दोहा : संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारले ३ जनवारी २०२५ का दिन दोहाको मोफसल "अलखोर स्थित पर्पल आइलेण्डमा" आदीवासी नेपालीहरुको चाडवर्पहरु चासोक तङनाम, साकेला उधौली, स्यादर पिदर, तमुल्होसार तथा अंग्रेजी नयाँ वर्ष २०२५को अवसरमा शुभकामना आदान–प्रदान तथा वृहत बनभोज कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
सलिसाम कतारका अध्यक्ष डम्बर लिबाङ मिसेकको सभाध्यक्ष रहेको कार्यक्रममा संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारका अध्यक्ष कुमारसिं योङहाङको प्रमुख आतिथ्यता र उपाध्यक्ष संजय आङदेम्बेको स्वागत मन्तव्य रहेको थियो ।
औपचारिक, सांस्कृतिक र खेलकुदगरि तिनचरणमा गरिएको कार्यक्रम अन्तरगत औपचारिक कार्यक्रम सचिव रुद्रसिं तुम्बाहाङफेले संचालन गरेका थिए भने, सांस्कृतिक र खेलकुद सांस्कृतिक विभागका उपसंयोजक छत्रकुरुम्वाङले संचालन गरेका थिए ।
सलिसाम कतारले आन्तरिकरुपमा मनाएको कार्यक्रममा मञ्चका प्रमुख सल्लाहकार रेखा खामसामा, सलिसाम युएइका पुर्वमहासचिव सुरेन्द्र लिम्बु लाजेहाङ, सलिसाम कतारका विशेष सल्लाहकार वीर वहादुर थापा क्षेत्री, प्रेम आङबुहाङ, पहिचानवादी तथा सामाजिक अभियानताहरु घनेन्द्र चेम्जोङ, जोहेव लामा, मौसम वेघा, डिल्लीराम भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
मन्तव्यको क्रममा प्रमुख अतिथि योङहाङले भने, पहिचान र राष्ट्रियमुक्तीको आन्दोनमा राष्ट्रिय एकता र सशक्तिकरण अपरिहार्य रहेको र जसको सम्भावित भुमिका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको राजनितिक आधारबाट मात्र सम्भवहुने भएकाले, मञ्च त्यस तर्फ गम्भिर भई लागि परेको र नेपाली राजनितिमा पछिल्लो समय देखिएका कथित मोर्चाको भ्रम बेमौसमी झरिमा देखिएको क्षणिक भल (बाडी) जस्तोमात्र भएको र त्यस्ता भ्रममा कोहिपनि नपर्न अनुरोध गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले संगठन विस्तार तथा राष्ट्रिय एकताको सशक्त अभियानमा दुईदशक यता निरन्तर लागि परेको हुनाले सो अभियानमा सम्र्पुण पहिचानवादी, संघीयवादी र राष्ट्रिय मुक्तिका अभियानताहरु लामवद्धहुन अपरिहार्य रहेको जिकिर गरे ।
अध्यक्ष लिबाङले औपचारिक कार्यक्रमलाई समापन गर्ने क्रममा, कार्यक्रमलाई ऐतिहासिकरुपमा सम्पन गर्न विशेष भुमिका निर्वाह गर्ने विभागीय जिम्मेवारीमा रहेका सदस्य तथा सहभागीहरु प्रति किृतज्ञता व्यक्त गर्दै उनले भने, सलिसाम कतार नेपालको हकमा एउटा वैचारिक संगठनको प्रवास समति भएतापनि कतारमा यस संगठन सारा नेपाली श्रमिकहरुको साझा संगठनकारुपम स्थिापीत भएको दावी गरे । सलिसाम कतारले जात, वर्ग, वर्ण, क्षेत्र, लिंग जस्ता विभेद नगरि जानकारीमा आएका नेपाली श्रमीक र स्वदेशमा हुने सबैखाले समस्याहरुका सारथी बन्दै पुर्वलिम्बुवान देखि पश्चिम खसान सम्मका नेपालीहरु को मञ्च सलिसाम कतार भएको बताए ।
विविध प्रस्तुती सहित सम्पन्न भएको कार्यक्रममा सुशिला लिम्बु, सरु पर्जा, निकेश श्रेष्ठ, कल्पना पराजुलीले नृत्य प्रस्तत गरेको थिए भने । गौतम शामि आङदेम्बे, सन्तोस फागो लिम्बु, सुनम लिम्बु, अम्विा विक, अशोक नेम्बाङ, घनेश्याम बस्नेत, मनिस माङयुङ लगायतले गित प्रस्तुत गरि माहोललाई थप रोचक बनाएको थियो ।
यसैगरि खेल तर्फ तिरन्दाजी प्रतियोगितामा लोक सावा रोशन, पतःलुङ (छेलो) हान्ने प्रतियोगितामा ज्ञानेन्द्र येक्तेन र कुर्सि नृत्य प्रतियोगितामा प्रमिला वाइवाले आर्कषक ट्रफी उचाल्न सफल भएका थिए ।