दोहा : नेपाल प्रवासी तामाङ समाज कतारले तामाङहरुको महान चाड, राष्ट्रिय पर्व मञ्जुश्री संम्वत २८६१ सोनाम ल्होछार भब्य रुपमा मनाउने भएको छ ।
"तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण" भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि "तामाङहरुको महान चाड राष्ट्रिय पर्व मञ्जुश्री सम्बत २८६१ सोनाम ल्होछार ३१ जनवरी २०२५ शुक्रबारका दिन, अल दोसरी गार्डेन,सहानिया भब्यताका साथ मनाउन लागेको समाजका अध्यक्ष शुबास तामाङले जानकारी गराए ।
कार्यक्रममा गैर आवासीय नेपाली तारा २०२३ का रुस्तम तामाङ, Dj बुद्द सहित कतारमा रहेका चर्चित कलाकार हरुको तामाङ सेलो, म्हेन्दोमाया,सहित थुप्रै साङ्गितीक प्रस्तुति हरु सहित तामाङ समुदायको समृद्ध परम्परा, जीवन्त संगीत, र अद्वितीय सांस्कृतिक विरासत प्रस्तुत हुने छ ।
कार्यक्रममा कतारमा कार्यरत तामाङ तथा गैर तामाङ, समाजसेवी, बुद्धिजीवी पत्रकार लगायत अन्य विभिन्न पेशामा आबद्ध रहेका सम्पुर्णलाई कार्यक्रममा उपस्थित हुन नेपाल प्रवासी तामाङ समाज कतारका महासचिव श्री पाख्रीङ तामाङले अनुरोध गरेका छ्न ।
ल्हो” को शाब्दिक अर्थ “वर्ष” वा “उमेर हुन्छ भने “छार ” को अर्थ “नयाँ “वा “ताजा” हो। तसर्थ, ल्होछार शब्दको शाब्दिक अर्थ नयाँ वर्ष वा नयाँ युगको सुरुवात हो। तामांङ्ग समुदायले मनाउने यस सोनाम ल्होछार पर्व, विक्रम सम्बत क्यालेन्डर वा पात्रो अनुसार माघ शुक्ल प्रतिपदाको दिनमा मनाउने गरिन्छ।
स्थापनाकाल देखिनै तामाङ समाज कतारले नेपालबाट चर्चित कलाकारहरु र यहाँ कार्यरत स्थानिय कलाकारहरुको सहयोगमा विविध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु सहित सामाजिक सेवा गर्दै आइरहेको छ ।