दोहा : तमु(गुरुड॰) जातीको आफनै मौलिक महान पर्व तथा राष्ट्रिय पर्व तमु ल्होसार (पुष पन्ध्र) को पावन अवसरमा "तमु प्ये ल्हु संघ शाखा कतारको आयोजनामा बृहत "तमू सप्र्ही ल्होसार कार्यक्रम" सम्पन्न भएको छ ।
गत शुक्रवारको दिन जनवरी ०३ तारिख कतारको सहानिया स्थित अल दोसरी जू पार्कमा “तमू सप्र्ही ल्होसार तथा शुभकामना आदानप्रदान कार्यक्रम-२०२५” संघको कार्यबाहक अध्यक्ष क्षेत्र ब. ( सिबि ) थिम्जे तमु को अध्यक्षता, संघको संरक्षक तथा जेष्ठ नागरिक अमर ल्हेगे तमुको प्रमुख आतिथ्यता र संघको द्दितिय उपाध्यक्ष राम ल्हेंगे तमु को संयोजकोत्वमा भव्यताका साथ सु-सम्म्पन्न भएको हो ।
उक्त कार्यक्रममा तमू जातीको मौलिकता, परम्परा र पहिचानको धरोहरको रुपमा रहेका खेगी(पुरोहित) गुरुहरु क्रमशः क्ल्हेप्री चिबा नवीन टु क्ल्हेप्री तमु A, क्ल्हेप्री चिबा नवीन टु क्ल्हेप्री तमु B, पच्यु चिबा कृष्ण ल्हेगे तमु र बोन्पो लम जित लम तमुहरुबाट रीतपुर्वक गरिएको पूजा आजा कार्यमा बर्ष दिनमा सर्ने ल्होकोर अनुसार मुप्र्हि ल्हो (गरुड बर्ग) बिदाई र सप्र्ही ल्हो (सर्प बर्ग) आगमनमा रहनु भएका ब्यक्तित्वहरुलाई सुभ आशिष् संगै रुपा(पैरु) लगाई सु स्वस्थ्यको कामना सहित स्याई स्याई गरिएको थियो ।
औपचारिक कार्यक्रम सचिब फलेन्द्र थिम्जे तमु ले संचालन गर्नु भएको थियो भने सह सचिब ओम केप्छै तमु ले सहजिकरण गर्नु भएको थियो।
साथै तमु संस्कार अनुसार कार्यक्रमको सभापति, प्रमुख अथिति, कार्यक्रम संयोजक, खेकी गुरुहरु लगायत संरक्षकहरुलाई फेटा (क्रेगि) लगाएर सम्मान गरिएको थियो।
कार्यक्रम संयोजक राम ल्हेगे तमु ले कार्यक्रमको औचित्य माथिको प्रश्टिकरण सहितको स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भए पश्चात प्रमुख अतिथि अमर ल्हेगे तमु द्वारा दीप प्रज्वलन र ब्यानर बाचन गरि कार्यक्रमको सम्-उद्घघाटन भएको थियो भने नेपालि राष्ट्रीय गान, तमु राष्ट्रीय गित र तमु प्ये ल्हु संघको स्वागत गित संगै कलाकार हरुले तमु गितमा तमू संस्कार झल्कने झांकि सहितको स्वागत नृत्य प्रस्तुत गर्नु भएको थियो।
क्ल्हेप्री चिबा श्री नवीन टु क्ल्हेप्री तमु ज्युले देश विदेशमा छरिएर रहेका सम्पुर्ण तमू तथा गैर तमूहरु र समग्र जगतमा यो आउदै गरेको नयां बर्ष सप्र्ही ल्हो (सर्प वर्ग) ले शुख, शान्ति, समृद्दि र उत्तरोत्तर प्रगति छाओस भनि कामना सहित तमू प्ये भाषामा टसिमला दिनुभएको थियो। र, तमु ल्होसारको बारेमा संरक्षक सदस्य रबिन्द्र प्ल्हे तमु ले प्रस्टाउनु भएको थियो ।
तमु ल्होसार र तमु प्ये ल्हु संघ लाई माया गरि विभिन्न सघं संस्था तथा ब्यक्तित्वहरुले आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नु भएको थियो। ल्होसार कार्यक्रमकै अवसरमा नेपाल तामाङ्ग घेदुङ्ग प्रबास शाखा कतार र युमा साम्यो महासभा कतारले संस्थागत रुपमा उपहार स्वरुप कोसेली प्रदान गर्नु भएको थियो ।
यस कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना दिनु भएको थियो। समाजसेवी बुद्दिजिबी मन प्रसाद राना मगर, कास्की आर्दश सेवा समाज कतारका अध्यक्ष अग्निधर देबकोटा, युमा साम्यो महासभा कतारका नवनिर्बचित अध्यक्ष योगेन्द्र माखिम लिम्बु , दलित एकता संजाल कतारका उपाध्यक्ष प्रकाश बि.क, जन प्रगतिशील मन्च कतारका महासचिव योगेन्द्र तामाङ, जन सम्पर्क समिती कतारका उपाध्यक्ष ठाकुर परियार, संघका प्रमुख सल्लाहकार केशु ल्हेगे तमु , संघका संरक्षक सदस्य आस ब. योज तमुहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्कार र संस्कृतिले भरिपूर्ण रहेको तमु समुदायले प्रवासमा रहेर पनि तमु ल्होसार धुमधामले मनाउन पाउँदा खुशी व्यक्त गर्दै हरेक राम्रा कामहरुमा सदैव साथ दिने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
सांस्कृतिक कार्यक्रममा संघका सांस्कृतिक विभाग संयोजक पवन प्ह्च्यु तमु र नृत्य निर्देशक शिवराज चहक्ली तमु लगायत कलाकारहरु बर्षा, खुसी, जय, बिकाश, अन्जान, बिष्णु, सीता, अनिता, दुर्गा, पारु, जिना, तुल, कृपा, प्राप्ती, छवि, कृष्ण, रबिन्द्र लगायत अतिथि कलाकार (नृत्यकार) सोनी तमुस्योले मौलिक भेषभुषामा विभिन्न गीतहरुमा आफ्नो नृत्य प्रस्तुत गर्नु भएको थियो भने धिरजङ, सिबि, पवन, आसिम, खुसी, बर्षा, शिबराज, महेस, सुर्य, देब लगायत अतिथि कलाकार गायक दीपेस पयल राईले उपस्थित दर्शकहरु सबैलाई आफ्नो मीठो सांगितिक आवजमा विभिन्न तमु र नेपाली गीत गाउदै नचाएका थिए भने तमुहरुको मौलिक संस्कार झल्किने छ्याटु नाच पनि प्रस्तुत गर्नु भएको थियो।
संघको सल्लाहकार सदस्य तथा खेकी चोगी संयोजक सर्बजित क्रोम्छै तमु कर्मभुमी कतारको लामो बसाईलाई बिट मारी जन्मभुमी नेपाल प्रस्थान गर्नुहुदै गर्दा यही अवसरमा उहांले पुर्याउनु भएको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान पत्रका साथ तमू परम्परा अनुसार क्रेगी(फेटा) लगाई आगमी नेपाल वसाई अत्यन्त सुखद होस भनि कामना गर्दै संस्थागत विदाई गरिएको थियो। प्रमुख अतिथि तथा संघ को संरक्षक र जेष्ठ नागरिक रहनु भएका अमर ल्हेगे तमु ज्युले तमु ल्होसारको सबैलाई शुभकामना र धन्यवाद दिनुहुँदै तमु प्ये ल्हु संघ ले आफ्नो पहिचान, संस्कार र संस्कृतिलाइ सधै संरक्षण, सम्बर्द्धन र पर्बद्दन बिकास तथा सामाजिक तथा मानवीय सेवा कार्यहरु गर्दै आईरहेकोमा खुशी ब्यक्त गर्नु भएको थियो ।
अन्त्यमा सभाध्यक्ष द्वारा दोहा कतारको परिपेक्षमा पहिलो पटक निशुल्क रुपमा स्यो कैं(वनभोज) सम्पन्न गर्नलाई विभिन्न प्रायोजकहरुको व्यवस्था गर्न सफल भूमिका निर्वाहा गर्नुहुने यस कार्यक्रमका आर्थिक संयोजक तथा तृतिय उपाध्यक्ष पृतम ल्हेगे तमु लगायत सदस्य डम्वर लम तमु र कोषाध्यक्ष टेक खक्यु तमुलाई र प्रचार प्रसारमा विशेष भूमिका निर्वाहा गर्नुहुने प्रचार प्रसार सचिव मुस्कान कोके तमुलाई विशेष धन्यवाद व्यक्त गरिएको थियो ।
कार्यक्रम सफलताको लागि आर्थिक भौतिक र नैतिक तथा विभिन्न तवरले यहयोग गर्नुहुने सम्पुर्ण संघसंस्थाहरु, समाजसेवी वुद्दिजीवीहरु, सामाजिक अभियान्ताहरु, पत्रकारहरु, कलकारहरु, स्वयमसेवकहरु विभिन्न विभागिय प्रमूखहरु, उप समितिका संयोजकहरु, शुभचिन्तकहरु र प्रतक्ष अप्रतक्ष रुपमा सहयोग गर्नुहुने लगाएत आफ्नो अमुल्य समय दिई उपस्थित हुनुहुने सम्पुर्णलाई हार्दिक कृतज्ञाता प्रकट गर्दै सप्र्ही ल्होको सबैमा सुख शान्ती समृद्धि सुस्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै आगमी दिनहरुमा पनि यस्तै किसिमको सहयोग, सद्भाव र आत्मीयता रहिरहोस भन्ने सुभेक्षाको साथ कार्यक्रमलाई समापन गर्नु भयो।