इलाम चुलाचुली : लिम्बुहरुको महान पर्व चासोक तङ्नाम अर्थात एले तङ्वे ५०८४ को अवसरमा यहि मिति २०८१ पौष २७ गते इलाम चुलाचुली स्थित प्रस्तावित माङ्तोक रंगशालामा बिबिध सास्कृतिक कार्यक्रमहरु माझ उधौली पर्व/चसोक तङ्नाम सञ्चलक समिति संयोजक सागर वनेम फागोको अध्यतामा भव्यरुपमा हुँदै छ।
उक्त कार्यक्रम सफल पार्न गत पौष-२१ गतेका दिन चुलाचुली वडा न.१ को कार्यसभा हलमा सागर फागोको संजक्त्वमा प्रेस-सम्मेलन गरेको छ।
सो-सम्मेलनमा आयोजक सचिव दिलिप वनेमले कार्यक्रम बारे उल्लेख गर्दै लगभग कार्यक्रमको तयारी भैइसक्न लागेको बताउदै कार्यक्रम मा जम्मा ३ चरणमा गरिने र पहिलो चरण बिहान ०७: बजे पुजा/सेवा, दिउँसो औपचारिक कार्यक्रम र बिबिध मौलिक कला-सास्कृतिक प्रदशन गरिने संगै डोरीतान्ने, छेलो हान्ने,धनुबार्ण हान्ने प्रतियोगिता गर्दै अन्तयमा: याक्थुङ लिम्बु राष्ट्रिय कलाकारहरु क्रमशः सुनिता संयोक, नोगेन लिम्बू लगायत चारजना र स्थानीय कलाकारहरुको निर्त्य, गायन, हाक्पारे-क्ख्याली प्रस्तुतिहरु र धाननाच रहने बताएका छन।
प्रमुख अथितीमा चुलाचुली मेयेर राजेन्द्र केरुङ , विशेष आथित्य इतिहास/कला-सास्कृतिक बिज्ञ एवम राजनितिक/सामाजिक बिस्लेशक बिश्वभक्त दुलाल (आहुती)ले पनि कार्यक्रमलाई सम्वोधन गर्नेछ्न ।
कोषाध्यक्ष सीता लावतिले जम्मा ६ देखि ७ लाखसम्म खर्च हुने बताएकी तिइन, आर्थिक सहयोग भने बिदेश/प्रवास हुनेहरु बाट कार्यक्रम सफल पर्न आर्थिक सहयोग भईरहेको र स्थानीयवाशीहरु बाट पनि न्वागी पुजा/ चासोक तङ्नाम कार्यक्रम गर्न सहयोग पाईरहेको बताएकी थिईन ।
त्यस्तै सम्मेलनमा अभिभावक्त्व निर्वाह गर्नुहुने चुलाचुली एकका वडाध्यक्ष धुर्व लावतिलाई कार्यक्रममा शुरक्षाको दृष्टिले सम्भावित हुने झै-झगडा बारे के-कस्तो अवस्था छ भन्ने स्वालमा आजसम्म हरेक चासोक तङ्नाम कार्यक्रम हुदा त्यस्तो खासै घट्ना नभएको र सौहद्रापुर्ण बाताबरणमा उत्साहजनक बिगतमा हुँदै आएको र यदि त्यस्तो कुनै नहोस भन्नका लागी पनी आयोजकले भोलेन्टियर्स सधै राख्दै आएको अवगत गराउदै बिहान ०७: बजे न्वागी पुजा हुदैगर्दा कार्यक्रम प्राङ्गणमै रक्तदान/बलड डोनेशन कार्यक्रम पनि भएको जानकारी गरौदै इच्छुजनहरुमा रक्तदान गर्न पनि आवहान गरेका छ्न ।