दोहा : कतारमा रहेका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा हुन लागेको माघी पर्व मनाउन चर्चित गायिका अनु चौधरी कतार आइपुगेकि छ्न ।
नेपाली गीत सङ्गीत क्षेत्रमा भर्सटायल गायिका भनेर चिनिएकी चर्चित गायिका चौधरी सहित, गायक सुनिल चौधरी र नृत्यङ्गाना प्रभा चौधरी आफ्नो साङ्गीतिक प्रस्तुति दिन बुधबार कतार आइपुगेका हुन ।
आउँदो शुक्रबार १० जनवरी अर्थात भोली कतारको अबुहमरमा रहेको आइडल इन्डियन स्कुलको प्रांगणमा हुन लागेको “माघी पर्व तथा थारु संवत् २६४८” कार्यक्रममा सहभागी हुन अतिथि कलाकारको रुपमा नेपालबाट गायिका चौधरी बुधबार दिउँसो र गायक सुनिल चौधरी र नृयाङ्गाना प्रभा चौधरी बिहिवार बिहान कतार आइपुगेको सभा च्याप्टरका सभापति हरि बहादुर महतोले जानकारी गराए ।
महतोले बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा उनीहरु सङ्गै गत शुक्रबार तमु समाज कतारको ‘तमु सप्र्ही ल्हो–ल्होसार’ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट आएका हास्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङ र लोक दोहोरी तथा कौडा चुड्का गायिका बबिता गुरुङ सहित रोजगारीको सिलसिलामा कतारमा रहेर नेपाली गीत सङ्गीतमा निरन्तर लागीरहेका दुई दर्जन भन्दा धेरै कलाकार हरुको साङ्गीतिक प्रस्तुत रहने बताएका छन ।
थारु समुदायले पुस २९ गतेलाई थारु संवत् र माघ १ गतेलाई माघी पर्व/नयाँ वर्षको रुपमा मान्दै आए पनि यो वर्ष समय अनुकूलताको हिसाबले माघ १ गते आउन र थारु संवत् २६४७ सकिन केही दिन बाँकी हुँदै यो वर्षको थारु संवत्- २६४८ र माघी पर्व/नयाँ वर्ष एकसाथ मनाउने तयारी गरेको कतार च्याप्टरले कार्यक्रमको लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको पनि आयोजक समितिले बताएको छ
च्याप्टर कतारले कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल पार्न कतारवासी थारु तथा गैर थारु नेपालीहरूलाई उपस्थितिको लागि अनुरोध गरेको छ भने थारु समुदायमा पाँच दिनसम्म मनाइने यस पर्वमा धुमरु गीत गाउने, दफ मादल बजाउने र मघौटा गीत गाउँदै विभिन्न नाचहरू नाच्ने गरिन्छ । च्याप्टर कतार “जातीय पहिचानको संरक्षण प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नारा सहित सन् – २००८ मा स्थापना भएको हो ।