दोहा : प्रवासी नेपाली मञ्च कतारले आफ्नो "२० औं स्थापना दिवस" विविध कार्यक्रमको आयोजना गरि" समाल रोड ६६ नम्बर स्थित मजरामा भब्य तरिकाले मनाएको छ ।
सन : २००४ मा स्थापना गरि नेपाली समुदायको साझा संस्थाको रुपमा स्थापित गरि अगाडि बढेको मञ्चले सङ्गठनको आन्तरिक एकतालाई अझै सुदृढ बनाउन तथा आपसी चिनजान - सम्बन्ध विस्तारको निम्ति २०२५ जनवरि ,३ तारिक शुक्रवार बनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
मञ्चका अध्यक्ष चुडामणिा कार्कीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय कमिटी उप - सचिव तथा प्रचार बिभाग प्रमुख चानख पोख्रेलको प्रमुख आथित्यता सहित मञ्चका संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज, कमलमणि गुरागाईं लगायत " अन्तर्राष्ट्रिय कमिटी, मध्यपुर्व कमिटी, सल्लाहकार परिषदका पदाधिकारी एवम् सदस्यहरु , विभाग तथा फाँटका जिम्मेवार व्यक्तित्वहरु , नगर कमिटीका अध्यक्ष तथा पदाधिकारी एवम् सदस्य, साथै सङ्गठित सदस्य लगायत करिब ३०० भन्दा बढीको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान तथा सम्पुर्ण सहिदहरु प्रति १ मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई मञ्च का उपाध्यक्ष कार्यक्रम संयोजक अफसर अलि खानले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा बोल्ने बक्ताहरुले मञ्चले विदेशमा रहेका नेपालीहरूको बीचमा एकता र सहकार्यको भावना बढाउँदै नेपालीहरूको हकहितको रक्षा गर्दै उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक तथा श्रमिकको हक अधिकारको सुनिस्चिता गर्न आग्रह गर्दै, मञ्च सबै नेपाली हरुको साझा सङ्गठन बनाउन सुझाव पस्किए ।
शुभकामना मन्तव्य राख्ने हरुमा मञ्च पुर्व महासचिव मुनाफ मिया,जिफन्ट का.बा अध्यक्ष नवराज साही,सामाजिक व्याक्तित्व सागर नेपाल,सल्लाहकार कमिटी अध्यक्ष गणेश परियार "शिव ",निर्वतमान अध्यक्ष प्रभात त्रिपाठी,अन्तर्राष्ट्रिय बिभाग सदस्य केवी हमाल,मध्यपुर्व कमिटी सदस्य चानीलाल राजबंशी,संस्थापक अध्यक्ष मध्यपुर्व इन्चार्ज कमलमणि गुरागाइ लगायत रहेका थिए ।
कार्यक्रममा जन संगीत मञ्च कतारका कलाकारहरु सान्ती ओलि,मेनुका खतीवडा भन्डारी, उषा रिमाल, रेस्मी सेन्चुरी,पवित्रा आचार्य ,गङ्गा बिसी, जमुना बिसी,बाबू कौसल लगायतका कलाकारद्वारा मनोरञ्जन गराइएको थियो। बनभोजको छुट्टै आनन्द लिंदै जाडोको मौसमले गित संगितमा रम्न अझ बल पुर्याएको थियो। त्यसैगरि आरके घायलले गजल वाचन गरे ।
कार्यक्रममा मञ्च कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति चुडामणी कार्कीले कल्याणकारी कोषको लागि " आफ्नो तर्फबाट कतारी रियल पाँचहजार सहयोग गर्ने घोषण गर्दै प्रवासी नेपाली मञ्च कतारले "कल्याणकारी कोष " स्थापना गरिएको जानकारी गराए l
प्रमुख अतिथि अन्तर्राष्ट्रिय कमिटी उप - सचिव तथा प्रचार बिभाग प्रमुख चानख पोख्रेलले मञ्च स्थापना गर्नुको औचित्यलाई पुष्टि गर्दै रोजगारीको निम्ति कतार आएका सबै नेपालीको साझा चौतारी प्रवासी मञ्च रहेको उल्लेख गरे । उनले हरेक श्रमिक नेपालीलाई सुखदुःखको समय आपत बिपत्तिको समयमा साथ सहयोगको निम्ति मञ्च स्थापना गरिएको बताए !
कार्यक्रममा पोख्रेलको करिव आधा दर्जन व्याक्तिहरुलाई खादा लगाएर मञ्चमा प्रवेश गराएका थिए ।
कार्यक्रम समापनका क्रममा अध्यक्ष कार्कीले यो बनभोज कार्यक्रम विशेष गरेर मञ्च आबद्ध नयाँ साथीहरु सहितका ब्याक्ती हरुसङ्ग चीनजान गर्ने उदेश्यले गरिएको बताए । कार्कीले मञ्चले आयोजना गरेको आजको कार्यक्रम सफल भएको उल्लेख गरे ।
बनभोज ब्यबस्थापन, यातायात ब्यबस्थापन, अतिथि सम्मान लगायतका बिषयमा जिम्मेवारी निभाउने सम्पुर्ण प्रती मन्तव्यका क्रममा हार्दिक धन्यवाद ब्यक्त गरेका थिए।कार्यक्रमको सहजकर्ताको भुमिकामा मञ्चका सचिव शेषराज तिमिल्सिना र साँस्कृतिक बिभाग तर्फ कृष्ण दर्लामिले गरेका थिए ।