दोहा : नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा आगामी शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।
समितिले आफ्नो "४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर "नवौ बृहत् रक्तदान" कार्यक्रमको आयोजना गरेको हो ।
"रक्तदान गरौ, परोपकारी कार्यमा सहभागी हौ" भन्ने मुल नाराका साथ ३ जनवरि २०२५ / शुक्रबार अलसाद स्थित हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान हुने समितिका उपसभापति तथा कार्यक्रम संयोजक ठाकुर कुमार परियारले जानकारी दिए ।
कतारमा स्थापित विभिन्न बैचारिक संगठन, प्रदेश परिषद, जिल्ला संस्था लगायत कतारलाई कर्म थलो बनाउदै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त परोपकारी तथा मानविय कार्यमा सहभागी भई रक्तदान गरिदिन समितिका सभापति अजिज अलीले अनुरोध गरेका छ्न ।
"रक्तदान कार्यक्रम बिहान ८ बजे देखि मध्याह्न १२ बजे सम्म चल्ने समितिले जानकारी दिएको छ ।
रक्तदान गर्न ईच्छुक ब्यक्तित्वहरुले तल दिइएको नम्बर
कार्यक्रम संयोजक ठाकुर परियार ३३१२८८२९
केदार भुसाल : ३०१००८८४
खगेन्द्र खनाल : ५०५१७४७७
छबिलाल भट्टराई : ५५३५०१४१ मा सम्पर्क गरेर नाम टिपाउन ब्यवस्थापन मिलाईएको छ ।