दोहा : प्रवासी नेपाली मञ्च कतारले आफ्नो "२० औं स्थापना दिवसको अवसर पारेर "कल्याणकारी कोष स्थापना" गरेको छ ।
जनवरि ,३ तारिक शुक्रवार, आयोजना गरिएको "बनभोज तथा साँस्कृतिक" कार्यक्रममा, मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति चुडामणी कार्कीले " कल्याणकारी कोषको लागि " आफ्नो तर्फबाट कतारी रियल पाँचहजार सहयोग गर्ने घोषण गर्दै प्रवासी नेपाली मञ्च कतारले "कल्याणकारी कोष " स्थापना गरिएको जानकारी गराएका हुन ।
१९ जुलाई २०२४ मा सम्पन्न भएको मञ्चको सातौ अधिबेशनमा अध्यक्षका प्रत्यासी कार्कीले घोषणपत्र जारी गर्दा केही महत्त्वपूर्ण बुँदा समेट्दै, आफू अध्यक्ष निर्वाचित भए नेपाली श्रमिक कल्याणकारी कोष खडागरि पाँचहजार रियल आफ्नो तर्फबाट सहयोग गर्ने, नेपाली श्रमिकको पक्षमा कार्यरत रहने, सङ्गठन बिस्तार तथा चुस्त दुरुस्त बनाउने जस्ता महत्त्वकांक्षी योजना अगाडि ल्याइ प्रतिबद्धता जनाएका थिए ।
"कार्कीले आफू र आफ्नो सङ्गठनले सातौ अधिबेशनताका घोषणा गरेका महत्त्वपूर्ण प्रतिबद्धलाई सफल बनाएरै छाड्ने बाचा गरे । दोहामा धेरै बर्ष देखी काम गर्दै आइरहेका नेपाली श्रमीक छ्न, काम गर्दै जादा कहिले काहि दुर्घटना वा रोगले ग्रसित हुन सक्छ्न ।
आर्थिक अवस्थाको कारण समयमै उपचार पाउन नसकिने होश अथवा कुनै कारणबस असक्त,अपाङ्ग, वा बिरामी परि काम गर्न सक्ने अवस्थामा नरहेमा साथै, मञ्चमा आवद्ध विभिन्न साथीहरुलाई भोलीका दिनमा असहज परिस्थिति परेको खण्डमा कल्याणकारी कोष अत्यन्तै सान्दर्भिक रहेको जानकारी गराए ।
"२० औं स्थापना दिवसको अवसर पारेर "कल्याणकारी कोष स्थापना गर्दा खुशी लागेको बताउदै अध्यक्ष कार्कीले आउदो दिनमा "ब्याबस्थित, र बृहत बनाउने बताउदै सबैजनाले सकेको सहयोग गर्न आग्रह गरे ।
कोषको संचालनको लागि मञ्च कतार संरक्षक रहने गरि बर्तमान रास्ट्रिय कमिटीको आर्थिक बिभाग प्रमुख संयोजक रहने छन
।