गायक रमेश गोम्जाको 'मेन्दोमायाई नाम्सा’ बोलको गीत सार्वजनिक भएको छ ।
लामो समयदेखि गीत संगीतमा सक्रिय रहेका धादिङ जिल्ला रुबिभ्याली गाउँपालिका निवासी गायक गोम्जाको पछिल्लो गीत हो `मेन्दोमायाई नाम्सा' यस गीतमा युबि मोङ्ग्रेसा तामाङको शब्द तथा संगीत रहेको छ भने चर्चित लोकप्रिय हस्ति गायिका रमला पाख्रिन तामाङ र रमेश गोम्जाको स्वर रहेको छ ।
धादिङ रुबिभ्याली गाउँपालिका लगायत विभिन्न ठाउँहरुको रमणीय दृष्यहरुमा छायांकन गीतलाई रमेश गोम्जा अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
यस भिडियोका निर्देशन, छायांकन र सम्पादन रोशन फ्युबा तामाङ तथा कोरियोग्रफर सिङ्गा बहादुर तामाङले गरिएको छ । मेन्दोमायाई नाम्सा गीतको भिडियोमा मोडल रमेश तामाङ, रन्जिता तामाङ, बिमला तामाङको अभिनय रहेको छ ।
गायक गोम्जाको यसभन्दा अघि टुनो खुरुम खुरुम, तामाङ होइ, ल्होछार होइ,स्याम्बु बौद्ध,आच्चो पारङ, ल्होछार खामम, सोल्तिनी नाच्द जस्ता दर्जनौं म्हेन्दोमाया,लोक, सेलो गीतहरु बजारमा आइसकेका छन् ।
मेन्दोमायाई नाम्सा बोलको यो गीतले मौलिक सामाजिक जागरण ल्याउन मद्दत पुग्ने गायक रमेश गोम्जाले बताएका छन।
पुरा भिडियो हेर्नुहोस