानस " कतारले ३०३ औं पृथ्वी जयन्ती मनाउनुको उदेश्य बारेमा प्रकाश पारेका थिए । त्यस्तै बाल कलाकार त्रिषा श्रेष्ठले स्वागत नृत्य पस्किन ।
मन्तव्यको क्रममा राजनितिक बिस्लेसक तथा इतिहास बिद् डा. गोबिन्द केशी ले स्वर्गिय राजा पृथ्वीनारायण साहको बारेमा बर्णन गर्दै उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण कसरी गरे भन्नेमा जानकारी गराए ।
पृथ्वीनरायण शाहको बारेमा फैलाइएको गलत भ्रमलाई समेत चिरफार गरेका गरेका डाक्टर केसीले प्रवासमा रहेका नेपालीलाई पनि पृथ्वीनारायण साहले दिएको सन्देशलाई सदुपयोग गर्दै एकताबद्द भएर अगाडी बढ्ने प्रेरणा मिलोस भन्ने कामना गरे । डा . केशीले नेपालको राजनीति लाई समेत ब्याङ्ग कस्दै आफू प्रधानमन्त्री भए मात्रै सबै नेताहरुको सम्पत्ति सुदृढीकरण चालिने बताए ।
वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।
भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिने जानकारी गराए ।
कार्यक्रममा बिश्व शान्ति तथा आध्यात्मिक बिज्ञान समाज परिवारद्वारा विभिन्न योगासान गराइएको थियो । त्यस्तै उपस्थिति कलाकार द्वारा रास्ट्रप्रेरित गीतहरु पस्किएका थिए । त्यस्तै विभिन्न व्यक्तित्व हरुलाई कदर पत्र र सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राप्रपा केन्द्रिय सदस्य दिपक उप्रेतीले देशको जल्दो बल्दो र समृद्ध नेपाल साकार बनाउने पार्टी राप्रपा भएको जिकिर गरे । एकीकरण लाई कतिपयले साम्राज्यवाद भन्दै बिरोध गरेपनि कतिपयले स्वागत गरेको पाइन्छ ।
यदि पृथ्वी नारायण शाहले स्वार्थको निम्ति लडाइ लडेको भए "नेपालको नाम नेपाल, नभएर गोर्खा हुनुपर्ने बताए । उन्ले पृथ्वी नारायण शाहले दिएका दिब्य उपदेशका बारेमा पनि चर्चा गर्दै शाहले दिएका दिब्य उपदेश उपयोग गर्न सकियो भनेपनि देश समृद्धि बन्ने बताए ।
(पानस) कतारका महामन्त्री करण सिंह बोहराले सहजीकरण गरेको कार्यक्रमको सभाध्यक्ष तिलक श्रेष्ठले मन्तव्य राख्दै आफ्नो पार्टीले बोकेको एजेन्डालाई सहि तरिकाले उपयोग गर्न सकियो भने देश समृद्धि बन्ने बताए । । देश अहिले अभिभावक बिहिन बनेको छ, अभिभावक बिनाको घर होइन, घाट बन्छ । अहिले हाम्रो देशपनि घर होकि घाट छुट्याउन सकस परेको छ । अभिभावकिय रुपमा देशमा राज संस्था सहितको बौद्धिक हिन्दु रास्ट्र हुनुपर्ने जिकिर श्रेष्ठको छ ।
"गणतन्त्रले देशमा ऋण थुप्राइदिएको छ, आर्थिक संकट चुलुदै छ यस्तै ऋण बढ्दै जाने हो भने भारत वा चाइनाको प्रान्त बन्न कठिन नहुने भन्दै अध्यक्ष श्रेष्ठले सहि वा गलत छुट्टाउनु आग्रह गर्दै कार्यक्रममा उपस्थिति जनाएर सफल तुल्याउने सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको समापन गरे ।