झापा: इसाईहरूको महान पर्व क्रीसमस विशेष येशु क्रीष्टको जन्मोत्सवको विशेष अवसर पारी ज्योती चर्चको भेटी रकम खर्च कटौती गर्दै मानविय परोपकारी दृष्टिकोण बाट अनाथ बालबालिकाहरूका लागि केही टेवा र उत्साह मिलोस भनेर बिगत झै डिसेम्वर २५ अर्थात नेपाली क्यालेण्डर २०८१ पौष दस गते झापा कमल गाउँपालिका वडा न.४ मा रहेको ज्योती चर्चले दमक नगरपालिका वडा न.९ हिमालय टोलस्थित अनाथ बाल वृद्धाश्रम शालाको प्राङ्गणमा जम्मा ३० जना रहेको बाल-बालबालिकाहरू माझ ज्योती चर्चका पाष्टर भिक्टो सुनुवार र बालकुमारी फागो, अनाथ बाल वृद्धाश्रमका ब्यवस्थापन सदस्यहरु हिमा भट्टराई र राजेन्द्र पौडेलको हस्त बाहुली बाट केक काटी क्रीसमस मनाएको छ।
बाल कुमारी फागोको हातबाट हिमा भट्टराई, निर्मला आचार्य, राजेन्द्र पौडेल र जर्नल बस्नेतको हातमा ३० हजार रुपैया प्रदान गरेको छ।
उक्त कार्यक्रममा ज्योती चर्चका पार्टस भिक्टो सुनुवारले आफ्नो भनाई राख्दै बिगतका हरेक ख्रीस्टमसहरुमा असहाय, दिन दु:खी र गरिबिहरुलाई भेटी रकम आर्थिक सहयोग गर्दै आएकोले यश बर्ष २०२४, सालको ख्रीस्टमसचै दमक अनाथ बाल वृद्धाश्रममै मनाउँदै बाला बालिकाहरूका लागि केही राहात पुगोस भन्ने उदेश्यले यहाँ आएको भन्दै ख्रीस्टमसको शुभकामना सहित परम परमेश्वर जिसस संग प्रथाना गरि सबै मानवजातिको भलो, उदार, शुख-शान्ती र मुक्तिको कामना गरेका थिए।
त्यस्तै बालश्रमको तर्फबाट भिमा भट्टराई र राजेन्द्र पौडेलले पौष १० गते अर्थात डिसेम्वर २५ तारिख विश्वभरी मनाइने ख्रीस्टमसमा यसपाली आफुहरुको अनाथ बाल वृद्धाश्रममा आफ्ना ३० बाल-बालिकाहरू माझ यसरी मेरी कसमस मनाउन पाउँदा कमल गाउपालिका वडा न.४ को ज्योती चर्चप्रति हार्दिक आभार प्रकट गर्दै तपाईहरु जस्तै सबै मानविय सहयोगी मनहरु बाटै भएको सहयोग र समर्थनले नै आश्रम सञ्चालन गर्न हामीलाई प्रेरणा मिलेको र यसरी नै फेरि पनि बालबालिका का लागि तपाईहरुको सहयोग रहने अपेक्षा गर्दै मेरी ख्रीस्टमसको शुभकामना दिदै ज्योती चर्चलाई धन्यवाद व्यक्त गरेका थिए।
गौरी चेम्जोङ राईद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रम समाप्ति पछि आर्थिक संयोजक धनमाया फागो, सृजना घिमिरे, रजिना राई, सरिता थापा, गौरी चेम्जोङ राई र पाष्टर भिक्टो सुनुवारको टोली आफ्नै ज्योती चर्चमा भईरहेको बृहत क्रीसमस कार्यक्रममा प्रस्थान भएका थिए।
उक्त कमल ४ ज्योती चर्चको विशेष Marry Crishtmas कार्यक्रम मनाउन निक्कै ठूलो संख्यामा सहभागी रहेका कार्यक्रममा मनोरञ्जनात्मक बाल-बालिकाहरूका बिबिध प्रतियोगिता आयोजना र विजेताहरु लाई पुरस्कृत गरिएको थियो।
त्यस्ता जवान नेतृत्व कर्तामा जेम्स फागो, बाल संगति नेतृत्वमा मञ्जिला लिम्बू लाई सम्मान गरेको छ।
भने ज्येष्ठ नागरिकहरुमा ९ जना पनि सम्मानित भएका थिए ।