मुग्लानी खबर डटकम
सन्तोष के.सी
सन्ध्य ग्रुपस् उपसमिति साहित्य बिधा मुग्लानी सौगातले आफ्नो नियमित रुपमा सञ्चालन गर्दे आएको
(४३ औँ ) वाचन श्रृङखला साथै नेपाली हरुको महान पर्व बडा दशैको अवसर पारेर
शुभकामना आदान प्रदान कार्यक्रम गत बिहिवार अक्टुवर ६ तारिक बेलुकि अलखोर स्थित आफनै कार्यलयमा सम्पन्न गरेको छ । “समाज विकासमा प्रवाशीको योगदान” भन्ने मुल नारालाई लिएर अगाडि बडेको सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कु थाक्थुम्बाको सभापतित्व मा भएको कार्यक्रममा प्रमुख अतिथी अन्तराट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका उपाध्यक्ष प्रेम प्रकास भट्टराई, बिशेष अतिथि नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष थर्चा लामा, सन्ध्याग्रुप कतारका संस्थापक अध्यक्ष शुरज तामाङ, सल्लाहकार बिजय कु.यादव अतिथीहरु नवोदित साहित्यिक वाचनलय कतारका सचिव राजन लामा, आईबोश अलखोर ईन्चार्ज राजु रुजाल, सन्ध्याग्रुप खेलकुद परिषदका पुर्व अध्यक्ष विष्णु मरासनी, गणेश क्षेत्री भविलाल शुनार, राम पाण्डे, गुराँस तामाङ, ट्रेगश फुटवल युवा ग्रुपबाट पुर्ण श्र्रेष्ट, रोसन तामाङ लगायतका अतिथिहरुको उपस्थित रहेको थियो ।
अतिथिहरुले ब्यानर र दिप प्रज्वलित गरेर विधिवत रुपमा उद्घाटन गरि राष्ट्रिय गितबाट देशलाई सम्झि कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रम मा सिताराम बि.क ले आफ्नै र्भखर मात्र रिलिज भएको दसैँ गित गाएर उपस्थितहरुमा मनोरञ्जन दिएका थिए भने सन्जिव खाती, भविलाल सुनार, बिष्णु मरासनी, सन्तोष कुँवर,राजु रुजाल, गणेश क्षेत्री, राजन लामा, गुराँस तामाङ, लगायत का साहित्यिक श्रष्टाहरुले दशैँमा छुट्टि नपाएर बावु आमा लाई सम्झदै त कसैले पियारि संग अर्को साल भेट्ने कसम खाएका भाव त कतै मायाँ प्रेम देशका कुराहरु आफ्ना रचना मार्फत उठाउदा पुरै साहित्यिक माहोल भाहाविल बनेको थियो । त्यस्तै बिशेष अतिथि थर्चा लामाले दशैको शुभकामना सहित सामाजिक संञ्जाल फेशबुक सम्बन्धि आफ्नो रचना प्रश्तुत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथी अन्तराट्रिय साहित्य समाज कतार च्याप्टरका उपाध्यक्ष प्रेम प्रकास भट्टराईले पनि दशैँको सुभकामना सहित कतारमा अहिले साहित्यमा बिश्व जनमानसको ध्यान रहेको र यहाँ रहेका साहित्यिक संस्थाहरु यसरि नै एकजुट भएर अगाडि बढ्नु पर्छ भन्दै कतारमा साहित्यिक कार्यक्रमहरुमा महिला सहभागीतामा न्युन रहेको भन्दै आगामि दिनहरुमा यसरि नै महिलाहरुलाई सहभागीता गराउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सभापति बिरेन्द्र कु थाक्थुम्बाले सन्ध्याग्रुप कतारले हरेक बर्ष यसरि नै शुभकामना उपस्ति जनहरुमा शुभकामना समारोह गर्न पाउद खुसी लागे पनि हामि सिंगो नेपालीहरु खसै त्यति खुःशी नरहेको बताउदै खास गरेर २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्प र लगतार परकम्पन संगै त्यस पछिका नेपाली राजनितिक अस्थिरतामा नेपालीहरुले झेल्नु परेको थियो भने अहिलेको दशै पनि आईरहदा सवारि साधन धेरै दुरघटनाले अनाहगमै मृत्यु र घाईते भएको दुःखद घटनाहरुले हामीलाई यो दशैंमा त्यति खुःशी छैनौ साहित्य जिवन र जगदको दर्पण हो । यो भनाई लाई आत्मासाथ गर्दै आजका साहित्य सर्जकहरु ले आफ्नो रचनमा यस्तै यस्तै पिडा र परिवारबाट एक्लोपन भएको बेदनाहरु वाचन मार्फत ब्यक्तभएको अवगत गराउदै सबैलाई बिजय दशमीको शुभकामना दिदै, आगामि दिनमा पनि यसै गरि मनाउने प्रतिबध्यता जनाउदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिदै कार्यक्रम समाप्त भयको जानाकारि गराउनु भयो । कार्यक्रमको सँचालन सदस्य श्री तामाङ र स्वागत मन्तब्य महासचिव उमेश बस्नेत ले राख्नुभएको थियो ।